सधै“भरि घाम छेकिरहने विशाल र अग्लो सालको वृक्षलाई एक दिन वनमाराको बोटले भन्यो– ‘मलाई तिम्ले वर्षौंदेखि घाम छेकिरहेका छौ । जुन रूपमा म हुर्किनुपर्ने हो, तिम्ले घाम छेकेकै कारण म हुर्किन सकिरहेको छैन । अब मलाई घाम नछेक ।’
पत्रकार भोगीराज चाम्लिङ अनुसन्धानपरक लेखनमा रुचि राख्छन् । उनको संकलन तथा सम्पादनमा २०७१ मा ‘मुन्दुमः सृष्टिकथा’ र भर्खरै उनकै सम्पादनमा ‘मुन्दुमः होसुङ’ प्रकाशित भएको छ । उनीसँग शुक्रवार साप्ताहिकका लागि सुजित मैनालीले गरेको कुराकानीः
यो चोक जुन देशको चोक हो, त्यो देश पनि प्राविधिक कारणहरूले मात्र देश हो । त्यो देश पनि किन देश हो भने त्यसको कम्तीमा पनि अरूहरूको भन्दा छुट्टै एउटा झण्डा, छुट्टै एउटा सरकार र संविधान छ । बाँकी कुराहरू, जुन महŒवपूर्ण छन्, ती सबै विदेशीलाई सुम्पुवा भइसकेको छ ।
विक्रम संवत २०७२ ले नयाँ सालको घुम्टो राम्रोसँग उघार्न नपाउँदै भूकम्प आइदियो । वैशाख १२ गते १२ बज्नै लाग्दा आएको भूकम्पले जमिन हल्लायो । मानिसहरूको बासस्थान हल्लायो । जीवन हल्लायो । सामाजिक संरचना र राजनीतिक डिस्कोर्स पनि हल्लायो ।
प्रगतिशील लेखक संघको दशौँ सम्मेलनमा संघले लेखक खगेन्द्र संग्रौलालाई सम्मान ग¥यो । कार्यक्रममा उनले दिएको मन्तव्य यहाँ प्रस्तुत छः
लेखनमा समद्ध विषयसँगै शैलीगत आकर्षणको जादू छैन भने अनिकालको अन्न खाएर कसैले पनि तपाईंको पट्यारलाग्दो लेख किन पढ्छ ? के प्रगतिशीलता सुन्दर शैलीको शत्रु हो ?
प्रगतिशील लेखक संघको दशौँ राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्व चयन भएको छ । काठमाडौँमा चैत २६ र २७ मा सम्पन्न सम्मेलनबाट अध्यक्षमा कवि तथा कथाकार मातृका पोखरेल सर्वसम्मत निवार्चित भएका छन् ।
म बसेको सानो शहरमा पहिलो पल्ट सिनेमा आयो । त्यसबखत सिनेमालाई ‘बाइसकोप’ भन्दथे, किनकि प्रदर्शन कालमा बाइस पटक मध्यान्तर हुन्थ्यो र प्रत्येक मध्यान्तरमा सिनेमाका कारिन्दाहरूले दर्शकहरूको कोप सहनुपथ्र्याे । गरिब बाइसकोप पनि के गरोस् ? उसित छवि देखाउने एउटै मेसिन हुन्थ्यो ।