तीन महिना अघि २१ वर्षीया मेर्ली ह्वाइटसेल फ्लोरिडाको विन्टर पार्कमा सरेकी थिइन् । विन्टर पार्क पुगेको एक हप्तामै उनको नजर छिमेकीको पत्र मञ्जुषाले तान्यो । छिमेकीको पत्र मञ्जुषाको आकार समुद्री प्राणी मेनेटीजस्तो देखिन्थ्यो । अर्कोदिन पानी पर्यो । पानी परेको बखत पत्र मञ्जुषालाई नजिकबाट नियाल्दा त्यसमा रेनकोट ओइढाएको पाइन् ।
एक किशोरले १८० डिग्रीमा टाउको घुमाउन सक्छन् भन्दा तपाईंलाई पत्याउनै मुश्किल पर्ला । तर यो कुरा भने साँचो हो । पाकिस्तानको कराचीका मोहम्मद समीरले आफ्नो हातको सहारामा टाउकोलाई परक्कै पछाडि फर्काउन सक्छन् र अगाडि फर्किएरै पछाडिको दृश्य देख्न सक्छन् । आफ्नो यस्तो अद्भूत कौशलकै कारण उनी छिट्टै हलिउड फिल्ममा छाउने डेली मेल युकेले लेखेको छ ।
युवापुस्तामाझ लोकप्रिय अमेरिकी गायक जस्टिन बिबरको सेक्स डल बनाइएको छ । सुन्दर रूपमा धनी जस्टिनको प्रतिभा बनाएर सेक्स डलका रूपमा क्रिसमसका लागि बिक्रीमा राखिने भएको हो । जस्टिन बिबरजस्तै देखिने हट्टाकट्टा पुरुषको सेक्स डल बजारमा आएसँगै त्यसको माग निकै भएको छ र धमाधम बिक्री पनि हुन थालेको छ । अझ रोचक त के छ भने उक्त सेक्स डलको लिंगको आकार पनि ग्राहकहरूले आफू खुसी छान्न पाउनेछन् ।
चीनको दक्षिणी भूभागको गुआङसी जुआङस्थित युलिन सहरमा खुलेको गशियन जुले विशेष कार्यक्रम आयोजना गर्दै पर्यटकहरूलाई निमन्त्रणा गरेको थियो । तर त्यहाँ पुग्दा प्रचार गरेकोझैं नभई चिडियाघर देख्दा पर्यटकहरू दिक्दार भएका छन् । दक्षिणी गोलाद्र्धको पेन्गुइन हेर्न पुगेका पर्यटकहरूले फुलाउन मिल्ने बेलुनको पेन्गुइन देख्दा निराश भएका हुन् । पेन्गुइन मात्र नभई त्यहाँ रहेका सबैजसो चरा प्लास्टिक बेलुनका थिए । जम्मा १५ युआनमा आर्कटिक पेन्गुइन हेर्न पाइने भन्दै थुप्रो मात्रामा स्थानीय चिडियाघर पुगेका थिए ।
फ्रान्समा नग्नहरुको रेस्टुराँ खुलेसँगै त्यसको चर्चापरिचर्चा हुन थालेको छ । फ्रान्सको राजधानीमा खुलेको नग्न रेस्टुराँमा बफे डिनरमा सहभागी हुन चाहने जाकोही जान सक्छ । नग्नहरुको यो रेस्टुराँ युरोपमा पहिलो भने हैन । गत वर्ष लण्डनमा समेत यस्तै रेस्टुराँ सञ्चालमा ल्याइँदा सकारात्मक एवं नकारात्मक दुवैथरिका प्रतिक्रिया आएको थियो ।
युटुब प्रयांक गर्दा गल्ति भएर एक युवकको झन्डैले ज्यान बचेको छ । युटुबमा प्रयांक गर्न एक युवाले माइक्रोवेभमा टाउको राखेका थिए । तर गल्ति भएर उनको टाउको माइक्रोवेभमै अड्कियो । समस्यामा परेका उनलाई उद्धार गर्न अग्नि नियन्त्रक र डाक्टरहरु समेत आएका थिए । अनौठा क्रियाकलाप गरेर दर्शक रिझाउन उनले माइक्रोवेभमा टाउको घुसाएका थिए । अझ उनले माइक्रोवेभमा सिमेन्ट राखेर टाउको प्लास्टर गर्न पुगेका थिए । अनौठो स्टन्टबाजी गर्दा उनको झन्डैले ज्यान गएको थियो ।
