कुनैबेला धरान १९ की कल्पना लिम्बु ट्राभल एजेन्सीमा मासिक दस हजारको जागिर खान्थिन् । जागिरमा व्यस्त हुँदा घरमा आएका पाहुनालाई समय दिन गाह्रो हुन थाल्यो । त्यसपछि जागिर छाडेर उनी घरको हेरचाहमा लागिन् । घर सजाउन ‘इन्डोर प्लान्ट’हरु किनिन् । घर सजाउँदासजाउँदै धेरै फूल र विरुवाहरु जम्मा भए ।
नेपाली चलचित्र क्षेत्रमा पूर्वका धेरै कलाकार, निर्माता र निर्देशक राजधानीमा केन्द्रित भएर मूलधारका चलचित्रमा व्यस्त छन् तर पूर्वमै बसेर चलचित्रकर्म गरिरहेकाहरु भने स्थानीय कथाव्यथा, जीवनशैली र स्थानीय कलाकार समेटेर धमाधम चलचित्र निर्माण गरिरहेका छन् ।
धरानलाई धेरैले फजुल खर्च गर्ने, रमरौसमा समय बिताउनेहरुको शहरका रुपमा लिन्छन् तर यही धरानमा समाजका लागि लाखौं/करोडौं दान गर्नेहरु पनि छन्, जसको कमै चर्चा हुने गर्छ । धरानको मुख्य बजार महेन्द्रपथमा २ कठ्ठा ३ धुर जग्गामा दुई वर्षअघि चार तले धर्मशाला निर्माण भयो ।
हरेक वर्ष मिस पूर्वाञ्चलका विजेताहरुको फोटो सुट गरी क्यालेन्डर निकाल्दै आएको सिल्भर इन्टरटेन्मेन्टले यस वर्ष चेसुङ क्यालेन्डर सार्वजनिक गरेको छ ।मिस पूर्वाञ्चल २०१६ कृतिका गिरि, मिस पूर्वाञ्चल २०१६ फस्ट रनर अप इक्सा मादेन र मिस फोटोजेनिक २०१६ अस्मिता खड्गीले क्यालेन्डरका लागि फोटो सुट गरेका छन् ।
एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएका बेला पूर्व पश्चिम रेल कुदाउने योजना सुनाएका थिए । ओलीको रेल योजनाको चर्चा हराउँदै गएका बेला धरानमा भने रेल कुदाउँने सपना सुरु भएको छ ।
तेक्वान्दोका राष्ट्रिय खेलाडी झापाका नविन कार्की चलचित्रको पर्दामा देखिने भएका छन् ।
उनले नायकका रूपमा अभिनय गरेको चलचित्र तारेभीर आगामी असार २बाट प्रदर्शनमा आउने भएको छ ।
मोडलिङमा करिअर बनाउन धरानबाट राजधानी पसेकी निशा पोमु लिम्बू अहिले मोडलिङसँगै अभिनयमा व्यस्त बन्न थालेकी छिन् । धरानबाट म्युजिक भिडियो र र्याम्प मोडलिङ सुरु गरेकी निशाले अभिनय गरेको राजेश पायल राई र ममता राईको नयाँ गीत ‘फूलै राखी हातैमा’ मा मोडल तथा गायक रुक्मान लिम्बुसँग अभिनय गरेकी छिन् ।
पूर्वका कलाकार/निर्देशक प्रेम सुब्बा औपचारिक समारोहमा प्रायः ढाकाको कोट लगाएर पुग्ने गर्छन् । तेह्रथुमे ढाका उनको प्रिय पहिरन हो । उनी सुनाउँछन् ‘तानमा हातले बुनेको ढाकाको पहिरन लगाउँदा बेग्लै सन्तुष्टि मिल्छ । हाम्रो संस्कृति र मौलिकता झल्किएको अनुभव हुन्छ ।’
