प्रेरणा बाँड्दै दुईखुट्टे बाख्रो

बुधबार, १२ जेठ २०७३, ०९ : ०३
प्रेरणा बाँड्दै दुईखुट्टे बाख्रो

शारीरिक रूपमा अशक्त भए पनि जीवनसँग हरेश नखाई सामान्य रूपमा बाँच्नुपर्छ भन्ने सन्देश सारा संसारलाई दिइरहेको छ, चीनको युनान प्रान्तको एउटा बाख्रोले । जन्मिँदैखेरी सो बाख्रोको पछाडिका दुई खुट्टा थिएनन् । अगाडिका दुई खुट्टाका सहयोगले अन्य बाख्राझैँ सामान्य रूपमा हिँड्डुल गरेर यसले संसारलाई प्रेरणा दिने काम गरिरहेको छ ।

‘जन्मिँदैदेखि बाख्रोका पछाडिका दुई खुट्टा थिएनन् । जन्मजात अपांग बोको लामो समयसम्म जीवित रहँदैन भन्ने अनुमान मैले गरेको थिएँ । अहिले ऊ छ महिनाको भइसकेको छ । उसले दुई खुट्टाको सहारामा हिँडडुल गर्ने र सामान्य बाख्राले झैँ व्यवहार गर्ने गरेको छ,’ नाम नखुलाइएका मालिकलाई उद्धृत गर्दै बेलायती पत्रिका ‘मिरर’ले लेखेको छ ।

Leave A Comment