युवा पुस्तामाझ निकै लोकप्रिय छन्– अभिनेता पल शाह । म्युजिक भिडियोमा निकै रुचाइएका उनी पछिल्लो समय फिल्ममा पनि सक्रिय हुँदैछन् । ‘नाई नभन्नु ल–४’बाट फिल्ममा डेब्यु गरेका उनले ‘म यस्तो गीत गाउँछुु’को सफलताको स्वाद चाखेको दुई महिना नबित्दै ‘जोनी जेन्टलम्यान’ प्रदर्शनमा आएको छ ।
लोकदोहोरी गायनमा लोकप्रिय नाम हो– रामजी खाँड । उनले हालसम्म करिब सात हजार लोकदोहोरी गीत गाइसकेका छन्, १ सयजति म्युजिक भिडियोमा अभिनय पनि गरेका छन् । उनी राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपालका उपाध्यक्ष पनि हुन् ।
नम्रता श्रेष्ठ एउटी कुशल अभिनेत्री हुन् । बाल कलाकार हुँदै म्युजिक भिडियोकी प्रख्यात मोडलबाट चलचित्रमा पदार्पण गरेकी उनले यतिबेला ‘गोल्डेन ब्वाई’ नामक अंग्रेजी नाटकमा अभिनय गरेकी छन् । उनको यो नाटकको चर्चा अंग्रेजी मिडियामा निकै भयो ।
पहिलेकी हिरोइन झरना थापा यतिबेला निर्देशकका रुपमा झुल्किएकी छन् । शुक्रबारबाट प्रदर्शन हुने फिल्म ‘ए मेरो हजूर २’बाट उनको परिचयमा हिरोइनसँगै निर्देशक पनि थपिएको हो । पहिलो फिल्म निर्देशनका गाह्रा–अप्ठेरासँगै पछिल्लो समय आएका मिडिया ‘क्रान्ति’बारे उनले पुष्पा थपलियासँग खुलेरै कुरा गरिन् ।
नेपाली गायन क्षेत्रमा चम्कदै गरेको नाम हो– टीका प्रसाईं । ‘सेल्फीको जमाना’ गीतकी गायिका टीकाको ‘नाईं मलाई थाहा छैन’ गीत निकै हिट छ । १५ वर्षअघिदेखि संगीतमा संघर्षरत टीकाले करिब आठ वर्ष गजल साँझतिर पनि गाइन् ।
हास्यकलाकार मनोज गजुरेल यतिबेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नक्कल गरेर चर्चामा छन् । उनले यस पटकको गाइजात्रे प्रहसनमा ट्रम्पको नक्कल गरेका हुन् । उनले यसअघि थुप्रै नेपाली राजनीतिज्ञको नक्कल गरिसकेका छन् ।
हास्यव्यंग्य क्षेत्रमा चर्चित नाम हो– राजाराम पौड्याल । दुई दशकअघि महजोडीको ‘१५ गते’ सिरियलबाटै लोकप्रियता कमाएका राजाराम विभिन्न चलचित्रका हास्य चरित्रबाट चर्चामा आए । सात वर्ष अमेरिकामा बरालिए पनि नेपाल फर्किएलगत्तै टेलिभिजनको हास्य शृंखला ‘जिरे खुर्सानी’ले पुरानै ख्याति फर्काइदियो ।
गाईजात्रा भन्नेबित्तिकै गाईजात्रा नै सम्झन्छु । किनभने घरमा कोही मानिस बित्दा गाई निकाल्नुपर्छ । मेरी साइँली आमा बित्नुभएको थियो र म गाई बनेको थिएँ । त्यही याद आउँछ । त्यस समयमा म जुँगा बनाएर गएको थिएँ ।
यतिबेला मिस नेपाल नीतिका चाण्डकलाई सायदै परिचय चाहिएला । व्यस्त समयमा अन्य तीन विजेता साथीहरु मिस अर्थ नेपाल रोजिना श्रेष्ठ, मिस नेपाल इन्टरनेसनल नीति शाह र मिस एसिया प्यासिफिक नेपाल सहारा बस्नेतसँगै शुक्रबार कार्यालय आइपुगेकी नीतिकासँग गरेको रोचक कुराकानी।
