कसैले मलाई नारीवादी भन्छ भने स्विकार्छु । मेरो लेखनमा नारीवाद देखियो होला र त भने होलान् । यसमा भन्नु केही छैन समानता हुनुपर्छ भनेर लेख्दा कसैले त्यसो भन्छ भने ठिकै छ ‘ म नारीवादी हुँ’ ।
म १४ वर्ष साढे सातको दशाले पीडित थिएँ । दशाभित्र अनावश्यक झगडा, अनावश्यक तर्क, दुर्घटना आदिइत्यादि पर्छन् । अस्ति मंसिर १ गतेबाट म यो दशाबाट मुक्त भएको छु । मेरी श्रीमती र मेरो बच्चा नै मैले गुमाएँ । त्योभन्दा ठूलो दशा अर्को के हुन सक्छ ? अरु
बोर्ड र मेरो वे अफ थिकिंङ नमिलेको मात्र थियो । विवाद त म आउनुभन्दा अगाडिदेखि नै थिए, म आएपछि झन् थपियो । पहिलोपल्ट सिइओ नियुक्त गरिएको थियो । बोर्डलाई पनि पावर दिन गाह्रो भइरहेको थियो । म पनि केही गर्छु भन्ने आशाले त्यहाँ पुगेकी थिएँ । त्यसैले बोर्ड र मबीच काम गर्ने ट्युनिङ नमिलेको पक्कै हो ।
हस्याङ–फस्याङ गर्दै आइपुगेका थिए– अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज श्रेष्ठ जोशी । प्रेम दिवस नजिकिँदै गर्दा उनीहरु शुक्रवारका लागि आफ्नो जोडीको फोटोसुट गर्न हतारिँदै थिए । आउनासाथ प्रियंका मेकअपमा लागिन् । छेउमा आयुष्मान बसे ।
चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भएसँगै विवादमा तानिइन्, निकिता पौडेल । ‘मन्त्रीलाई ४० लाख रुपैयाँ खुवाएर बनेकी अध्यक्ष’ भन्दै बजारमा गाइँगुइँ चल्यो । बाबु उद्धव पौडेल राप्रपाका नेता हुन् । उनको नियुक्ति कांग्रेसले सम्हालेको सञ्चार मन्त्रालयले गरेको थियो ।
एक भारतीय अनलाइनले ‘सन्नी लियोनभन्दा हट’ भनेर लेखेपछि नेपाली अभिनेत्री अदिती बुढाथोकी चर्चामा आइन् । केही पञ्जाबी म्युजिक भिडियोमा समेत काम गरेकी र तेलुगु भाषाको भारतीय फिल्ममा अनुबन्धित भइसकेकी उनी ‘कृ’ मार्फत नेपाली फिल्ममा डेब्यु हुँदैछिन् । आइतबार काठमाडौं हात्तीसारस्थित सोसाइटी लाउन्जको कफी सपमा आमासँग हतारिँदै आइपुगेकी अदिती कुराकानीको सुरुवातमै भन्दैथिइन्, ‘कम बोल्ने मेरो सानैदेखिको स्वभाव हो’
आफ्नै काका आकाश अधिकारीले निर्देशन गरेको फिल्म ‘के म तिम्रो होइन र’बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेका अभिनेता हुन्– आर्यन अधिकारी । यो फिल्मको ट्रेलर रिलिज भइसकेपछि धेरैले उनलाई बलिउड अभिनेता टाइगर श्राफसँग दाँजेका थिए ।
केकी अधिकारीलाई न बक्सअफिसले त्यति साथ दियो, न उनी बक्सअफिसकै पछि दौडिइन् । भन्छिन्, ‘मैले आफ्नो कामलाई बक्स अफिससँग कहिल्यै तुलना गरिनँ ।’ केकीका फिल्म बक्स अफिसमा कमै चले तर उनले निर्वाह गरेका प्रायः पात्र प्रशंसित भए ।
अभिनेत्री स्वस्तिमा खड्काले कम्मर मर्काई–मर्काई नाचेको फिल्म ‘दुई रुपैयाँ’को ‘कुटुमा कुटु सुपारी दाना’ बोलको गीत अहिले पनि सर्वाधिक चर्चामा छ । युट्युबमा मात्रै चार करोड बढी हेरिसकिएको छ । फिल्म ‘होस्टेल रिटन्र्स’ बाट अभिनयमा डेब्यू गरेकी स्वस्तिमाले ‘लभ लभ लभ’ र ‘६क्कापञ्जा–२’मा पनि काम गरेकी छन् ।
‘द्रोहकाल’, ‘गुलाम’ ‘राजनीति’, ‘आरक्षण’, ‘सत्याग्रह’ चर्चित फिल्मका लेखक अन्जुम राजाबली दुई दिने पटकथा लेखनसम्बन्धी कार्यशालाका लागि राजधानीमा थिए । कान्तिपुर फिल्म एकेडेमीको निम्तोमा राजधानीमा तीन दिन बिताएका उनले फिल्म लेखन संसारभरि नै उपेक्षित पेसा रहेको र यसका लागि लेखक स्वयं अधिकारका लागि जागरुक रहनु पर्ने बताए ।
