२३ वर्षीया अमियाडा मिकलकलिन सधैँ आफूमा यौन उत्तेजना महसुस गर्छिन् । सन् २०१३ मा के थाहा पाइन् भने उनलाई पर्सिस्टेन्स जेनिटल अराउजल डिसअर्डर (पिजिएडी) नामक रोगबाट पीडित रहिछन् ।
धेरैजसो युवालाई सुहागरातका बारेमा थाहा हुँदैन । सुहागरातमा केटा पक्षले गर्ने जबरजस्तीका कारण केटी पक्षले सधैँ आशंका र त्रसित हुनुपर्ने अवस्था पनि आउन सक्छ । त्यस्तै त्यस रोमान्टिक क्षणलाई सम्झनायोग्य बनाउन नसक्दा धेरैका लागि सुहागरात अर्थहीन रात बन्न पुगेको छ ।
करिब ३० वर्षका एक मानिस कार्यालय जाने तयारी गर्दैथिए । उनले भान्छाकोठामा प्याज राख्ने ठाउँबाट खसेको ‘एक्लो’ प्याज देखे । त्यो प्याज उनले टिपे तर राख्ने ‘उचित’ ठाउँ भेटेनन् । जता राख्दा पनि अशोभनीय लागेपछि उनले त्यसलाई कोटको खल्तीमा राखे र कार्यालय गए ।
उमेर पुगेका किशोरकिशोरी, तरुणातरुणीका लागि विवाहपछिको पहिलो रात र पहिलो सम्भोगको कल्पना सुखद् र आशंकापूर्ण दुवै हुन्छ ।‘सुहागरात’ हिन्दीबाट नेपाली आयातीत शब्द हो । ‘मधुरात्रि’ चाहिँ अंग्रेजी शब्द ‘हनीमून’ को ठाडो अनुवाद हो ।
जति सुत्दा पनि निन्द्रा नपुगेजस्तो हुन्छ वा रात्रिमा निन्द्रा पर्दैन, खानपिन, शारीरिक अभ्यास, उपचार आदि गरे पनि शरीरको तौल परिवर्तन भएको छैन, बिनाकारण अचानक धेरै तौल घटेको वा बढेको छ, ज्यादै न्यून कोलेस्ट्रोल छ वा परिवारमा कसैलाई गलगाँड, अस्वाभाविक मोटोपन वा निको नहुने घाँटीको रोग छ भने तपाईंलाई थाइराइडको समस्या हुनसक्छ ।
वीर्य मात्र होइन शरीरका कुनै पनि कोसिका, तन्तु या अंग बन्न रगतको जरुरत पर्छ । रगतबाट नै पोषक पदार्थ शरीरका विभिन्न भागमा पुग्छन् र नयाँ कोसिका विकसित हुन्छ । यसबाहेक सबै हार्मोन, इन्जाइम, शरीरमा बन्ने विभिन्न तरल पदार्थ (जस्तै थुक) लाई चाहिने कच्चा पदार्थ पनि रगतबाट नै प्राप्त हुन्छ ।
कतै तपाईंलाई आँखाको डिल सुन्निने, चिलाउने र कचेरा लाग्ने तथा आँखा रातो हुने समस्या त देखिएको छैन ? यदि त्यसो हो भने चिकित्सकलाई देखाइहाल्नुहोस् है ! नत्र समस्या झनै बढ्न सक्छ र सदाका लागि आँखाको ज्योति गुम्ने डर पनि हुन्छ ।
स्वस्थ यौन सम्पर्क दाम्पत्य जीवनमा खुसियाली ल्याउन महŒवपूर्ण भूमिका निर्वाह गर्छ । यदि सेक्स सम्बन्ध आपसमा राम्रो छ भने व्यवहारिक सम्बन्ध पनि राम्रो हुन्छ तर स्वस्थ यौन सम्पर्कको अभावमा जीवनमा रुखोपन आउन सक्छ ।
बुधबारसम्मको तथ्यांक हेर्ने हो भने यस पटकको बर्षातले एक सय ११ जनाको देहान्त गराइसकेको छ । लगातारको वर्षा र त्यसले निम्त्याएको बाढीपहिरोले यत्तिका जन साथै अकल्पनीय धनको क्षति भइसकेको छ ।
