मृत्यु सुखद पनि हुन सक्छ ! – कस्तो विचित्र कुरा...! मदनको घरकलहलाई मैले नजिकबाट महसुस गरेको हँु । उसकी स्वास्नीका फाटेका वस्त्र...! केटाकेटीको रुग्ण लालनपालन– मैले बारम्बार प्रत्यक्ष देख्दै आएको हुँ । तर, अचानक सबैथोक ...
मिथ
एउटा धर्का तानेर पर्खिबस्छ
केही लेख्न ।
नेताबाट दुईवटा अक्षर बटुल्छ
ठेकेदारबाट दुईवटा
कम्पनीबाट दुईवटा
यस्ता अनेकौँ एजेन्सीहरू छन्
जो उसलाई अक्षर निर्यात गर्छ
हज्जारौं अक्षरहरू नाङ्लोमा राखेर
केलाउँछ केलाउँछ केलाउँछ
जीवन एकातिर मृत्यु एकातिर छुट्याउँछ
दुःख एकातिर सुख एकातिर छुट्याउँछ
बनाउँछ एउटा बलियो वाक्य
र, पटास पटास पटास पटास बज्छ जब बजार
प्याकेजिङ गर्छ
र, पसलमा निकाल्छ ।
नेपाली कथा लेखनमा स्थापित र परिचित नाम हो— इस्माली । तीसको दशकदेखि प्रगतिशील चेतनाका साथ आख्यान लेख्दै आएका इस्माली दुई कथाकृति ‘श्रीको खोजी’ (मौलिक) र ‘युरेसियाका कथा’ (अनूदित) लिएर आएका छन् । ‘सेतो आतंक’ र ‘जिरो माइल’ उपन्यास समेत ...
म सोच्छु,
जीवनको उज्यालो मार्गमात्र पछ्याओस् मेरी छोरीले
उसका आँखाहरुमा जीवनका सङ्ला दृश्यहरु नाचिरहून् ।
कलिलो मनमा, उत्साहको दीप बलिरहोस्
मेरी छोरीको रात भागोस्, मनभित्रको सन्त्रास भागोस् ।
मंगलबार विमोचन भएको आफ्नो नवीनतम कवितासंग्रह ‘प्रेमिल आकाश’को ‘छोरीभित्रको रात’ शीर्षकमा झमक घिमिरेले रचेको यो भाव उनकी आमा आशादेवीको भावनाजस्तै लाग्छ । ३५ वर्षअघि धनकुटास्थित आफ्नो घरमा जन्मेकी कोपिलामा देखिएको कमजोर पत्रलाई नियालेर झमकको बारेमा आशादेवीले यस्तै आशा राख्थिन् होलिन् ।
तामाङ भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा समर्पित तथा क्रियाशील भाषाविद्÷लेखक÷अनुसन्धाता हुन्, अमृत योन्जन– तामाङ । उनका तामाङ व्याकरण (२०५४), लोकतन्त्रमा तामाङ पहिचानका सन्दर्भहरू (२०६७), तामाङ बृहत् शब्दकोश (२०७०) र ताम्बा दर्शन (२०७२) लगायत करिब चार दर्जन किताब प्रकाशित छन् । योन्जनसँग शुक्रवार साप्ताहिकले गरेको संवादः
अब आइन्दा एसएलसी दिनुपर्दैन ।राम्रो भो । एउटा संरचनागत हिंसाबाट युवा पुस्ता मुक्त हुने भो । युगौँदेखिको फलामे ढोकाको आतंक सकिने भो । एउटा हौवा समाप्त हुने भो ।पंक्तिकार २०५१ सालको एसएलसी पास हो । दुई दशकअगाडिको एसएलसी धेरै मानेमा आतंक थियो । एसएलसीमा तलमाथि भयो भने सबथोक ध्वस्त हुन्छ, संसार सकिन्छ भन्ने कमजोर मनोविज्ञानले पनि धेरैलाई फेल बनाउँथ्यो सायद । एसएलसी पासहरूसँग पनि स्कुले शिक्षा पूरा गरेको एउटा कागजी निस्साबाहेक केही हुँदैनथ्यो । ज्ञानप्रति कुनै तृष्णा हुँदैनथ्यो । जीवन, देश र दुनियाँ बुझ्ने भोक हुँदैनथ्यो । बस, क्याम्पस जाने रहर र उत्कण्ठा हुन्थ्यो ।
त्यो गुण्डा केटाले पहिले पुस्तक निकालेर बेन्चमा आफ्नो तिघ्राले च्यापेर राख्यो । जब सुपरिटेन्डेन्ट सर्सरी निरीक्षण गर्ने क्रममा हाम्रो छेउमा आइपुग्यो, उसले पुस्तक खोस्ने प्र्रयास ग¥यो । तर गुण्डाले छुरी निकाल्यो र त्यसको चुच्चो डेस्कमा गाडेर छेउमै पुस्तक राख्यो र भटाभट पुस्तक कन्सल्ट गरेर उत्तर लेख्न थाल्यो ।
हामीसँग केही थान सपना छन् र अनगिन्ती विपनाका वक्ररेखा पनि । सपनालाई विपनाकै असीमित इच्छाहरूको क्षतिपूर्ति मान्दछन् मनोवेत्ताहरू । सपना देख्नु अनि सपनाकै पछाडि दौडनु आकाश–जमिनको सम्बन्धजस्तो हो, जोडिएर पनि टाढा रहनु । आँखा खोलेर÷चिम्लेर सपनाको कुसुमेरुमाल बुन्नु र हतारमा कतै छोडिहिँड्नु धेरै मान्छेको साझा नियति हो । सपना, स्वैरकल्पना र यथार्थको त्रिभुजीय दर्पणअगाडि बसेर कहिले आफूलाई देख्नु, कहिले अरू पात्रको धुमिल छाया खोज्दै रमाउनु कस्तो होला ?