केन्डल मर्फी दुलाहा बन्नुपर्ने थियो तर नौ महिना पहिले नै उनको एउटा दुर्घटनामा मृत्यु भयो । यसपछि दुलही जेसिका एक्ली भइन् । गएको अक्टोबरमा जेसिका र केन्डल दुवैको बिहे गर्ने अघिल्लै वर्ष तय भइसकेको थियो तर अचानक केन्डलको दुर्घटनामा मृत्यु भयो ।
चिल आकारमा गाडीको नृत्य प्रस्तुत गरेको भन्दै गिनिज बुकले कीर्तिमान घोषणा गरेको छ । एक साथ एक सय ८० वटा निजी गाडी एकै ठाउँमा भेला पारी गाडी नृत्य प्रस्तुत गरिएको थियो ।
‘चेन फर चेन्ज’ अर्थात् परिवर्तनका लागि साङ्लो नाममा क्यान्सरपीडितहरुका लागि यो कार्यक्रम आयोजना गरिएको थियो र सँगैमा विश्व कीर्तिमान पनि जोडिन पुग्यो ।
रुसको दक्षिणपश्चिम क्षेत्रको कुर्गनिस्क सहरस्थित एउटा सुपरमार्केटमा एक जोडी युवाले हल्का एकान्त खोज्दै यौन गतिविधि गर्न खोजेको भिडियो यतिबेला इन्टरनेटमा भाइरल भएको छ ।
ग्राहकका रुपमा नयाँ दिल्लीको एउटा पसलभित्र तीन जना व्यक्ति छिरे । उनीहरुले पसलेलाई बन्दुक सोझ्याउँदै मूल्यवान् वस्तु मागे । पसलेले पनि दिन अन्कनाइरहेको थियो, यस्तो मूल्यवान् वस्तु कसरी दिने होला ? तर चोरहरुले बढी नै हुलहुज्जत गर्न खोजेपछि भने पसलेले त्यो वस्तु नदिई सुख पाएनन् ।
अमेरिकाको म्यासाचुसेट्स राज्यस्थित एउटा पसलले किनेको ५० डलरको भ्वाइलिनको वास्तविक मूल्य अढाई लाख डलरभन्दा बढी मूल्यको रहेको पत्ता लागेपछि पसलमा हल्लीखल्ली मच्चिएको छ ।
उनले कीर्ति राख्नका लागि आफूलाई बोरामा बाँध्न लगाए । त्योभन्दा अघि आफ्नो हात र गोडामा हतकडी पनि लगाए । यसपछि हलचल गर्नै नसक्ने गरी बोरामा गुम्सिएर बसे ।
रोमानियामा एक मानिसले आफूलाई जिउँदै भएको प्रमाणित गर्न सफल भएका छन् । लामो समयसम्म पनि केही जानकारी नपाएपछि परिवारका सदस्यले ती व्यक्ति मरेको भन्दै प्रमाणपत्र निकालेका थिए । टर्कीमा कुकको रुपमा काम गर्दै आएका कोस्टान्टिन रेलियका बारेमा परिवारका सदस्यले डेढ दशकभन्दा बढी समयसम्म कुनै सूचना प्राप्त गर्न नसकेपछि उनको मृत्यु भएको भन्दै प्रमाणपत्र निकालेको थिए ।
अमेरिकी प्रहरीले लागू औषध ओसार–पसारको आरोपमा अभियोग लगाएको छ । ती महिलाले योनिभित्र लागूऔषध लुकाएको प्रहरीले भेटेको हो । २० वर्षीया डेसिरी बेवस्टरले योनिभित्र ८२ ग्राम लागू औषध लुकाएकी थिइन् । प्रहरीले मोटर हाँक्दै गर्दा पक्राउ गरेको थियो ।
