पूर्वी पहाडी जिल्लामा लुकेर रहेका नयाँ प्रतिभाहरुको खोजी गरी अवसर सिर्जना गर्ने लक्ष्यसहित सञ्चालित राइजिङ स्टार–२ को अन्तिम छनोटको तयारी भएको छ । गायन र नृत्यका प्रतिभा खोजी अवसर दिने योजनासहित सात महिना अघिबाट सुरु भएको स्टारको ग्रान्ड फिनालेको तयारी भएको छ ।
पूर्व क्षेत्रमा पनि मोटो स्पोटर्स खेलाडी उत्पादन र खेलको प्रवद्र्धन गर्ने उद्देश्यले धरानमा आयोजित मोटो जिमखाना र्याम्पेज सिजन २ मा दिपेश चौधरी र वर्षा बस्नेत च्याम्पियन बनेका छन् । च्याम्पियन दिपेश र वर्षाले जनही नगद १० हजार, ट्रफी र मेडल हात पारे ।
किशोरी छात्राहरुमा आत्मविश्वास एवं व्यक्तित्व विकास गराउने उद्देश्यले आयोजित मिस प्लस २ को उपाधि काठमाण्डौंकी सिमरन तुलाधरले जितेकी छन् । उत्कृष्ट ५ मा परेकी उनले मुख्य निर्णायक एवं पुर्व मिस नेपाल उषा खड्गीले सोधेको प्रश्नमा उत्कृष्ट जवाफ दिदै उनले पहिलो सँस्करणमा उपाधि विजेता बनिन् ।
बेलायतको लन्डनमा प्रत्येक साताको आइतबार पार्क रन हुन्छ । लण्डनबासीहरु आफू निरोगी तथा स्वस्थ रहन आइतबार सामूहिकरुपमा पार्क रन कार्यक्रममा दौडने गर्छन् । पार्क रनमा निरन्तर दौडनेमा धरानका युवा सन्तोष राई पनि पर्छन् ।
लिम्बु जातिमा रहेको हाक्पारे, पालम, ख्यालीजस्ता परम्परागत भाकाहरुमा रहेर फक्तालुङ आइडल छनोट हुने भएको छ । परम्परागत लिम्बु गीतसंगीतको प्रवद्र्धन तथा नयाँ पुस्तालाई हस्तान्तरण गर्न भन्दै प्रतिभा छनोटको यो कार्यक्रम अघि सारिएको हो ।
भदौ १० गते शनिबार एउटै कलरको हरियो टिसर्ट र पेन्टमा मोडलझैँ सुन्दरीहरु इटहरीको बाढीपीडित क्षेत्रमा देखापरे । साउन अन्तिम साताको भिषण बाढीपहिरोको चपेटामा परेको इटहरीमा त्यसयता राहत लिएर पुग्ने व्यक्ति, संघसंस्थाहरुको लर्को थियो ।
विद्यार्थीमा लुकेर रहेको नृत्य प्रतिभा उजागर गर्ने उद्देश्यले धरान डान्सिङ आइडल (डिडिआई) कार्यक्रम हुने भएको छ । आयोजक हाम्रो डान्स सेन्टरका अनुसार धरानका विद्यालयहरुमा प्रिअडिसन सुरु भइसकेको छ ।
नयाँ वर्ष २०७४ सुरु भएलगत्तै धरानमा गत वैशाखताका मिस्टर एन्ड मिस धरान सम्पन्न भयो । त्यसपछि किशोरकिशोरी एवं युवा पुस्तामा आत्मविश्वास तथा व्यक्तित्व विकास गर्ने उद्देश्य राखिएका यस्ता इभेन्टको लहर नै सुरु भएको छ ।
एक समय थियो, धरानमा हप्तैपिच्छे जसो डान्स पार्टी आयोजना हुन्थ्यो । डान्स पार्टीको लहर यस्तो थियो कि जुनसुकै अवसरमा पनि धरानमा डान्स पार्टी भइहाल्थ्यो । न्यु इयर इभ, न्यु इयर, क्रिसमस पार्टी, फ्रेण्डसिप डे, होली, भ्यालेन्टाइन डे, दशैंतिहार पार्टी, हलोइन नाइट, पिस पार्टी, मनसुन पार्टी, ब्लु एन्ड ह्वाइट, अकेजन पार्टी आदि इत्यादि ।
कुनै पनि खेलाडीको सपना आफ्नो देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएर मेडल जित्ने र राष्ट्रिय झण्डा फहराउने हुन्छ । सबै खेलाडीको यस्तो सपना पूरा हुँदैन । छानिएका थोरै खेलाडीले मात्र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने मौका पाउँछन् ।
सन् २०११ की मिस नेपाल मलिना जोशीको गृहनगर हो धरान । उनलाई नृत्य, गीत, संगीत र मोडलिङमा रुचि छ । करियर बनाउने क्रममा अधिकांश राजधानीतिर रहने उनी धरान आउँदा भने फुरुंग हुन्छिन् ।
