चिकित्सकका अनुसार दुई वर्षसम्म श्रीमान्–श्रीमतीसँगै बसेर कुनै अस्थायी साधन प्रयोग नगरिकन नियमित शारीरिक सम्पर्क गर्दा पनि गर्भ धारण नभएमा त्यसलाई बाँझोपन भनिन्छ ।
मेरो एकजना ३२ वर्षको साथी छ । ऊ परम्परागत सोचाइमा निकै विश्वास गर्ने खालको छ । विवाह गरेको केही समयपछि ऊ रोजगारीको सिलसिलामा विदेश गयो । विदेशमा बस्दा उसलाई स्वप्नदोष भएछ ।
क्षयरोग (टीबी) फोक्सोको मात्र हुन्छ भन्ने धारणा जनमानसमा व्याप्त छ । त्यसैले उनीहरू पिसाब तथा प्रजननको टीबी शंका भएमा जँचाउनुपर्छ भन्दा निकैले असजिलो अनुभव गर्छन् । टीबीले ९० प्रतिशत फोक्सोमा असर गर्छ । बाँकी १० प्रतिशत अन्यत्र पुग्छ । टीबीका कीटाणुका निम्ति फोक्सोपछिको सबैभन्दा उपयुक्त ठाउँ मूत्र तथा प्रजनन प्रणाली हो । फोक्सो बाहिरको टीबीको ४० प्रतिशत मूत्र तथा प्रजनन प्रणालीको हिस्सामा पर्छ ।
अचेल बेमौसमी फलफूल तथा तरकारीहरू सबैभन्दा छिटो र बढीभन्दा बढी उत्पादन गरी बजारसम्म पु¥याउने एक प्रकारको होडबाजी जस्तो चलेको छ । जसका कारण अत्यधिक मात्रामा हानिकारक कीटनाशक विषादी, रसायनिक मलखादको अत्यधिक प्रयोग, प्रयोगशालामा उत्पादित उन्नत भनिएका हाइब्रिड बीज र तिनबाट उत्पादित खाद्यान्न बजारमा छ्याप्छ्याप्ती भेटिन्छन् ।
प्रेम आफ्नो चरमसीमामा पुगेका बेला स्त्रीपुरुषका मनले एकअर्काका अंगमा कुनै फरक देख्दैनन् । त्यसैले सम्भोग चाहना तीव्र भएपछि उनीहरू एकअर्काका यौनांगलाई चुम्न तथा चुस्न थाल्छन् । कतिपय आपत्तिजनक भनिने क्रियाकलाप गर्न जोडीहरू पछि पर्दैनन् । सम्भोग क्रीडामा यस्ता क्षणहरू कहिलेकाहीँमात्र आउँछन् । अधिकांश लामो समयसम्म टाढा रहेर मिलन हुँदा सम्भोग जोडीले अंगहरूलाई चुम्नु र चुस्नु सम्भोग क्रियाको हिस्सा नै बनिसकेको छ ।
दुख्नु भनेको शरीरका कुनै पनि अंगमा भएको चोटको कारण हुने पीडादायी भोगाइ हो । अंगका जुनजुन भागमा जेजस्ता पीडा, समस्याका घाउचोट छन् तिनका समाधान वा उपचार गर्ने विधि पनि बेग्लाबेग्लै हुन्छन् । बुझेर गरिएको उपचार साधक हुन्छ भने नबुझी गरिएको उपचार बाधक पनि हुन सक्छ ।
कलेजोमा ‘हेपाटोट्रोपिक भाइरस’ का कारण हुने संक्रमणलाई भाइरल हेपाटाइटिस भनिन्छ । कलेजोलाई दुई प्रकारको भाइरसले असर गर्छ । एउटा ‘हेपाटोट्रोपिक’ र अर्को ‘नन–हेपाटोट्रोपिक’ । हेपाटोट्रोपिक भाइरसअन्तर्गत हेपाटाइटिस ‘ए, बी, सी, डी र ई’ पर्दछन् । यसले कलेजोलाई मात्र असर गरे पनि शरीरका अन्य भागमा दीर्घकालीन असर पु¥याउँदैनन् । नन–हेपाटोट्रोपिक भाइरसअन्तर्गत ‘हर्पिस सिम्लेक’ र ‘इब्स्टेनवार’ भाइरस पर्दछन् ।
शरीरमा इन्सुलिनको कमीले रगतमा ग्लुकोजको मात्रा बढी हुन पुगेर लाग्ने रोगलाई डायबिटिज÷मधुमेह अथवा चिनी रोग भनिन्छ । शारीरिक व्यायाम कम हुँदा, हलचल कम हुँदा र धेरै क्यालोरीयुक्त खाना खाँदा मधुमेह रोग लाग्ने गरेको छ ।
पुरुष र स्त्रीबीच यौन सम्बन्धमा आउन सक्ने जटिलताहरू मूलतः तीन कारणबाट आउँछन्– मानसिक, शारीरिक अनि मनोशारीरिक । प्रौढ अवस्था यस्तो उमेर हो जसमा तीनवटै कारणले यौन जटिलता आउन सक्छ । पुरुषभन्दा महिनावारी बन्द हुने बेलाका महिलाहरूको यो उमेर बढी संवेदनशील हुन्छ ।
मेरुदण्डमा चोट वा असर पुग्नुलाई प्राविधिक भाषामा स्पाइनल कर्ड इन्जुरी भनिन्छ । गतिशील शरीरको हलचल गर्ने अंगको केन्द्र नै मेरुदण्ड हो । स्नायुप्रणाली सक्रिय हुन नसक्दा कुनै नकुनै अंग निस्क्रियमात्र होइन अचेत पनि हुन पुग्दछ ।