बेलायतको ब्रिटोलकी एक महिलाले आफूले भूतसँग सम्भोग गरेको बताएकी छन् । अध्यात्मिक निर्देशन सल्लाहकार समेत रहेकी २७ वर्षे एमेथिस्ट रिआल्मले बीस भूतसँग सम्भोग गरेको बताउँछिन् । रोचक त के छ भने सबै भूत पुरुष रहेको उनको ठहर छ । केही दिनअघि बेलायतको टेलिभिजन शो ‘आइटिभी दिस मर्निङ’ मा भूतसँग सम्भोग गर्दाको आफ्नो अनुभव सार्वजनिक गरेकी थिइन् । १२ वर्षअघि भएको घटना सुनाउँदै उनले आफू गाउँको एक घरमा पुग्दा अनौठा क्रियाकलापको सामना गर्नु परेको बताइन् ।
रुखको चेपमा टाउको अड्किएको एक गाईलाई अग्नि नियन्त्रकहरुले उद्धार गरेका छन् । समरसेटको चार भिन्दै ठाउँका उद्धारकर्मी डाकेर गाईको उद्धार गरिएको थियो । बर्नहाम–अन–सी, छेदार र ब्रिजवाटरका अग्नि नियन्त्रक र एक्समाउथका उद्धारकर्मीहरुको सहयोगमा रुखको चेपमा टाउको अड्क्याउन पुगेको गाईको उद्धार गरेका थिए । तीस वर्षपछि यस्तो घटना घटेको उनीहरु बताउँछन् ।
एक ३५ वर्षे मानिसको अनौठा चिजबिज खाने बानी थियो । शल्यक्रियामार्फत ती मानिसको पेटबाट सर्जनहरुले २६३ सिक्का, १०० काँटी र दर्जनौं ब्लेडका पत्ता निकालिदिएका छन् । मक्सुद खान नामका ती मानिस आफ्नो पेट असह्य दुखेको भन्दै मध्यप्रदेशको सट्नास्थित सञ्जय गान्धी अस्पताल पुगेको छ । पेटको शल्यक्रियामा संलग्न डाक्टरहरुको नेतृत्व लिएका प्रियंका शर्मा भन्छन्, ‘बिरामीले पेट दुख्यो भन्दै आएका थिए ।
चिललाई तस्करहरुको ड्रोन पक्रन हल्यान्ड प्रहरीले प्रयोग गर्दै आइरहेको छ । अबको केही महिनामै बेलायती प्रहरी अधिकारीहरुले पनि तस्करी एवं आपराधिक क्रियाकलाप गर्न प्रयोग जथाभावी रुपमा उडाइने ड्रोनलाई प्रयोग गर्न पाउनेछन् । हल्यान्डमा ड्रोनलाई कैदीहरु सामु लागू औषध, हातहतियार र मोबाइल ओसार पसार गर्न प्रयोग गरिँदै आइएको पाइएको थियो ।
एक विख्यात नाईले धारिला ब्लेडले ४० वर्षदेखि ग्राहकहरुका आँखामा चुरा चलाउँदै आइरहेका छन् । जिओङ गाओवु नामका ६२ वर्षे नाईले अरु सामान्य नाईलेझैं कपाल नकाटी आँखा समेत ताछ्दै आइरहेका छन् । गाओवुका अनुसार उनी मानिसहरु आँखा सफा गर्न चक्कु प्रयोग गर्न विज्ञ बनेको बताउँछन् । पाँच मिनेट लाग्ने यो प्रक्रियामा उनले आफ्ना ग्राहकहरुको आँखाको ढकनी दोब्य्राउँछन् र आँखालाई धारिलो चक्कुको सहारामा सफा गर्छन् ।
न्युजर्सीकी एक महिला ११ फुट गहिरो सेप्टि टंयाकमा फस्दा तीन घन्टापछि उद्धार गरिएको छ । मुलिका सहरको ढलमा फसेकी ५७ वर्षे परिचय नखुलाईएकी ति महिला आधा घन्टासम्म रुँदा कराउँदा समेत उनलाई सहयोग गर्नेहरु कोही आएनन् । आधा घन्टापछि उनका छोराले थाहा पाएपनि उनको उद्धार गर्दागर्दै तीन घन्टा बितेको थियो । अग्नी नियन्त्रहरुले ३० माइल टाढा रहेकी उनलाई उद्धार गरेको भिडियो बाहिरएसँगै यो समाचार आएको हो ।
