सानै उमेरमा प्रेम गर्ने भन्दै हप्काउनुको साटो उनीहरूसँग खुलेर कुरा गर्नुस् । यसले उनीहरु तनावबाट बाहिर आउन सक्छन् । कसरी ब्रेकअप भयो भनेर सोध्नुस् र त्यसबाट बाहिर आउने उपाय बताउनुस् ।
हाम्रा कतिपय बानी यस्ता हुन्छन्, जसले हाम्रो सुन्दरतालाई बढाउनुभन्दा घटाइरहेका हुन्छन् । साना–साना गल्तीले पनि हाम्रो सुन्दरतालाई बिगार्ने गर्छ । चिसो मौसममा तातोपानीले नुहाउन सबैलाई मनपर्छ तर तातो पानीले धेरै बेर नुहायो भने छालामा हुने फ्याट्टी एसिड, सेरामाइड्सजस्ता तत्वहरु नष्ट हुने गर्छ । जसले गर्दा छाला रुखो, सुख्खा र फुस्रो हुन्छ ।
हरेक महिलाको लामो र सिल्की कपाल होस् भन्ने चाहना हुन्छ । यसका लागि महिलाहरुले धेरै महँगा स्याम्पु, कन्डिस्नर लगायतका सामान प्रयोग गर्ने चलन छ । यति गर्दा पनि कपाल टुक्रिने वा झर्ने समस्याले दुःख दिने कुरा महिलाहरुका लागि नयाँ पक्कै होइन । लामो कपाल हुने महिलाकोे सबैभन्दा ठूलो समस्या भनेको कपालमा लट्टा पर्ने तथा जेलिइरहने हुन्छ ।
जाडो महिनामा विवाह तथा अन्य पार्टीहरूमा जानुपर्ने हुन्छ । यस्तोमा चिसोले गर्दा हुने छालाको समस्याले धेरैलाई सताउनु स्वाभाविकै हो । यस्ता समस्याबाट चिन्तित हुनुभन्दा आफ्नो अनुहार तथा छालाको स्याहार कसरी गर्ने भन्ने तल दिइएको जानकारी तपाईंका लागि लाभदायक हुन सक्छ ।
बढ्दो उमेरसँगै मानिसहरुको अनुहारमा चाउरीपन देखा पर्न थाल्छ । कहिले काही सानो उमेरमा पनि अनुहारमा चाउरीपन आउँने गर्छ । फलफुल खाएर पनि अनुहारको चाउरीपनलाई कम गर्न सकिन्छ ।
सुन्तलामा धेरै मात्रामा पोषण हुन्छ । सुन्तलामा भिटामिन सी हुन्छ, यो फलले छालालाई कसिलो र चम्किलो बनाउन मदत गर्छ ।
मेकअप यसरी गर्नुपर्छ जसले सुन्दरतालाई बढाउने काम गरोस् । मेकअप पनि यस्तो गर्नुपर्छ, जसले अनुहारको छालालाई नकारात्मक प्रभाव नगरोस् । मेकअप भद्दा किसिमको हुनु हुँदैन । मेकअप त नेचुरल हुनुपर्छ । मेकअप गर्दा आफ्नो उमेर छालाको प्रकार एवं पहिरनलाई ध्यानमा राख्नुपर्छ ।
जाडो महिनामा चिसोले छालालाई बिगार्ने गर्छ । जाडो महिनामा छाला सुख्खा हुनुका साथै अनुहारको चमक उडेर जाने गर्छ । जाडो महिनामा छालाको रङ फुङ्ग उडेर जाने र सुख्खा हुने गर्छ । यस्तो मौसममा छाला चिलाउने समस्या धेरै हुन्छ । यसले छालामा इन्फेक्सन पनि हुने गर्छ । आफूले राम्रो क्रिम प्रयोग गर्दा पनि छालामा कुनै प्रकारको परिवर्तन देखिएन भने आफ्नो छालाको टेक्स्चर थाहा पाउनु पर्छ ।
अचेल प्रायः सबैले थे्रडिङ गर्ने गर्छन् । थे्रडिङ आइब्रो र आँखाको चारैतिर गरिने सौन्दर्य विधि हो । बिहे, पाटी, उत्सव लगायतमा महिलाहरु थ्रेडिङ गर्ने गर्छन् । थे्रडिङ भनेको आँखा वरिपरिको रौँ निकाल्ने विधि हो । यसले अनुहारलाई सफा देखाउँछ ।
सौन्दर्य निखार्ने मामिलामा अहिले पुरुष पनि महिलाभन्दा कम छैनन् । आफ्नो अनुहारको सुन्दरताका लागि १/२ घण्टा खर्च गर्ने गर्छन् । महिलाको छाला नरम हुन्छ भने पुरुषको छाला अलि कडा हुन्छ । त्यसैले पुरुषले प्रयोग गर्ने क्रिम महिलाले प्रयोग गर्ने क्रिमभन्दा अलि कडा हुन्छ ।
ओठ फुट्ने धेरैजसो व्यक्तिहरू बारम्बार जिब्रोले ओठ चाट्छन् । यसो गर्दा केही सन्चो भए जस्तो लाग्छ तर थुक सुकेपछि पहिलेको ओठ अझ बढी सुख्खा हुन्छ । बारम्बार ओठ चाटिरहँदा ओठको छाला वरिपरि कालो हुन जान्छ ।
