केही सातादेखि सामाजिक सञ्जालहरुमा मानिसको अनुहारसँग मेल खाने सानो जन्तुको फोटो भाइरल भइरहेको छ । समाचारमा आएका फोटोहरु हेर्ने हो भने उक्त प्राणी बिरालोजस्तै देखिन्छ । शरीरमा खासै रौं नभएको उसको मानिसको बच्चाकोजस्तो टाउकोभरि भने निकै रौं देखिन्छन् ।
कुनै कार्यालयमा कामदारले काम राम्रो नगरे उसलाई जागिर चट् हुने सम्भावना हुन्छ । तर अमेरिकास्थित भर्जिनियाको सिआईए(सेन्ट्रल इन्टिलिजेन्स एजेन्सी)ले बम बारुद नसुँघेको भन्दै एक कुकुरको जागिर चट् भएको छ ।
टर्की चराको नाम त पक्कै सुन्नु भएको होला । कुखुराजस्तै देखिने पाल्तु यस चराको मासुलाई विदेशमा निकै रुचाइन्छ । तर यहाँ यस्ता टर्कीको समाचार आएको छ जसले वरीपरीका बासिन्दा मात्र नभएर प्रहरीलाई समेत आक्रमण गरेर हंगामा मच्चाएका छन् ।
बेलायती टेसी किसले आफ्नै योनीबाट नेकलेस बनाएकी छन् । अघिल्लो वर्ष मोडलिङ छाडेर फेसन ब्लगर बनेकी किसले योनिको लबियाप्लास्टी मार्फत योनीको बाहिरी पत्र निकालेर नेकलेस बनाएकी हुन् । २८ वर्षे उनले आफुले नेकलस बनाउँदाको प्रक्रियालाई आफ्नो ब्लगमा विस्तृत रुपमा प्रस्तुत गरेकी छन् ।
पेन्सन खाएका एक जापानी वृद्ध र मानिसको जस्तै अनुहार भएको माछाको अनौठौ दोस्तीको खबर सुनेर धेरैजना दंगदास छन् । ७९ वर्षे हिरोयुकी अर्कावा ३० वर्षदेखि सिप्सहेड प्रजातिको कोबुडाई नामको माछासँग नीकट भएका छन् ।
उत्तर अमेरिकामा गत शनिबार १८ औं संस्करणको श्रीमती बोक्ने प्रतियोगिता सम्पन्न भएको छ । मेनेमा आयोजित उक्त कार्यक्रममा विवाहित जोडीहरु संलग्न थिए । प्रतियोगितामा श्रीमती बोकेर कुद्नुपर्ने हुन्थ्यो ।
भारतको मध्यप्रदेशकी एक ७५ वर्षे महिलाले आफू ६० वर्षदेखि एक सिता पनि अन्न र खानेकुरा नखाई केराको भरमा बाँच्दै आएको बताएकी छन् । सुन्दरेल गाउँकी ति वृद्धबारे एनटीडी टिभीमा खबर आएको थियो ।
बाघको गर्जनकै कारण तर्सिएर भारतको जंगलमा १२ बाँदरलाई हृदयघात भएर मरेको त्यहाँका अधिकारीहरुले फेला पारेका छन् । सुन्दा अचम्म लाग्यो होला तर यो कुरा साँचो हो । पाटे बाघले तर्साएकै कारण एक दर्जन बाँदरको मृत्यु भएको खबर यतिबेला संसारभर भाइरल भएको छ ।
बेल्जियमको ब्रसेल्समा ‘लिटल फुड’ नामको रेस्टुराँले आफ्नो खानेकुराको मेनुमा फट्यांग्रोको परिकार प्रस्तुत गरेसँगै तरंग ल्याइदिएको छ । फट्यांग्राको परिकार बनाउन उनीहरुले आफ्नो फार्ममा क्रिकेट नामको फट्यांग्राहरु पाल्दै आएका छन् ।
बेलायतकी सबैभन्दा वृद्धा १११ वर्षकी भइन् । उनले आफू १११ वर्ष बाँच्नुका पछाडि नौलो रहस्य बताएकी छन् । उनको अनुभव पत्याउने हो भने उनी प्रत्येक रात एक सट ह्विस्की पिउँछिन् । ग्रेस जोन्स नामकी ती वृद्धले केही दिनअघि १११ औं जन्मदिन मनाएकी थिइन् ।