चर्चित बलिउड अभिनेत्री मनिषा कोइराला आइतबार(साउन १५) मा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आइन् । कुनै समय ग्लामर दुनियामा चर्चाको शिखरमा पुगेकी मनिषा अर्को ग्यामर नगरी धरानमा आउदा चर्चा नहुने कुरै भएन ।
रिटायर्ड लाहुरेको कथामा आधारित फिल्म ‘शेरबहादुर’ निर्माण गर्न लागेका गौरीशंकर धुँजु र निर्देशक आर. राजवंशी पोखरा अथवा धरानमध्ये एउटा सहरमा सुटिङ गर्न चाहन्थे । ती दुवै सहरमा लाहुरेको घना बसोबास छ । लोकेसन हेर्न उनीहरु दुवै सहरमा पुगे । छनोटमा प¥यो, पूर्वको सुन्दर नगरी धरान ।
शारीरिक सुगठनका लागि उर्वर भूमि हो धरान । ज्यानलाई फिट गराउन यहाँका युवायुवती अत्यधिक संख्यामा जिम हल धाउँछन् । त्यसैले जिम हल वा फिटनेस सेन्टर बग्रेल्ती खुलेका छन् तर जति युवायुवती जिम हल वा फिटनेस सेन्टरमा पुग्छन्, त्यस अनुपातमा शारीरिक सुगठन खेलमा अथवा प्रतियोगिताको स्पर्धामा भिड्न भने उनीहरु धकाउँछन् ।
‘सुनदेखि नुनसम्म’को नारा दिएर स्वदेश तथा विदेशमा पनि व्यापारलाई बिस्तार गर्न सफल बराह ज्वेलरी इन्डस्ट्रिज प्रालिले मनोरञ्जनको क्षेत्रमा नयाँ आयाम थपेको छ । व्यापार तथा सेवा विस्तार गर्ने क्रममा बराहले धरान १२ स्थित कम्प्लेक्समा १६ डि थिएटर, मसाज चेयर र बराह फेमिली किचन पनि सञ्चालनमा ल्याएको छ ।
लुकेका प्रतिभाहरुको खोजी गरी व्यक्तित्व विकाससँगै समाजलाई परिवर्तनको धारमा ल्याउने उद्देश्यले गायन, नृत्य र मोडलिङ गरी ३ विधाको पुर्वाञ्चलव्यापी डल्फिन स्टार २०७४ आयोजना हुने भएको छ ।
खुला शिक्षातर्फ अध्यापन गराउँदै आएको डल्फिन पुर्वाञ्चल धरान प्रालिले बिग इभेन्ट नेपाल प्रालिसँगको सहकार्यमा तेस्रो संस्करणको तयारी गरेको जानकारी दिएको छ ।
परिवारले राजनीति छोडेर घरव्यावहारमा सीमित हुन दबाब दिइरहेका थिए तर लाहुरमा बिताएको समय बाहेकको जीवनलाई समाजसेवामा समर्पित गरेका ६९ वर्षीय रुद्रबहादुर लिम्बूको मन कहाँ थामिन्थ्यो र ? परिवारको दबाबलाई पन्छाउँदै उनले धरान उपमहानगरको वडा ८ मा अध्यक्ष पदमा उठ्ने चाहना राखे ।
झापाकी विनिता ओली पहिलादेखि नै मोडलिङमा सक्रिय हुन् तर अहिले उनको चर्चा चुलिंदो छ । कारण उनी चलचित्रको पर्दामा नायिका बनेर उदाउँदै छिन् । असार २३ मा रिजिल हुने चलचित्र ‘मन्दिरा’को मुख्य भूमिकामा रहेकी विनितालाई धेरैले मन्दिरा कि विनिता भनेर पनि जिस्क्याउँछन् ।
युवामाझ चर्चित गायिका तृष्णा गुरुङ यस पटक धरानमा गाउन आइपुगिन् । धरान इन्टरनेसनल कलेज अफ होटल म्यानेजमेन्टले आयोजना गरेको मेगा फुड फेस्टिभलको अवसरमा धरान आइपुगेकी तृष्णाले ‘खानी ओ यामू ए कान्छा’ गाउँदा सँगै गाएर साथ दिएका दर्शकश्रोताले वान्स मोर भन्दै फेरि गाउन आग्रह गरे ।
पूर्वी तराईमा दिनभर खपी नसक्नु गर्मी हुन्छ । दिउँसो सडकमा हिँडिसक्नु हुँदैन तर तराईको यही कठीन गर्मी नेपालको पूर्वी पहाडका लागि चाहिँ अवसर बनेको छ । गर्मीसँगै पूर्वी पहाडका जिल्लाहरुमा आन्तरिक पर्यटक बाक्लिन थालेपछि स्थानीय पर्यटकीय गन्तव्यहरु चम्किन थालेका छन् । नयाँ–नयाँ पर्यटकीय स्थलहरु विकास हुने क्रममा छन् ।