निर्वस्त्र साइकल ¥याली

बिहिबार, ३० भदौ २०७३, ११ : २२ शुक्रवार , Kathmandu
निर्वस्त्र साइकल ¥याली

गत शनिवार अमेरिकी शहर फिलाडेल्फियामा तीन हजार नग्न मानिसले एक साथ साइकल कुदाए । यति धेरै नांगा मानिस एकसाथ साइकल ¥यालीमा सहभागी भएको देखेर फिलाडेल्फियाका बासिन्दा चकित परेका थिए ।
¥यालीमा सहभागीमध्ये केहीले भित्री वस्त्र लगाएका थिए । बाँकी चाहिँ पूरै निर्वस्त्र थिए ।  
‘नग्नहरूको साइकल ¥यालीले राखेका विविध लक्ष्यमध्ये इन्धनको बचत गरौँ भन्ने सन्देश प्रमुख हो,’ समाचारमा भनिएको छ । ¥याली आयोजकले नग्न ¥यालीमा सहभागी हुन मानिसहरूलाई खुला आह्वान गरेको थियो ।
नांगै भएर सामूहिक रूपमा साइकल कुदाउँदा सबैजना रमाएका थिए । ‘नांगै साइकलको सिटमा बस्दा कतिपयलाई पीडा भएको थियो । त्यस्तालाई आयोजकले सिटलाई नरम वस्तुले बेर्न सुझाव दिएका थिए,’ समाचारमा भनिएको छ ।

Leave A Comment