पाकिस्तानका एक नाईले कपाल काट्न १५ कैंचीको प्रयोग गर्ने गरेको नौलो खबर आएको छ । उनले एकै पटकमा १५ कैंचीको प्रयोग गरेर कपाल कटाउँदै आएका छन् । ३३ वर्षे सादिक अलि नामका ती पाकिस्तानीको लाहोरमा सानो सैलुन छ ।
लामा नङ हुनेहरुको पुरानो रेर्कड ताड्दै अयन्ना विलियम्सले लामो नङ हुनेको कीर्तिमान कायम गरेकी छन् । टेक्सासको होउसटनकी विलियम्सका हातका नङको लम्बाई नाप्ने हो भने १८ फिट, १०.९ इन्च पुग्छ ।
क्यानडाका एक मानिसले आजसम्मकै धेरै माहुरी भेला गरेरर ठूलो ‘बी–बर्ड’ बनाएसँगै विश्व कीर्तिमान राख्न सफल भएका छन् । योसँगै उनको नाम गिनिज बुकमा लेखिने भएको छ । जुआन कार्लोस नोगुइएज ओर्टिज नामका ती व्यक्ति अन्टारियोको फार्ममा माहुरी पाल्दै आएका छन् ।
जापानको टोकियोमा रहेका फोटोग्राफर हारुहिको कावागुचीले खिच्दै आएका नौलो फोटो शृंखला हेर्नेहरुको केही समय सास अड्किन्छ । ‘फ्लेस लभ’ शीर्षकमा हारुहिले भ्याक्युम सिल लगाइएका प्लास्टिक झोलामा जोडीहरुलाई राखेर फोटोहरु खिचाएसँगै सनसनी फैलिएको छ ।
चिडियाघरमा हुर्किएको आजसम्मकै बूढो बाँदर कहलिएको ४३ वर्षे माकुरे बाँदर बितेको छ । अरु माकुरे बाँदरको साधारण आयु २५ वर्ष मात्र हुन्छ । गत शुक्रबार न्युयोर्कको सेनेका पार्क चिडियाघरले आफ्नो चिडियाखानामा रहेको सबैभन्दा पुरानो जनावर बितेको भनेर फोटो सार्वजनिक गरेको थियो ।
फ्रान्सको पेरिसमा पहिलोपटक नग्नता मन पराउनेहरुका लागि नग्न पार्क खुलेसँगै उक्त पार्क अचेल चर्चित हुन थालेको छ । सानो बाटोले छुने अद्र्ध एकान्तमा रहेको बोइस डे भिन्सेन्नेस पार्कमा १० जना प्रकृतिप्रेमी घाँसमा पल्टिएर तातो घाममा शरीर सेकाउँदै छन् ।
मानिसमा मानवता हराएको छैन भन्ने कुराको पछिल्लो उदाहरण मलेसियाली एक युवाको भाइरल भएको भिडियो बनेको छ । कुलोमा डुबेको एक कुकुर बचाउन मलेसियाका एक युवा हत्त न पत्त आफ्नो खुट्टाको प्रयोग गरेका हुन् ।
संसारभर धेरै हेरिने र खोजिने पोर्नस्टारलाई आईएसका सदस्यबाट अनलाइनमा धम्की दिन थालिएको छ । २४ वर्षे पूर्व पोर्नस्टार मिया खलिफाले आफूलाई अनलाइनमा आईएसका मानिसहरुले ज्यान मार्ने धम्की दिएको र टाउको छिनाउने धम्की दिएको बताएकी हुन् ।
परिचय नखुलेका एक युवाको विचित्रको फोटो पोजले सामाजिक सञ्जालमा गत सातादेखि सनसनी मच्चाइरहेको छ । ठाउँठाउँमा छरिएर रहेका मानिसहरु ती युवाको फोटोलाई आफैँ मनपर्दी म्यानुपुलेट गर्दै ट्वीटरमा भाइरल बनाइरहेका छन् ।
चीनका एक मानिस कान चिलायो भन्दै अस्पताल भर्ना भएका थिए । सर्जनहरुले उनको कान कन्याइदिएर मात्र उनको चिलाउने रोग निको भएन । यसपछि अप्रेसन गरेर कानबाट माउसुली नै निकालिदिए ।