खेमराजको स्मृतिमा अक्षयकोष

शुक्रबार, ३१ भदौ २०७३, १० : २० शुक्रवार , Kathmandu
खेमराजको स्मृतिमा अक्षयकोष

हालै दिवंगत गायक खेमराज गुरुङको स्मृतिमा धरानका संगीतकर्मी तथा खेमका साथीहरूले ‘खेमराज गुरुङ स्मृति अक्षयकोष’ घोषणा गरेका छन् ।
खेमराजकै सक्रियतामा २०६६ सालमा धरानमा ‘युनाइटेड ड्रिम्स’ समूहको पहल र धरानका संगीतकर्मीहरूको सहयोगमा ८० हजार रुपैयाँको अक्षयकोष घोषणा गरिएको छ । देशविदेशमा रहेका साथीहरूलाई आग्रह गरेर १० लाखको कोष बनाउने र त्यसको ब्याजबाट संगीत सिक्न चाहने गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइने युनाइटेड ड्रिम्सका अध्यक्ष भानु थापाले बताए । खेमराज संरक्षक रहेको सो समूहले पहिला धरानमा ‘पूर्वेली लिजेन्ड नाइट’ कार्यक्रम आयोजना गरेको थियो ।

 

Leave A Comment