जुठो चुइँगम लाखौँमा लिलाम

शुक्रबार, ०७ असोज २०७३, ११ : ५३ शुक्रवार , Kathmandu
जुठो चुइँगम लाखौँमा लिलाम

सेलिब्रिटीका लुगा, उनीहरूका चिठी, हस्ताक्षर आदि लिलाम हुने गरेको बारम्बार सुन्ने गरिन्छ । तर, सेलिब्रिटीले चपाएको चुइँगम पनि कुनै बेला लाखौँमा लिलाम भएको थियो भन्ने सुन्दा छक्क पर्नु स्वाभाविकै हो ।

आजभन्दा करिब नौ वर्षअघि यो चुइँगम प्रकरण भएको थियो । सन् २००४ मा बेलायती पपगायिका ब्रिट्नी स्पियर्सले चपाएको चुइँगम लिलामीमा राखिएको सूचना अनलाइनमार्फत सार्वजनिक गरिएको थियो । ब्रिट्नीले मुखमा हाली चपाएर बाहिर निकालेको चुइँगम लिलामीमा राखिएको थियो । जुठो चुइँगम लिलाम होला÷नहोला भन्ने ठूलो कौतूहल थियो । त्यत्तिकैमा एकजना बेलायती व्यापारीले त्यतिबेलाको करिब १५ लाख रुपैयाँमा सो जुठो चुइँगम खरिद गरेका थिए । अहिले पनि कुनै अनौठो खालको वस्तुको लिलामीसम्बन्धी प्रसंग आएमा जुठो चुइँगमको लिलामी भएको प्रसंग सम्झिने गरिन्छ ।     

 

Leave A Comment