सुपर मोडलको प्रतिभा प्रदर्शन

शुक्रबार, १४ असोज २०७३, ०९ : ३९ शुक्रवार , Kathmandu
सुपर मोडलको प्रतिभा प्रदर्शन

आर एन्ड आर गु्रपले आयोजना गरेको ‘नेपालस् नेक्स सुपर मोडल–२०१६’ का प्रतियोगीले आइतवार राजधानीको होटल सोल्टी क्राउन प्लाजामा आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । प्री–जजमेन्ट राउन्डअन्तर्गत उनीहरूले व्यक्तित्व, क्याटवाट, बेस्ट फिगरलगायत शीर्षकमा प्रतिभा प्रस्तुत गरेका हुन् ।
रोजिन शाक्यले कोरियोग्राफी गरिरहेको प्रतियोगीताको प्री–जजमेन्ट राउन्डमा प्रतियोगीले कुल प्राप्त अंकको ५० प्रतिशत नम्बर पाउने आयोजक संस्थाकी अध्यक्ष मञ्जु श्रेष्ठले जानकारी गराइन् । १४ असोज गते राजधानीको त्रिपुरेश्वरस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा अन्तिम प्रतिस्पर्धा हुनेछ ।

Leave A Comment