आठ घण्टा पुसअप

बुधबार, १२ जेठ २०७३, ०८ : ५५
आठ घण्टा पुसअप

चीनका एक प्रहरीले आठ घण्टासम्म लगातार पुसअप गरेर विश्व कीर्तिमान कायम गरेका छन् । आठ घण्टा एक मिनेट एक सेकेन्डसम्म लगातार पुसअप गरेर उनले विश्व कीर्तिमान कायम गरेको भन्दै गिनिज बुकले समेत मान्यता दिएको छ ।

कुहिनो तलको भागको भरमा उनले यति लामो अवधिसम्म पुसअप गरेका हुन् । यसअघि अमेरिकी नौसेनाका अधिकारी जर्ज वुडले सात घण्टा चार मिनेट पाँच सेकेन्डसम्म यसरी नै पुसअप गरेर कीर्तिमान कायम गरेकामा चिनियाँ प्रहरीका जवान माओ विदोङले उनको कीर्तिमान भंग गरिदिएका हुन् ।

‘प्रहरी बनेका कारण यस्ता तालिम दिनहुँजस्तो गर्नुपथ्र्यो । म चिनियाँ प्रहरीको ‘स्पेसल वेपन्स एन्ड ट्याक्टिस’ विभागमा कार्यरत छु, जहाँ कठोर शारीरिक अभ्यास दिनहुँ गर्नुपर्छ । यही कारणले गर्दा कीर्तिमान कायम गर्न म सक्षम भएको हुँ,’ उनले भने ।

Leave A Comment