युगौँदेखि बन्दी रूख

आइतबार, २६ भदौ २०७३, ०९ : ४७ शुक्रवार , Kathmandu
युगौँदेखि बन्दी रूख

मानिस गिरफ्तार भएको सुन्दै आइएको छ । तर, रूख पनि गिरफ्तारीमा पर्नु अनौठो हो । पाकिस्तानको खैबर क्षेत्रमा लान्डी कोटल भन्ने एउटा ठाउँ छ, जहाँ एउटा रूखले १ सय १८ वर्षदेखि निरन्तर बन्दी जीवन बिताइरहेको छ । भारतीय उपमहाद्वीपमा बेलायती उपनिवेश रहेका बेला सन् १८९८ मा एकजना बेलायती सैनिक अधिकारीले रूखलाई गिरफ्तार गराएका थिए । त्यसयता अहिलेसम्म रूख मुक्त हुन सकेको छैन ।
‘सन् १८९८ को एउटा मध्याह्न जेम्स स्क्विड नाम गरेका बेलातयी सैनिक अधिकारी  बेस्कन मातेका थिए । हिँड्दै गरेका उनलाई सडकको छेउमा रहेको एउटा रूख आफूमाथि आइलाग्न खोजेको भान भयो । उनले साथमा रहेका सैनिक जवानलाई रूखलाई पक्राउ गर्न आदेश दिए । आदेश पालना गर्दै सैनिकहरूले रूखलाई सिक्रीले बाँधेर बन्दी बनाए । त्यसयता अहिलेसम्म ऊ बन्धनबाट मुक्त भएको छैन,’ समाचारमा भनिएको छ । बन्दी अवस्थाको सो रूख हेर्न टाढाटाढाबाट मानिस सो ठाउँमा पुग्ने गरेका छन् ।

Leave A Comment