खोटाङ्की ममता राई पछिल्लो समय सांगीतिक क्षेत्रमा संघर्ष गरिरहेकी छिन् ।
केही वर्षअघि आफ्नै नाममा ‘ममता’ एल्बम बजारमा ल्याएकी उनले पूर्वका धेरै ठाउँमा पुगेर सांगीतिक प्रस्तुति दिएकी छिन् ।
लिम्बु जातीको संस्कार, संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले पूर्वको दमकमा पहिलोपटक लिम्बु चलचित्र महोत्सव आयोजना गरिएको छ । लिम्बु चलचित्रकर्मीहरुको संस्था मुन्चईत चोक सयमले आयोजना गरेको महोत्सवमा लिम्बु संस्कार संस्कृति झल्किने १८ वटा चलचित्र प्रदर्शनसँगै विभिन्न सांस्कृतिक कार्यक्रम हुने छ ।
स्थानीय निर्वाचनका लागि दलहरू आ–आफ्ना उम्मेदवारलाई भोट माग्न व्यस्त थिए । कोही रूखमा, कोही सूर्यमा, कोही हँसिया–हथौडा र कोही केमा भोट माग्दै हिँडिरहेका बेला धरानकी तुलसा गुरुङ ‘भोट केमा, असल व्यक्तिमा’ लेखिएको प्लेकार्ड बोकेर सडकमा निस्किइन् ।
तेह्रथुम, सोल्माका धनसन तेयुङ लिम्बू मोडलिङमा रुचि राख्छन् । म्यानहन्ट इन्टरनेसनल नेपाल २०१६ मा फ्रेन्डसिप टाइटल जितेका उनी त्यसपछि मोडलिङ क्षेत्रमा आकर्षित भएका हुन् । विज्ञापनमा मोडलिङ गरेका उनी ‘कल्चरल फेसन सो’हरूमा स्टेजमा पनि देखिइसकेका छन् ।
कार्यक्रम उद्घोषणमा व्यस्त रहने याङ्जोम शेर्पा अहिले ताप्लेजुङको घुन्सामा स्वास्थ्यचौकी भवन निर्माण गर्ने अभियानमा छिन् । तिब्बतसँग सीमा जोडिएको घुन्सामा सामान्य उपचार गर्न पनि स्वास्थ्यचौकी नहुँदा धेरै जना सुत्केरीको मृत्यु भइसक्यो, त्यसमध्ये एक जना उनै याङ्जोमकी आमा चुङ्गी शेर्पा पनि थिइन् ।
पहिलो चरणको स्थानीय निर्वाचन हुने प्रदेशहरूमा यतिबेला चुनावी रौनक छ । दोस्रो चरण अर्थात् जेठ ३१ गते निर्वाचन हुने प्रदेशमा चुनावी रौनक पनि सुस्त छ । चुनावी माहोल सुस्ताएको बेला एक नम्बर प्रदेशमा भने धरानको हिमायती सांस्कृतिक समूहले ‘असल नेता छान्न’ आह्वान गर्दै सांगीतिक अभियान चलाइरहेको छ ।
सडक र बारीका कान्लामा ढकमक्क गुलाब फुलेका । पुराना शैलीका घरहरूका वरिपरि पनि रंगीचंगी फूलहरू । वरिष्ठ गायक दीप श्रेष्ठलाई यिनै ढकमक्क फुलेका गुलाबले आकर्षित गरे ।
पूर्वका रंगकर्मीहरूले नाटक प्रदर्शन गरेर ५५ औँ विश्व रंगमञ्च दिवस मनाए । प्रवीण राईको निर्देशनमा लागुऔषध समस्या विषयक नाटक ‘अँध्यारो सुरुङभित्र २’ प्रदर्शन भयो ।
अंग्रेजी साहित्यका विद्यार्थी युवराज मास्की रानामगर फिल्म भनेपछि हुरुक्कै हुन्थे । विदेशी र नेपाली फिल्ममा उत्तिकै मोह राख्ने युवराजले थुप्रै फिल्म हेरे ।