स्वाद र सजावटको संगम

सोमबार, ०३ असोज २०७३, ०१ : २८ शुक्रवार , Kathmandu
स्वाद र सजावटको संगम

राजधानीको दरबारमार्गको लम्बाइ धेरै छैन । तीनधारा संस्कृत पाठशाला चोकदेखि नारायणहिटी दरबारको मुख्य प्रवेशद्वारसम्मको छोटो दूरीमा पनि यो मार्गले धेरै चिज समेटेको छ । संसारका चर्चित ब्रान्डेड सामान उपलब्ध हुने आउटलेटदेखि खानाका विविध परिकार पस्कने होटल तथा रेस्टुरेन्टले यो क्षेत्र काठमाडौँको ‘डाउनटाउन’ का रूपमा प्रसिद्ध छ । नेपाल घुम्न आउने विदेशी पर्यटक यो क्षेत्रमा टहलिरहेको भेट्न सकिन्छ भने साथीहरूसँग जमघट गर्न रुचाउने नेपालीको पनि दरबारमार्ग रोजाइमा पर्छ । गुणस्तरीय सामान तथा खानपानका लागि चर्चित दरबारमार्गमा एकसे एक रेस्टुरेन्ट, लाउन्ज, डिस्कोलगायत खानपान तथा मनोरञ्जन गर्ने स्थल छन् ।
दरबारमार्गमा रहेको ‘दरबार क्याफे एन्ड लाउन्ज’ अहिले धेरैको रोजाइमा परिरहेको छ । दरबारमार्गको भिक्ट्री लाउन्ज रहेको भवनको दोस्रो तलामा रहेको दरबारलाई काठमाडौँको उत्कृष्ट क्याफे एन्ड लाउन्जका रूपमा विकास गर्न लागिपरेको यसका सञ्चालक मेवाङ लामा बताउँछन् । एलो थिममा साजसज्जा गरिएको दरबारको सेटिङ निकै भव्य छ । यहाँ खानाका लागि आउने ग्राहकले मेनुभन्दा पहिला यसको बनावट र सजावट हेर्ने गरेको सञ्चालक लामा बताउँछन् । ‘क्याफे एन्ड लाउन्जमा परिकार त स्वादिलो हुनैप¥यो, त्योसँगै केही बेर बस्दा आनन्द फिल होस् भनेर बनावटमा विशेष ध्यान दिएका छौँ,’ सञ्चालक लामाले भने । दरबारको सिटिङ एरेन्जमेन्ट तीन तरिकाले गरिएको छ । स्मोकिङ जोन, सोफा तथा टेबल र कुर्सी राखिएका छुट्टाछुट्टै स्थान तोकिएको छ । बिहानदेखि राति अबेरसम्म खुल्ने दरबार क्याफेमा विभिन्न स्वादका कफीदेखि, ब्रेकफास्ट, लन्च, डिनरसम्म लिन सकिने व्यवस्था मिलाइएको छ । नेपालमा पाइने काठ सल्लो प्रयोग गरेर बनाइएको यसको डेकोरेसन हेरेर जो कोही पनि लोभिने गरेको लामा बताउँछन् ।
बिहान कफी र बेकरी आइटम सर्भ गरेर ग्राहकको सेवा गर्ने दरबार क्याफेले राति लाइभ म्युजिकको साथमा विभिन्न विदेशी ब्रान्डेड मदिरा सेवन गर्ने अवसर प्रदान गर्छ । खानामा इन्डियन, चाइनिज, कन्टिनेन्टल, नेपाली खानाको स्वाद लिन पाइन्छ । लन्चमा थकाली खाना सेट उपलब्ध गराउने दरबारले विभिन्न स्वादका कक्टेल तथा मक्टेल पनि उपलब्ध गराउँछ । चर्चित गायक तथा ब्यान्डले लाइभ प्रस्तुति गर्ने गरेको दरबार पारिवारिक जमघट गर्ने उपयुक्त स्थल भएको सञ्चालक लामा बताउँछन् ।
पायक पर्ने लोकेसन, पर्याप्त पार्किङको व्यवस्था, सुन्दर आन्तरिक सजावट, स्वादिला परिकारलगायत थुप्रै विशेषता भएको दरबार  काठमाडौँकै भव्य ‘क्याफे एन्ड लाउन्ज’ भएको सञ्चालकको दाबी छ ।  

 

Leave A Comment