‘ला ट्रोब’को छात्रवृत्ति घोषणा

बिहिबार, १३ असोज २०७३, ०१ : १२ शुक्रवार , Kathmandu
‘ला ट्रोब’को छात्रवृत्ति घोषणा

अस्टेलियास्थित ला ट्रोब विश्वविद्यालयको ला ट्रोब बिजनेस स्कुलले नेपाली विद्यार्थीहरूका लागि विभिन्न कार्यक्रममा छात्रवृत्ति घोषणा गरेको छ । नेपाल भ्रमणमा रहेको स्कुलको प्रतिनिधिमण्डलले यस्तो घोषणा गरेको हो । भ्रमण टोलीको नेतृत्व गरेका प्रोफेसर पल म्याथरका अनुसार स्कुलले कुल लागत (टोटल कस्ट)मा १५ देखि २५ प्रतिशतसम्म छुटसहित छात्रवृत्ति दिनेछ । यो छात्रवृत्ति वर्ष २०१७ देखि अन्डरग्य्राजुएट र पोस्ट ग्य्राजुएट विद्यार्थीहरूका लागि लागू हुनेछ ।
स्कुलले ब्याचलर्स अफ कमर्स, ब्याचलर्स अफ कम्प्युटर साइन्स, मास्टर्स अफ प्रोफेसनल अकाउन्टिङ, ब्याचलर्स अफ इन्टरनेसनल रिलेसन्स्जस्ता शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस्तै, स्कुलले सञ्चालन गर्दै आएको मास्टर्स अफ बिजनेस एनालिटिक्स विषयको आकर्षक विश्वभर रहेको प्रोफेसर म्याथरले बताए । ‘सन् २०१८ सम्ममा अमेरिकी बजारमा मात्रै थप लाखौँ एनालिटिक्स प्रोफेसनल जनशक्तिको खाँचो पर्ने देखिएको छ,’ उनले भने, ‘त्यसैले पनि यो कोर्सको आकर्षण विश्वभर चुलिएको छ ।’
ला ट्रोब विश्वविद्यालय अस्ट्रेलियाको भिक्टोरियामा रहेको बहु–क्याम्पसहरू भएको विश्वविद्यालय हो । विगत ४७ वर्षदेखि अस्ट्रेलियामा उच्च शिक्षाका लागि अग्रणी रहँदै आएको यो विश्वविद्यालय आफ्नो शैक्षिक उत्कृष्टता र अनुसन्धान उपलब्धिका कारण ख्याति कमाउँदै आएको छ । हालसम्म लगभग डेढ लाख विद्यार्थी यो विश्वविद्यालयबाट दीक्षित भइसकेका छन् ।

 

Leave A Comment