मोडलिङमा भविष्य खोज्दै

बिहिबार, ३० भदौ २०७३, ११ : ५३ शुक्रवार , Kathmandu
मोडलिङमा भविष्य खोज्दै

तेह्रथुमकी निमलमु शेर्पा मोडलिङमा भविष्य खोजिरहेकी छिन् । केही समयअघि गायक तथा संगीतकार विनोद खम्बुको गीतबाट मोडलिङमा आएकी शेर्पालाई एकपछि अर्को भिडियोमा अफर आउने क्रम छ ।
    त्यसैले उनी मोडलिङमै भविष्य बनाउने योजनामा छिन् । धरानमा मोडलिङ करिअर अघि बढाइरहेकी उनी भन्छिन्, ‘पहिलो गीतबाटै राम्रो प्रतिक्रिया आयो । अहिले धेरैले अफर गरेका छन् । तीनवटामा त काम गर्ने फिक्स भइसक्यो ।’ हाल कक्षा १२को परीक्षा दिएर बसेकी उनलाई परिवारको पनि सहयोग भएकाले यही क्षेत्रमा भविष्य बनाउँछु भन्ने लागेको छ । भन्छिन्, ‘मोडलिङको भविष्य राम्रो हुन्छ जस्तो लागेको छ । यसैमा भविष्य बनाउने विचारमा छु ।’

 

Leave A Comment