रितेश–रुबिना ‘एन भोग’ मोडल

बिहिबार, १३ असोज २०७३, ०१ : २१ शुक्रवार , Kathmandu
रितेश–रुबिना ‘एन भोग’ मोडल

हाउस अफ फेसनको आयोजना तथा रिपब्लिका अंग्रेजी दैनिकको प्रस्तुति रहेको ‘एन भोग’ मोडलिङ प्रतियोगितामा रितेशराज गुरुङ र रुबिना थापाले उपाधि जितेका छन् । राजधानीको दरबार मार्गस्थित अन्नपूर्ण होटलमा शुक्रवार साँझ सम्पन्न प्रतियोगितामा उनीहरूले ‘एन भोग’ मोडल उपाधि जितेका हुन् ।
विजेताले उपाधिस“गै ५० हजार रुपैयाँ र विभिन्न उपहार प्राप्त गरेका छन् । नेपाली मोडलिङ र फेसन जगतमा प्ल्याटफर्म खोजिरहेका युवा पुस्ता प्रोत्साहन गर्न ‘एन भोग’ ¥याम्प सो र मोडलिङ प्रतियोगिताको आयोजना गरिएको बताइएको छ ।
प्रतिस्पर्धामा लोमेश धमला र सुशान्त नेपाल जोशी क्रमशः पुरुषतर्फ फस्ट र सेकेन्ड रनरअप घोषित भए । प्रियंका रानी र दीपिका केसी महिलातर्फ क्रमशः फस्ट र सेकेन्ड रनरअप भए ।

Leave A Comment