आफूसँग यौन सम्पर्क गरेमा राम्रो ग्रेड दिन भन्दै आफ्ना विद्यार्थीलाई बलजफ्ती गर्ने शिक्षिकाले जेलको हावा खानु परेको छ । योकस्ता एम नामले परिचय दिइएकी ४० वर्षे शिक्षिकाले विद्यार्थीलाई आफूसँग नसुतेमा फेल गराउने धम्की दिँदै आइरहेकी थिइन् । कोलम्बियाको मेडेलिनको स्कुलमा पढाउने ति शिक्षिकाले एक किशोरलाई बाबुको फोनमा पठाएका तस्बिर देखेपछि किशोरका बाबुले नै उनीबारे खोजी गर्न तत्पर भएका थिए । सामाजिक सञ्जाल वाट्स एपमार्फत भड्किला तस्बिर पठाउने गरेको किशोरका बाबुले बताएका छन् ।
बेलायतका सबैभन्दा पाको उमेरका जम्ल्याहा दिदी बहिनीले १०१ वर्षको उमेरमा जन्मदिन मनाएका छन् । इरेनी क्रम्प र फिलिस जोन्सले वोरचेस्टरस्थित टोरपोर्ट–अन–सेभर्नमा गत आइतबार आफ्नो जन्मदिन मनाएका हुन् । तामझम सहित जन्मदिन मनाइरहँदा फिलिसका छोरा कार्लले भने, ‘अर्को वर्ष फेरि अर्को मैनबत्ती सजाउनुपर्यो भने म आत्तिन्छु होला ।’ बगैंचामा गोडमेल गर्दा जम्ल्याहा रमाउने उनका छोरा बताउँछन् ।
नेपाली समाजमा भेंडालाई बुद्धु जनावरका रुपमा लिइन्छ । कसैलाई गाली गर्दा समेत एकोहोरो भेंडोको संज्ञा दिइन्छ । तर हामीले नर्कार्दै आइरहेका भेंडा बुद्धिमान हुने कुरा एक अध्ययानले देखाएको छ । भेंडाले सेलिब्रिटीहरुका अनुहार पहिचान गर्न सक्ने उक्त अध्ययनले देखाएको हो ।
‘चोरीको फल नमिठो हुन्छ’ तपाईं हामी यसबारे पक्कै जानकार छौं । तर बाँदरको बच्चोलाई चोरीको फल नमिठो हुन्छ भन्ने के थाहा ? तिर्खाएको एक बाँदरको बच्चाले एक पर्यटकको मोटरसाइकलबाट कफी चोरी पिउँदा बिरामी परेको छ । लामो पुच्छर भएको चन्चले बाँदरको यो घटनासँगै चोरीको फल नमिठो हुने कुरा पुनः एकपटक ताजगी भएको छ ।
मानिसहरु आफूलाई राम्रो देखाउन शरीरका विभिन्न भागमा ट्याटु खोपाउँछन् । तर एक महिलालाई आफ्नै ट्याटुले हैरान बनाएको छ । कुकुर निकै मनपराउने एडिले स्मीथ नामकी २८ वर्षे महिलाले आफू किशोरी छँदै १८ वर्षको उमेरमा छातिमा कुकुरको पञ्चा आकारका ट्याटु खोपाएकी थिइन् । उबेला जोशमा आएर ट्याटु खोपाएकी उनलाई आजभोली पुरुषहरुले इन्कार गर्दै आएका छन् ।
एक कुकरप्रेमी महिलाले आफ्नो कुकुरको कानको भित्री भागमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मेल खाने आकृति फेला परेपछि निकै अचम्ममा परेकी छन् । जेड रोबिन्सन नामकी महिलाले आफ्नो बिगल प्रजातिको चिफ नामको कुकुरको कानमा राष्ट्रपतिको आकृति फेला पारेकी हुन् । २५ वर्षे उनले कुकुरको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राखेपछि केही समयमै भाइरल समेत हुन पुगेको छ ।
जमर्नीका एक मानिसले आफ्नो घरको बगैंचामा दोस्रो विश्वयुद्धको बम भेटिएपछि आत्तिदै प्रहरीलाई खबर गरे । विश्वयुद्धको बम नै भनेपछि अफिसरहरु हतार हतार ती मानिसको बगैंचामा पुग्दा लाम्चो फर्सीको गट्टा भेट्न पुगे ।
जर्जियाका एक किसान आफूले पालेका गाइमध्ये एक बहुला गाईका कारण मरेको खबर आएको छ । गाइले नाथन विलियम पेरिसलाई छातिमा हानेर पर्खालमा पुर्याइदिँदा उनको मृत्यु भएको रोम न्यूज ट्रिब्युनले लेखेको छ । ७२ वर्षे नाथनलाई नजिकैका छिमेकीले अचेत अवस्थामा फेला पारेपछि उनलाई अस्पतालको आकस्मिक कक्ष पुर्याइएको थियो ।