अग्युरोलाई तीन खेलको प्रतिबन्ध

सोमबार, २७ भदौ २०७३, ११ : १४ शुक्रवार , Kathmandu
अग्युरोलाई तीन खेलको प्रतिबन्ध

म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अग्युरोमाथि तीन खेलको प्रतिबन्ध लागेको छ । फुटबल एसोसिएसन एफएले इंग्लिस प्रिमियर लिगअन्तर्गत वेस्ट ह्यामसँगको खेलमा हिंसात्मक गतिविधि गरेको आरोपमा दोषी ठहर गर्दै उनलाई तीन खेलको प्रतिबन्ध लगाएको हो । खेलको ७५ औँ मिनेटमा अग्युरो वेस्ट ह्यामका विनस्टन रिडसँगको ट्याकलमा थिए ।
 अग्युरोले रिडको अनुहारमा कुहिनोले हाने । रेफ्री आन्द्रे मेरेनाले नजिकै रहेर पनि अग्युरोले रिडलाई हानेको देखेनन् । एफएले भिडियो फुटेज हेरेर अग्युरोमाथि आरोप दर्ता गरेको थियो । आरोप प्रमाणित भएपछि अग्युरोमाथि तीन खेलको प्रतिबन्ध लागेको हो । उनले अब म्यानचेस्टर युनाइटेड, बोर्नमाउथ र स्वान्सीसँगको खेल गुमाउनेछन् । वेस्ट ह्यामसँगको खेलकै क्रममा चोट लागेकाले उनी विश्वकप छनोटमा अर्जेन्टिनाको टोलीमा फर्कन पनि सकेनन् ।

 

Leave A Comment