फराकिलो ‘अनुपम’

सोमबार, २७ भदौ २०७३, १० : १५ शुक्रवार , Kathmandu
फराकिलो ‘अनुपम’

राजधानीमा बढ्दो जनघनत्वसँगै ‘ओपन स्पेस’ घट्दै गएका छन् । विशेष अवसरहरूमा हुने पार्टी तथा भोजका लागि उपयुक्त स्थान पाउन पनि मुश्किल पर्न थालेको छ । कोठाभित्र हुने जमघटबाहेकका स–साना पार्टी तथा गेटटुगेदर गर्नुप¥यो भने पनि रेस्टुरेन्ट तथा पार्टी प्यालेस नै पुग्नुपर्ने अवस्था छ । राजधानीमा अहिले फुडल्यान्ड तथा पार्टी प्यालेस खोल्ने लहर नै चलेको देखिन्छ । तर, पार्टी प्यालेसकै लागि पनि स्पेसको अभाव छ । काठमाडौँको भित्री भागमा खाली जग्गा पाउनै कठिन भएकाले एकै पटक धेरैजना सहभागी हुन सक्ने पार्टी आयोजना गर्न सकिने पार्टी प्यालेस एकदमै कम छन् । तर, काठमाडौँ बत्तिसपुतलीमा रहेको ‘अनुपम फुडल्यान्ड एन्ड ब्यांकेट’ भने निकै फरकिलो छ । १५ रोपनी क्षेत्रफलमा फैलिएको अनुपमलाई अझै विस्तार गरेर २५ रोपनी क्षेत्रफलमा पु¥याउने तयारी भइरहेको अनुपमका अध्यक्ष जनप्रकाश चापागाईंले जानकारी दिए ।
अनुपममा गाडी मात्र सात सय पार्किङ गर्न सकिनेछ । एक पटकमा तीन हजारदेखि तीन हजार पाँच सय मानिससम्मका लागि पार्टी आयोजना गर्न सकिने अनुपमलाई काठमाडौँकै सबैभन्दा ठूलो र सुविधा सम्पन्न पार्टी प्यालेस बनाउन लागि परेको अध्यक्ष चापागाईं बताउँछन् । ‘काठमाडौँमा समस्या भनेकै स्पेसको हो । हामीले उपयुक्त ठाउँ पायौँ र यसलाई विस्तार गर्दै छौँ,’ अध्यक्ष चापागाईं भन्छन्, ‘अनुपमलाई हरेक कोणबाट स्तरीय बनाउन कुनै कन्जुस्याईं गरेका छैनौँ ।’
धेरै मानिस अट्ने हुनाले पार्टी आयोजना गर्ने स्थानलाई अनुपमले विशेष तरिकाले व्यवस्थापन गरेको छ । अनुपममा प्रवेश गर्ने र निस्कने दुई÷दुई वटा गेट छन् । एउटा पार्टीमा आएको व्यक्ति अर्कोको पार्टीमा मिसिने अवस्था नहोस् भनेर छुट्टाछुट्टै पार्टी तथा भोज गर्ने स्थानको व्यवस्था गरिएको अनुपमका प्रबन्ध निर्देशक माधव रिजाल बताउँछन् ।
बेलायतका विभिन्न पाँचतारे होटलमा सेफ काम गरेर आएका अनुपमका अध्यक्ष चापागाईं अनुपमको खाना तथा सरसफाइमा विशेष ध्यान दिइएको बताउँछन् । ‘खानाको गुणस्तर र भेराइटीका हिसाबले तारे होटलमा पार्टी गर्नु र हाम्रोमा गर्नुको कुनै फरक छैन । हामीले तारे होटलमा उपलब्ध हुने मेनुअनुसार नै परिकार पस्किने गरेका छौँ,’ अध्यक्ष चापागाईं भन्छन् । अनुपमका सेफ पनि तारे होटलमा लामो समय काम गरेकाहरू नै छन् ।
अनुपमले चिटिक्क परेको रेस्टुरेन्ट पनि ब्यांकेटभित्रै सञ्चालन गरेको छ । पार्टी आयोजना गर्नेहरूलाई खानाको स्वाद टेस्ट गराउन सञ्चालन गरिएको रेस्टुरेन्ट अहिले खचाखच भरिन थालेको छ । खुला तथा शान्त ठाउँमा भएकाले एक पटक आएका ग्राहक फेरि दोहो¥याएर आउने गरेको प्रबन्ध निर्देशक रिजाल बताउँछन् ।
अनुपममा इन्डियन, चाइनिज, कन्टिनेन्टल, नेपाली, नेवारी सबै प्रकारका खाना उपलब्ध हुने मुख्य सेफ ध्रुवप्रसाद आचार्य बताउँछन् । पार्टी होस्ट गर्नेले चाहेको डिस रियल स्वादमा उपलब्ध गराउने गरिएको उनले बताए । ‘अनुपमले ग्राहकको रेसिपीअनुसार पनि खाना बनाएर दिने गरेको छ । पाहुना भएर अनुपममा आएको जो कोहीलाई साथी बनाएर पठाउने हाम्रो उद्देश्य हो,’ मुख्य सेफ आचार्यले भने । 

Leave A Comment