क्रमशः जाडो बढ्दो क्रममा छ । यस्तोमा दुईपांग्रे अर्थात बाइक र स्कुटी चलाउनु चुनौतीपूर्ण नै हुन्छ । चालकहरुले चिसो याममा आफ्नो गतिमा ध्यान दिनुपर्छ । यस्तो अवस्थामा तीव्र गति लिनु र सवारी लेन बेवास्ता गर्नु ठूलै जोखिम निम्त्याउनु पनि हुन्छ ।
अचेल युवा मात्र होइन, वृद्धवृद्धालाई पनि आफ्नो छालाको हेरचाह र स्याहार गर्न रुचि बढेर गएको छ । खासगरी आफूभन्दा कम उमेरका युवायुवतीले समेत छालाको स्याहार बढाउन थालेपछि उमेर घर्किसकेका हजूरआमाहरु पनि आफ्नो छालाको स्याहार गर्न तम्सिन थालेका छन् ।
अचेल मेकअपबिना महिला आफूलाई अधुरो महसुस गर्छन् । मेकअप यति चल्तीमा छ कि यो बिना महिलाले आफूलाई असहज महसुस गर्छन् । हरेक मौसमका लागि बेग्लाबेग्लै मेकअप हुने गर्छ । हर समय एकै खालको मेकअप गर्न मिल्दैन ।
अहिले बजारमा विभिन्न किसिमका हेयर स्टाइलहरु चल्तीमा छन् । धेरै जो युवायुवतीले हेयर स्टाइलमा विभिन्न किसिमका प्रयोग गर्ने गर्छन् । आफ्नो रुप, रङ, बनोट, स्वभावका अनुसार नै हेयर स्टाइल बनाएको राम्रो हुन्छ ।
दिउँसो हतार हतार कतै जानुपर्ने अवस्थामा हल्का मेकअप गर्नुपर्छ । यसको लागि आँखा र अनुहारमा गर्ने मेकअपको जानकारी हुनुपर्छ । दिनमा मेकअप गर्दा खेरि फाउन्डेसन र कन्सिलरको तालमेल मिल्नु पर्छ । बिहानको समय आँखामा आइलाइनर र मस्कराको प्रयोग नगरेको राम्रो हुन्छ ।
नङले हात र खुट्टाको सुन्दरता बढाउनुका साथै सुरक्षा पनि दिने गर्छ । हात र खुट्टा जतिसुकै सुन्दर भए पनि नङ राम्रो छैन भने यसले व्यक्तित्वमा नकारात्मक असर पार्ने गर्छ । सौन्दर्यको हिसाबले खुट्टाभन्दा पनि हात अझै महत्वपूर्ण हुन्छ किनभने शरीरका सम्पूर्ण अंगमध्ये सबैभन्दा बढी प्रयोग हुने हात नै हो ।
कपालमा कलर गर्दा गुणस्तरीय हेयर कलर प्रयोग गर्नुपर्छ । कपालमा कलरअघि कपालको संवेदनशीलता जाँच्नुपर्छ । यसलाई ‘प्याच टेस्ट’ भनिन्छ । पहिले पनि कलर गरिसकिएको छ भने त्यो जरुरी छैन तर नयाँ प्रोडक्ट प्रयोग गर्दा एकपटक प्याच टेस्ट गरेर मात्र कलर गर्नु राम्रो हुन्छ ।
ल्याटिनी शब्दबाट बनेको मेनिक्योरको खास अर्थ हात र औँलाको हेरविचार गर्ने तरिका हो । मेनिक्योरले हातलाई नरम बनाउँछ । आफ्नो हात राम्रो र कोमल बनाउने हरेकको चाहना हुन्छ, त्यसका लागि मेनिक्योर राम्रो उपाय हो ।
कपाललाई आकर्षक र बलियो बनाउने लोभमा धेरै महिलाले विभिन्न केमिकलको प्रयोग गर्ने गर्छन् । विभिन्न व्यक्तिको सल्लाह तथा परीक्षणका लागि भनेर सौन्दर्य प्रशाधन प्रयोग गर्दा यसले कपाललाई नकारात्मक असर गर्छ । कपाललाई बलियो र आकर्षक बनाउनका लागि घरेलु उपाय अपनाउन सकिन्छ ।
दसैँ नेपालीहरुको सबैभन्दा ठूलो चाडपर्वमध्ये एउटा हो । अन्य चाडपर्वभन्दा दसैँमा लामो समयसम्म बिदा हुन्छ । त्यसैले यस पर्वमा धेरैले आफन्तसँग भेटघाटलाई बढी महत्व दिन्छन् । दसैँमा आफन्तहरुको घरमा टीका, जमरा, आशीर्वाद लिन र भेटघाटका लागि गइन्छ ।
अचेल छालालाई सुन्दर तथा आर्कषक बनाउन विभिन्न किसिमका सौन्दर्य प्रशोधन प्रयोग गर्ने गरेको देखिन्छ । यसमा विभिन्न रसायन मिसाइएका हुुन्छन् । यसले स्वास्थ्यमा नराम्रो असर गर्ने गर्छ ।