सिमरन बनिन् ‘मिस टिन’

शुक्रबार, १४ असोज २०७३, १० : ४४ शुक्रवार , Kathmandu
सिमरन बनिन् ‘मिस टिन’

‘मिस टिन नेसनल–२०१६’ को ताज सिमरन पन्थले जितेकी छिन् । यल इभेन्ट्स सोलुसनद्वारा आयोजित प्रतिस्पर्धामा उनले उपाधिसँगै एयर होस्टेस तालिम र ब्युटिसियनको तीनमहिने तालिमको अवसर पाएकी छिन् ।
शनिवार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा भएको अन्तिम प्रतिस्पर्धामा फस्ट रनरअप मिनी तमाङ र सेकेन्ड रनरअप ज्योति थापा भए । थर्ड रनरअप भने सिर्जना पाण्डे भइन् । मोस्ट पपुलर सिन्थिया श्रेष्ठ भइन् ।

Leave A Comment