इरानमा सामाजिक सञ्जाल इन्स्टाग्राममा भिडियो हाल्ने दर्जनाै मानिस पक्राउ परेका छन् । जसमा आफूले नाच्दै गरेको भिडियो हाल्ने युवती पनि छिन् । अभियन्ताहरुका अनुसार इन्स्टाग्राममा निकै लोकप्रिय रहेकी मइदेह होजाब्रीसहित अन्य प्रयोगकर्ताहरु भएको बताइएको छ । अन्यको पहिचान भने खुल्न सकेको छैन ।
तामारा प्लेत्न्योभाले एक रेडियो अन्तर्वार्तामा प्रतियोगिताको समयमा घुम्न आउने विदेशीहरुसँग रुसी महिलाहरुले यौन सम्पर्कबाट टाढै रहनुपर्ने बताएकी छन् । नत्र पछि त्यस्ता महिलाले एकल अभिभावकत्व बेहोर्नुपर्ने संभावनाप्रति चासो व्यक्त गर्दै उनले सचेत पारेकी हुन् ।
जागिरको अन्तिम दिनलाई स्मरणीय बनाउन धेरै मानिसले विभिन्न काम गर्छन् । भारतको बेंगलुरुको एक सफ्टवेयर इन्जिनियरले अन्तिम दिनको काम भारइल भएको छ । अन्तिम दिन औपचारिक ड्रेसमा ल्यापटप भिरेर ती इन्जिनियर घोडा चढेर अफिस पुगेका थिए । सेतो घोडा चढेका उनका तस्बिर र भिडियोहरु ट्वीटर, फेसबुक र ह्वाट्सएपमा निकै चलेको छ ।
महिलाको अन्तर्वस्त्र उत्पादन गर्ने कम्पनीले महिलाहरुलाई विश्वकप फुटबलप्रति आकर्षित गर्नका लागि अनौठो वस्त्र निकालेको छ । मेक्सिकोको अन्तर्वस्त्र कम्पनीमा भिक्की फर्मले विश्वकपमा फुटबलरले गोल हान्दा भाइब्रेट हुने अन्तर्वस्त्र निकालेको हो ।
अहिलेसम्म जानेको कुरा के हो भने सेक्स रोबोट सधैँ सबैका लागि उपलब्ध हुन्छ तर नयाँ निर्माण गरिएका सेक्स रोबोटले भने मूड नभएको भन्दै रतिक्रियाका लागि अस्वीकार गर्न सक्ने भएको छ ।
अमेरिमामा घरपलुवा कुकुरले आफ्नै मालिकलाई गोली हानेको छ । घरमा कुकुरसँग खेलिरहेको समयमा उनलाई गोली हानेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । सोफामा बसेका रिचार्ड रेम्मेमा कुकुरसँग आफ्नो काखमा उफ्रिनका लागि उक्साइरहेका थिए ।
स्वीडेनकी एक महिलाले ट्याटु आर्टिस्टले गल्ती गर्दा साना छोराछोरीको नामै परिवर्तन गरिदिएकी छन् । जोना स्यान्ड्रोमले आफ्नो दुई वर्षको छोराको नाम केभिन राखेकी थिइन् । तर ट्याटु आर्टिष्टले उनको शरीरमा नाम लेख्ने बेलामा नाममा एक अक्षरलाई एलमा परिवर्तन गरिदिए र केल्भिन बनाइदिए ।
नेपालमा समयमा सार्वजनिक सवारी नपाउनु वा समयमा स्टेसन नछाड्ने विषय सामान्य हो तर जापानमा भने निर्धारित समयभन्दा २५ सेकेन्ड चाँडै रेल हिँडेपछि रेल्वे कम्पनीले यात्रीको असुविधाका लागि माफी मागेको छ ।
अमेरिकाको फोनिक्सस्थित एक महिलाले आफ्नो पहिलो डेटपछि एक पुरुषलाई ६५ हजार भन्दा बढी म्यासेज पठाएपछि उनीमाथि विभिन्न अभियोग लगाइएको छ । उनले पठाएको अधिकांश म्यासेजमा अनौठो प्रकारको धम्की छन् ।