नेपाली फिल्मका चल्तीका निर्देशकमध्ये पर्छन्– सुदर्शन थापा । उनी सुरुमा कलाकार थिए, पछि निर्देशक भए । १० वर्षअघि टेलिसिरियल ‘दलन’मा उनले अभिनय गरेको ‘मानव’को भूमिका अझै पनि दर्शकले बिर्सेका छैनन् ।
नेपाली खेलकुद क्षेत्रमा परिचित नाम हो– सिपोरा गुरुङ । उनी राष्ट्रियस्तरकी भलिबल खेलाडी हुन् । नेपालका तर्फबाट सबैभन्दा कम उमेरमा अन्तर्राष्ट्रिय खेलकुदमा भाग लिएर पदक जित्ने खेलाडीमा पर्छिन् उनी । श्रीलंकामा सम्पन्न दसौं साग खेलकुदमा उनले नेपालका लागि कास्यपदक जितेकी थिइन् ।
अहिले चर्चामा रहेको गायनसम्बन्धी अन्तर्राष्ट्रिय फ्रेन्चाइजी टेलिभिजन कार्यक्रम ‘नेपाल आइडल’को उत्कृष्ट १८ मा पुगेर बाहिरिएका गायक हुन्– प्रताप लामा । उनी नेपालको चर्चित रियालिटी सो ‘नेपाली तारा’को विजेता थिए ।
रामचन्द्र अधिकारी फिल्म उद्योगमा देखापरेकै साढे तीन दसक कटिसकेको छ । उनी अझै कलाकारितामा सक्रिय छन् । उनको व्यस्तता कम भएको छैन र होस् भन्ने पनि चाहना छैन । गएको साता उनी ‘शुक्रबार’ कार्यालय आइपुग्दा नातिसमेत ल्याएका थिए, भने, ‘भर्खरै एसइईमा ‘ए’ श्रेणीमा पास भयो, कलेजमा भर्ती गराउन लिएर हिँडेको !’
अरुणा कार्की अहिलेकी चर्चित अभिनेत्री हुन् । २०६२ सालदेखि व्यावसायिक अभिनय यात्रा सुरु गरेकी कार्की ‘साँघुरो’, ‘कबड्डी’, ‘कबड्डी–कबड्डी’, ‘छक्कापञ्जा’जस्ता हिट फिल्ममा अभिनय गरेकी छन् ।
गिरीश खतिवडा नेपालका लोकप्रिय र्यापर हुन् । उनलाई नेपाली र्याप संगीतको प्रणेता पनि मानिन्छ । उनको पहिलो र्याप गीत ‘मिनिङलेस र्याप’ सन् १९९२ मा निस्किएको थियो । त्यतिबेला उनी कक्षा–८ मा पढ्थे ।
अनुपबिक्रम शाही म्युजिक भिडियो, फेसन शो हुँदै फिल्ममा प्रवेश गरेका अभिनेता हुन् । फिल्म ‘हँसिया’मा उनले निर्वाह गरेको खलपात्रको भूमिका पुरस्कृत भएको थियो । उनी नेपाली फिल्ममा ‘ह्यान्डसम भिलेन’का रूपमा चिनिँदै आएका थिएँ ।
अभिनेत्री रजनी गुरुङले गुरुङ भाषाको फिल्म ‘धिँ’बाट अभिनय सुरु गरेकी हुन् । तर हाँस्य श्रृंखला ‘मेरी बास्सै’मा बुद्धि तामाङ ‘हैट’की श्रीमती ‘मंगली’ बनेर खेल्न थालेपछि भने उनी धेरैको नजरमा परिन् ।
कोरियोग्राफर रेनशा बान्तवा राईले १० वर्षअघि ‘मेरो एउटा साथी छ’ फिल्मबाट काम थालेकी हुन् । पहिलो फिल्मबाटै उनले उत्कृष्ट कोरियोग्राफरको नेसनल अवार्ड पाइन् ।
कोसिस क्षत्री खासमा आफूलाई गायक भनेर चिनाउँछन् । तर, उनका अन्य परिचय पनि छन् । उनी संगीतकार, एरेन्जर, अभिनेता, मोडल पनि हुन् । फिल्म ‘मोक्ष’मा गरेको अभिनयका कारण ...
तीन वर्षअघि फिल्म ‘नोभेम्बर रेन’बाट फिल्ममा डेब्यू गरेकी हुन्,छुल्ठिम गुरुङले । यो फिल्ममा उनले निर्वाह गरेको चरित्र ‘डल्ली’लाई धेरैले रुचाएका थिएँ । तैपनि, उनले फिल्म नै नखेल्ने मनस्थिति बनाइसकेकी थिइन् ।