सानै उमेरमा प्रेम गर्ने भन्दै हप्काउनुको साटो उनीहरूसँग खुलेर कुरा गर्नुस् । यसले उनीहरु तनावबाट बाहिर आउन सक्छन् । कसरी ब्रेकअप भयो भनेर सोध्नुस् र त्यसबाट बाहिर आउने उपाय बताउनुस् ।
दाँत वा गिजाको रोगको मूल कारण खाना खाइसकेपछि ब्रस नगर्नु नै हो । हामीले खाना खाइसकेपछि ब्रस गर्दा कतिपय अवस्थामा मिलाएर गर्दैनौँ । हामीले ब्रसलाई ४५ डिग्री कोणको ब्रस मिलाएर गर्नुपर्छ । अर्को कुरा राति सुत्ने बेलामा हामीले गुलियो खानु हुँदैन ।
हामीले कुनै पनि काम गर्न सबैभन्दा पहिले हात नै प्रयोग गर्छौं तर कति मानिसले आफ्नो हातको हेरचाह राम्रोसँग गर्दैनन् । मान्छेको हात बिग्रने कारणमा बढी केमिकलको प्रयोग, सूर्यको प्रकाश, पानी र साबुनको बढी प्रयोग लगायत रहेको छ ।
अनुहार सफा गर्नु सजिलो काम हो तर जसरी हामी अनुहार सफा गर्छौं, त्यो उति राम्रो तरिका भने होइन । हामीले अनुहार सफा गर्दा गर्ने गल्तीले हाम्रो अनुहारमा चमक आउँदैन । अनुहार सफा गर्ने पानी न धेरै तातो न त चिसो पानी हुन्छ । अनुहार सफा गर्दा मनतातो पानीको प्रयोग गर्दा राम्रो हुन्छ ।
कपाल सफा गर्नुभन्दा कम से कम एक घण्टा अगाडि कपाललाई तेलले मालिस गर्नुपर्छ । यसले कपालको चमक यथावत् रहन्छ र कपाल चिपचिप हुँदैन । वर्षामा धेरैबेरसम्म भिजेको कपाल राख्नु हुदैन, यसले कपालमा जुम्रा पर्न सक्छ । वर्षा महिनामा हेयर ड्रायर र स्ट्रेटनरको प्रयोग कम गर्नुपर्छ । यसको प्रयोगले कपाल रुखो बन्न पुग्छ
महिलाहरुको सौन्दर्यमा नङको भूमिकाको कुरै नगरौँ । यसबारे सबैलाई जानकारी नभएको सायदै कोही होला । कसैसँग भेट हुनेबित्तिकै मानिसको अनुहारपछि नङको ख्याल बढी गरिन्छ । त्यसैले नङलाई सधैँ सफा राख्नुपर्छ । महिलाको सौन्दर्यमा नङले महŒवपूर्ण भूमिका हुन्छ ।
टमाटरको प्रयोग राम्रो स्वास्थ्यका लागि मात्रै नभएर मानिसको अनुहारलाई निखार्न पनि प्रयोग हुने गर्छ ।
टमाटरमा मानिसको अनुहारलाई निकै फाइदा दिने तत्वहरु हुन्छन् । यसले बढ्दो उमेरको लक्षणलाई कम गर्न सघाउ पु¥याउँछ । यसले सनस्क्रिनले जसरी अनुहारको हेरचाह गर्छ, त्यसरी नै गर्ने गर्छ ।
फिट रहनका लागि स्वस्थ खाना खानु आवश्यक हुन्छ । घरको खाना स्वच्छ एवं स्वस्थकर हुने भएकाले बाहिरका खानाको तुलनामा घरको खाना नै खानु नै राम्रो हो । घरको खानामा आफूले चाहेको मात्रामा तेल राख्न सकिन्छ । होटलको खानामा क्यालोरीको मात्रा बढी हुने हुन्छ । धेरै चिल्लो खानाले रोग निम्त्याउनुका साथै मोटाउने सम्भावना बढी हुन्छ ।
आई–स्याडोका लागि हलुका रङको आई–स्याडो छान्नु उपयुक्त हुन्छ । क्रिम आई–स्याडोभन्दा पाउडर आई–स्याडो प्रयोग गर्नु राम्रो मानिन्छ । वर्षातको मौसममा मस्काराको प्रयोग त्यति उपयुक्त मानिदैन ।
लिक्विड आई–लाइनरभन्दा पेन्सिल आई–लाइनरको प्रयोग गर्ने ।
एकोहोरो दैनिकीबाट फुर्सद निकालेर केही दिन यात्रामा निस्कनु शारीरिक, मानसिक तथा बौद्धिक स्वास्थ्यका लागि फाइदाकारी हुन्छ तर धेरैका लागि यात्रा गर्न खर्च निकाल्नु गाह्रो हुन जान्छ ।
सास गन्ध आएर अरुका अगाडि राम्रोसँग कुराकानी गर्नसमेत अप्ठ्यारो स्थिति आउँदा लाजको अनुभव हुने नै भयो । साथै श्वासको गन्धले मानिसको स्वास्थ्य र खानपिनको अनुपयुक्त आनीबानीसमेत झल्काइरहेको हुन्छ ।
नचाहेर पनि कहिलेकाहिँ नकारात्मक मानिस वरिपरि घुमिरहेको हुन सक्छ । त्यस्तो व्यक्तिले सम्पूर्ण वातावरण नै दुषित बनाइदिन्छ । जीवनमा खुशी रहन र लक्ष्यमा सफलता हासिल गर्न त्यस्ता नकारात्मक व्यक्तिहरुबाट टाढा रहनु उचित हुन्छ ।
शरीरको तापक्रम नियन्त्रण गरी गर्मी भगाउने सर्वमान्य उपाय पानी पिउनु हो । गर्मीको दिनमा प्रशस्त पानी खाइरहनाले शरीरभित्र उत्पन्न हुने तापक्रम नियन्त्रण हुन्छ । पानी पिउनाले गर्मी हट्ने मात्र नभई डिहाइड्रेसनका कारण हुने विभिन्न स्वास्थ्य समस्या समेत निको हुन्छ ।
जब व्यक्तिको लक्ष्य र सपना पुरा हुँदैन, तब निराशा उत्पन्न हुन्छ । कुनै काममा चाहेजस्तो नतिजा नपाउँदा वा काममा चुनौती आइपर्दा पनि निराशा महसुस गरिन्छ । निराशा उत्पन्न गराउने विविध कारण हुन सक्छन् ।
दिसा गर्दा कन्ने गर्नुभएको छ भने तपाईंलाई फाइबरको कमी भएको हुनुपर्छ । कनेर दिसा गर्ने मानिसको पेट कहिल्यै खलास हुँदैन, जसले अनेक खालका स्वास्थ्य समस्या निम्त्याउने गर्छ ।
आयुर्वेदमा बिहानको खाजा अनिवार्य रूपमा खानुपर्छ भनिएको छ । ‘ब्रेकफास्ट’ नखाई एकैपटक खाना खाँदा यसले पाचनलगायत शरीरका प्रणालीलाई हानि गर्छ । बिहानको खाजा र साँझको खाना हलुका खालको हुनुपर्छ ।
विज्ञहरूले तनाव, प्रदूषण, खानपान, उचित पोषणको अभाव, रसायनको अत्यधिक प्रयोगका कारण कपाल झर्ने समस्या बढिरहेको औँल्याएका छन् । दिनहुँ ५० देखि सय वटासम्म कपाल झर्नु सामान्य हो ।