फिल्म ‘रुद्र’बाट डेब्यु गरेकी अभिनेत्री सारा सिर्पालीको दोस्रो फिल्म ‘पिंजडा ब्याक अगेन’ माघ ४ बाट प्रदर्शनमा आउँदैछ । ‘रुद्र’ले बक्स अफिसमा अपेक्षित व्यापार नगरे पनि दोस्रो फिल्म ‘पिंजडा ब्याक अगेन’बाट सारा निकै आशावादी छिन् । चार्टर्ड अकाउन्टको विद्यार्थी सारा फिल्म र अकाउन्टेन्सीलाई समानान्तर रुपमा अगाडि लैजाने सोचमा छिन् ।
निर्माता छविराज ओझाको फिल्म ‘लोफर’बाट अभिनयमा डेब्यू गरेकी अभिनेत्री हुन्– रजनी केसी । उनी अभिनित फिल्म ‘परदेशी’ ले हलमा राम्रो व्यापार गरेको थियो । अहिले उनी एपीवान टेलिभजनबाट प्रसारण हुने ‘टेन टु फाइभ’ हास्यसिरियलमा पनि काम गरिरहेकी छिन् ।
टेलिभिजनकर्मीका रुपमा काम गर्दागर्दै ‘मिसन पैसा’ फिल्मबाट रङ्गीन संसारमा छिरेकी निशा अधिकारी अभिनेत्रीको सम्भावना छँदै फिल्म निर्मात्रीका रुपमा देखापरेकी छन् । उनले निर्माण गरेको फिल्म ‘झ्यानाकुटी’ गत साताबाट सिनेमा हलमा प्रदर्शन भइरहेको छ ।
पाश्र्व गायनमा चम्किरहेको नाम हो– प्रविशा अधिकारी । उनले फिल्ममा रेखा थापा, नम्रता श्रेष्ठ, सुषमा कार्की लगायत थुप्रै अभिनेत्रीका लागि स्वर दिइसकेकी छन् । उनका थुप्रै गीत हिट पनि छन् तर उनको चर्चा कहीँकतै सुनिँदैन । ‘तिमी जहाँ छौ’, ‘यो पल फेरि आउला, नआउला’, ‘मायाले बाँध्यो यसरी’, ‘चलेछ बतास सुस्तरी’, ‘के साँच्चै तिमी रिसाकै हौ त’ आदि उनका रुचाइएका गीत हुन् ।
पर्दामा फरक–फरक भूमिका खोज्न रुचाउँछिन्, अभिनेत्री बेनिशा हमाल । आरजे, भिजेहुँदै उनी फिल्म ‘स्वर’बाट अभिनयमा प्रवेश गरेकी थिइन् । ‘मोक्ष’ र ‘कालोपोथी’ फिल्ममा उनले गरेको अभिनयले प्रशंसा पाएको थियो । उनी अभिनित ‘झ्यानाकुटी’ मंसिर १ गतेदेखि प्रदर्शन हुँदैछ ।
गत साताबाट फिल्म नगरीमा नयाँ हिरोइन भित्रिएकी छन्– दीपिका प्रसाईं । हलमा प्रदर्शनरत फिल्म ‘ऐश्वर्य’मा गरेको अभिनय र सुन्दर ‘लुक्स’का कारण उनी अहिले सबैको चासोमा परेकी छन् । उनी यसअघि मोडलिङमा सक्रिय थिइन् ।
लोक दोहोरी गायक पुरुषोत्तम न्यौपाने चलेको नाम हो । श्रीखण्ड चन्दन, फूलको वासना, ऐना हेरेर, झिलभिल सितारा, मिर्मीमुनि काली थुनेको, रुन्छ नि मन किन रुँदैन, सरर पानी घट्टमा, घामजस्तो चम्किलो जुन हुँदैन’, ‘म त हिँडे पोखरा माया हिँड्यो दाङको बसैमा’, ‘ढुङ्गेधारामा’ लगायतका उनका लोकदोहोरी चर्चित छन् ।
फिल्म चलेन भने चाहिँ मेरो विश्वासमा कुुठराघात हुुन्छ । म आफूलाई फिल्म इन्डस्ट्रीमा रहनुको कुनै अर्थ छैन भन्ने महसुस गर्छु । मैले यति गर्दागर्दै पनि दर्शकले किन तिरस्कार गर्नुभयो भन्ने प्रश्नचाहिँ रहिरहन्छ । मैले आफ्नो १०० पर्सेन्ट दिँदा पनि फिल्म चलेन भने मैले फेरि किन बनाउने ? कहाँबाट पैसा ल्याएर बनाउने ? म भयंकर पैसावाला मान्छे पनि त होइन । अर्को फिल्म बनाउने त हैसियत पनि हुँदैन ।
एक समय हरिदेवी कोइरालाले लोक गायनमा एकछत्र राज गरेकी थिइन् । पोखराबाटै नेपाली सांगीतिक फाँटमा केन्द्रलाई हाँक दिने हरिदेवी सन्देशमूलक गीत गायन तथा सिर्जनामा सक्रिय छिन् । २०४१ सालमा ‘पाइनँ खबर’ गीत रेकर्ड गरी नेपाली सांगीतिक फाँटमा उदाएकी हरिदेवी अहिलेसम्म गायनमै क्रियाशील छिन् ।