रंगमञ्चबाट अभिनय यात्रा थालेका अभिनेता हुन्, दयाहाङ राईं । उनी अहिले लोकप्रिय र व्यस्त कलाकार भएका छन् । उनको अभिनय क्षमता र प्रतिभाको खूब प्रशंसा हुन्छ । ‘दासढुंगा’, ‘कबड्डी’, ‘कबड्डी कबड्डी’, ‘लुट’ लगायत फिल्ममा उनले काम गरेका छन् । उनीसँग...
प्रतिभाशाली अभिनेता कर्मको पहिलो फिल्म ‘सानो संसार’ निकै रुचाइएको थियो । त्यसपछि ‘रेशम फिलिली’ हिट भयो । अहिले ‘लुकामारी’ले सफलता हासिल गरिरहेको छ । नेवार समुदायमा...
चार वर्षअघि फिल्म ‘अन्दाज’बाट नेपाली फिल्ममा डेब्यू भएका हुन्, अभिनेता सविन श्रेष्ठ । रेखा थापाले निर्माण गरेका प्रायः फिल्ममा उनले अभिनय गरेका छन् । फिट अभिनेतामा गनिने सविन अभिनीत फिल्म ‘नमस्ते नेपाल’ प्रदर्शनको तयारीमा छ । उनीसँग डिबी खड्का र अनिल यादवले गरेको अन्तरंग कुराकानीः
भुवन केसीको फिल्म ‘नेपालीबाबु’मा अभिनेत्री जल शाहको सल समातेर रुने बच्चालाई चिन्नुभएको छ ? उनी हुन्, युवापुस्ताका लोकप्रिय अभिनेता सलोन बस्नेत । उनीसँग डिबी खड्का र अनिल यादवले अन्तरंग कुराकानी गरेका छन्ः
पछिल्लो समय निकै रुचाइएको गीत ‘सुर्केथैली खै’का गायक, संगीतकार र गीतकार हुन् राजनराज शिवाकोटी । उनले संगीत भरेका ‘नेपालकी छोरी हुँ म’, ‘जिन्दगी यो फूलैफूलको’, ‘वार्ता गराइदेऊ’ आदि गीत हिट छन् । उनीसँग डिबी खड्का र अनिल यादवले अन्तरंग कुराकानी गरेका छन् ।
अभिनेत्री करिश्मा मानन्धरको दैनिकी अचेल फेरिएको छ । उनको आफ्नो ‘सेड्युल छैन’, नयाँ शक्ति नेपालको ‘सेड्युल’मा जहाँ पुग्नुपर्ने पनि हुन सक्छ । उनको लवाइ पनि फेरिएको छ । वानपिस र हाई हिलमा सजिएर हिँड्दिनन्, कुर्तासुरुवालमा पुग्छिन् । खासमा उनको भूमिका फेरिएको छ ।
चर्चित बलिउड अभिनेत्री मनीषा कोइराला शनिवार काठमाडौँ आइपुगेकी छिन् । थुप्रै हिट सिनेमा दिइसकेकी नेपालकी अभिनेत्री कोइरालाले नेपाली फिल्म ‘फेरि भेटौँला’ र ‘धर्मा’मा अभिनय गरेकी छिन् । सोमवार राजधानीस्थित रसियन कल्चर सेन्टरमा आयोजित रुस्लान अमेजिङ एडभेन्चर म्युजिकल ब्रोडवे शोमा प्रमुख अतिथि बनेर आइपुगेकी मनीषासँग अनिल यादवले ‘अन द स्पट’ गरेको कुराकानी: