बेलायती राजकुमार ह्यारी र हलिउडकी अभिनेतृ मेगन मर्केलको विवाहको तापमा पुरै बेलायत रंगिएको छ । तपाईं बेकरीको पारखी हुनुहुन्छ भने यस उल्लासको समयमा के गर्नुहुन्थ्यो ? लारा मासोन नामकी एक महिलाले २ सय ५० घण्टा अर्थात् करिब साढे दस दिन लगाएर केक बनाएकी छन् र त्यो हेर्दा ठ्याक्कै हुनेवाला बेहुला र बेहुली नै लाग्छ ।
भन्न त धेरैले नाममा के छ भन्छन् तर भारतको केरला राज्यका एक युवकले श्रीमतीको नामका कारण हैरानी बेहोर्नु मात्र परेको छैन, पुलिसलाई नै गुहार्नु परेको छ ।
सुगाजस्तो देखिनका लागि आफ्नो आँखा र अनुहारमा ट्याटु बनाएका एक बेलायतीले त्यसभन्दा एक कदम अघि बढ्दै आफ्नो दुवै कान काटेका छन् र नामसमेत परिवर्तन गरेका छन् । ५८ वर्षीय बेलायती टेड रिचर्ड्सले पाल्दै आएका सुगाप्रति आशक्त रहेका छन् ।
चीनमा एउटा बैंकले मानवरहित शाखा सञ्चालनमा ल्याएको छ । चाइना कन्स्ट्रक्सन बैंक (सिसिबी) ले सांघाईमा नयाँ शाखा खोल्दै त्यसलाई पूर्ण रुपले रोबोटबाट सञ्चालन हो । रोबोट ग्राहकलाई स्वागत गर्छ र खाताको व्यवस्थापन गर्छ ।
संसारमा उस्तै अनुहार भएका मानिस अर्को पनि हुन्छ भनिन्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जस्तै अनुहार भएको मानिस भेटिएको छ । ठ्याक्कै ट्रम्प जस्तो देखिने व्यक्ति पुरुष नभएर एक महिला हुन् । उनी स्पेनको एक गाउँमा बस्छिन् ।
बेला–बेला बच्चाको अनौठो नाम राख्दा कानुनी कठघराको सामना गर्नुपर्ने कुराको पछिल्लो उदाहरणका रुपमा फ्रान्सको एक जोडीको खबर आएको छ ।
मेक्सीकोका एकल महिलाले पुरुषसँग नभई रुखसँग विवाह गरेका छन् । उनीहरुले पतिका रुपमा रहेका रुख उनीहरुसँग बोल्न नसके पनि आफ्नो पति भएको स्वीकारेका छन् ।
उनीहरुलाई स्कुलमा कलम दिँदा राम्ररी समाउन पनि सक्दैनन् । उनीहरुको हातले गर्ने अन्य क्रियाकलाप पनि कमजोर हुँदै गइरहेका छन् ।’
बेलायतको विटस्टेबलस्थित केन्टका बाबुछोराले आफ्नो बगैंचामा अकस्मात सार्क माछो खस्दा अचम्ममा परेका छन् । छोरा जेम्स र बाबु कोलीन हिलले घरमा बिहानी खाजा खाइरहेको समयमा आकाशबाट ठूलो आवाजसहित सार्क माछो खसेको थियो ।
वैवाहिक समारोहमा वेडिङ फोटोग्राफरबाट तपाईं कस्तो फोटोको अपेक्षा गर्नुहुन्छ ? पक्कै पनि समारोह झल्काउने, मानिसका हाउभाउ र विवाहित जोडीका रमाइला पलहरु । तर यहाँ समाचार आएको छ बदमास फोटोग्राफरको जसले झन्डै सय ओटा भड्किला तस्बिर खिचेकै कारण कानुनी उल्झनमा फस्नु परेको छ ।
उनीहरुले यौन सम्पर्क गर्दा आफूहरुलाई न्यानो पार्न कारको इन्जिन खुला राखेका थिए । न्यानो पार्न कारको इन्जिन खुला राखेकै कारण बन्द कारमा अक्सिजनको कमी हुँदा उनीहरु मरेको हुन सक्ने अधिकारीहरुको आशंका छ ।
राक्षसी आँखा भगाउन मैले सन्नीको ठूलो फ्लेक्स लगाएको हुँ । आजभोलि यसले कमाल गरेको छ । सबैजना सन्नीलाई मात्र हेर्छन् । मेरो बालीमा आँखा लगाउँदैनन् ।
भ्यालेन्टाइनको पूर्वसन्ध्यामा अब तपाईंले पूर्व इराकी राष्ट्रपति सद्दाम हुसेनले लेखेको रोमान्टिक उपन्यास अमेजनमा किन्न सक्नुहुनेछ । क्रुर इराकी शासक नेता हुसेनले सन् २००० मा प्रकाशित गरेको रोमान्टिक उपन्यासले अहिले बजार तताइरहेको छ । प्रेमकथामा लेखिएको उपन्यास जम्मा १६० पृष्ठको छ ।
बेलायती राजकुमारी केट मिडलटनले क्यान्सरपीडित बालबालिकालाई बनाइने विग (नक्कली कपाल) निर्माणार्थ आफ्नो कपाल दान गरेकी छन् । केटले किंग्सटन दरबारमा कपाल काट्ने क्रममा आफ्नो कपाल क्यान्सरपीडित बालबालिकाका लागि काम लाग्नेबारे सोच आएको थियो ।
अमेरिकाको टेक्सस राज्यको एक अखबारमा कुखुराको समवेदना प्रकाशित भएसँगै तरंग ल्याइदिएको छ । गत बिहीबार टेक्ससस्थित बरयानको स्थानीय ‘द इगल’ पत्रिकाले रोडे आइल्यान्डको छ वर्षे पोथी कुखुराको समवेदना छापेको थियो ।
मरेको चार वर्षपछि एक कुकुर सामाजिक सञ्जालमा रातारात स्टार भएको छ । सन् २०१३ मा मरेको ज्याक रसेल नामको कुकुर सामाजिक सञ्जालमा हिरो भएको हो । विज्ञ टेक्सीडर्मीस्टहरुले मिच बाइअर्स नामका २६ वर्षे धनी उक्त कुकुरलाई मरेपछि जीवितजस्तै बनाएर जीवन्त कलाका रुपमा प्रस्तुत गरिँदिदा ज्याक हिरो भएको हो ।
सात महिनासम्म समुद्रमा अलपत्र एक नाउ र उनको बिरालोको उद्धार गरिएको छ । आन्ध्र महासागर हुँदै सामुद्रिक यात्रामा निस्किएका ५४ वर्षे जिबिगन्यु रकेट डुंगा भाँचिएपछि बिरालो समिरसँगै समुद्रमा फसेका थिए । फ्रेन्च तटीय गार्डहरुले लामो समयपछि उनको उद्धार गरेपछि यस कुरा बाहिर आएको हो ।
अन्तरिक्षमा पुग्ने पहिलो परिकार कबाब भएको छ । पास्कल लेउटहोल्ड नामका एक व्यापारीले वेदर बेलुनको सहायतामा केही दिन पहिले १२४,००० फिटमाथि कबाब पठाएका हुन् । स्वीट्जरल्यान्डको जुरिचका मानिसहरुले रोमाञ्चकारी यात्रामा रहेको कबाबलाई अन्तरिक्षमा यात्रा गरेको दुई घन्टापछि भुईंमा खसेको देखेका थिए ।
चिसोको मध्यदिनमा आधा नग्न भएर हिँडडुल गरेकी एक महिलाले हंगामा मच्चाएकी छन् । उनको यस्तो हर्कतकै कारण प्रहरीले उनलाई रोकटोक गर्नु समेत परेको छ । एबी क्रफोर्ड नामकी २५ वर्षे महिलाले हिँउदे मौसममा निकै छोटो हट प्यान्ट लगाएर हंगामा मच्चाएसँगै भाइरल भएकी हुन् । छोटा पहिरनमा खुलमखुला हिँडेकी एबीका हट फोटोहरु एक मानिसले खिचिदिएपछि उनको समाचार बाहिरिएको हो ।
विश्वकै सबैभन्दा ठूलो लिंग भएका मानिसलाई अपांगका रुपमा दर्ता गरिएको छ । ठूलो लिंगकै कारण उनी आफ्नो लुगा लगाउन सक्दैनन र झुकेर बस्न पनि सक्दैनन् । रोबर्टो स्क्वीभल काब्रेराको लिंगको नाप नै १८ इन्च छ । उनको लिंगले उनको घुँडा छुन्छ । मेक्सीकोको साल्टिलोका ५५ वर्षे रोबर्टोले आफ्नो लिंगको आकार ठूलो हुँदा एक समय पोर्न फिल्ममा जान पनि चाहेका थिए । ठूलो लिंग हुँदा उनलाई फाइदा पनि भएको छ ।