श्रीस्वस्थानीको कथामा शिव ब्राह्मण र गोमा ब्राह्मणीको प्रसंग आउँछ र त्यसमा ७० वर्षका वृद्धले सन्तान जन्माएको पढ्न पाइन्छ । यो कथा मात्र होइन । हामीले अपनाउने जीवनशैलीले हाम्रो यौन जीवन र यौनशक्ति निहित हुन्छ ।
यौन रोगीहरुमध्ये धेरै पहिले पहिचान गरिएको सिफिलिस एउटा प्रमुख यौन रोग हो । यस रोगलाई नेपालमा भिरंगीको नामले चिनिन्छ । यो रोग टिपोनेमा पालिडियम भन्ने जीवाणुले गराउँछ । यो जीवाणुको संक्रमण भएपछि लक्षणहरु देखिन लामो समय लाग्न सक्छ ।
तपाईंलाई उच्च ज्वरो आएको छ र सास फेर्न गाह्रो हुनुका साथै रुघाखोकीका कुनै लक्षण देखिएको छ भने सावधान रहनुहोस् । किनभने तपाईंलाई मौसमी रुघाखोकी (इन्फ्लुएन्जा) अर्थात् स्वाइन फ्लुको संक्रमण हुनसक्छ ।
साउन महिना सर्पको टोकाईबाट अस्पताल आउनेको संख्या बढ्ने महिना हो । प्रायः मानिस खेतबारीको काममा व्यस्त हुने भएकाले सर्वसाधारण सर्पको टोकाइमा पर्ने गरेका छन् । शुक्रराज शास्त्री तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनका अनुसार नेपालमा बर्सेनि तराईका जिल्लादेखि सर्पले टोकेका तीन सयको हाराहारीमा उपचारका लागि आउने गरेका छन् ।
अध्ययनअनुसार करिब ६ प्रतिशत नेपालीमा बाँझोपनको समस्या रहेको छ । बाँझोपन महिला र पुरुष जसलाई पनि हुन सक्ने भए तापनि नेपालमा अज्ञानता र अन्धविश्वासका कारण यो समस्या महिलाहरुलाई नै हुन्छ भनेर लान्छना लगाउने गरिएको छ तर समस्या महिला–पुरुष दुवैलाई हुन सक्ने भएकाले दुवैलाई सँगै बोलाएर सोधपुछ, परीक्षण र आवश्यकताअनुसार उपचार गर्नुपर्छ ।
कतिपय स्थितिमा पहिलो वा एक मात्र यौन सम्पर्कमा नै गर्भ रहन्छ तर सधंँ यस्तो हुँदैन । गर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्छ । शुक्रकीट र डिम्बको मिलन हुनुपर्छ । शुक्रकीटसँग मिलन हुन डिम्ब निस्किएको बेला हुनु आवश्यक छ । महिलाको डिम्ब महिनाको एकपटक मात्र निष्कासन हुन्छ । डिम्ब निष्कासन हुने समय नजिक गर्भ रहने सम्भावना बढी हुन्छ ।
रक्तचाप परीक्षण गर्ने बानी तपाईंको छ कि छैन ? धेरै मानिसहरु कुनै समस्या भएर चिकित्सककहाँ वा अस्पताल पुग्दा मात्रै रक्तचाप परीक्षण गर्छन् । त्यतिबेलासम्म रक्तचाप यति उच्च भइसकेको हुन्छ कि अधिकांश अवस्थामा जीवनभर औषधि सेवन मात्रै विकल्प बन्छ ।
आफ्नी श्रीमतीको यौन सन्तिुष्टप्रति तपाईंले देखाउनुभएको चासो तारिफयोग्य छ । यसले तपाईंहरूको पारिवारिक तथा यौन जीवन सुमधुर बनाउन सहयोग पुर्याउँछ । किनभने, सेक्स शारीरिक क्रियामात्रै होइन, मानसिक क्रिया पनि हो ।
गर्भवती महिलाको गर्भधारणको कुल समय सामान्यतया नौ महिना एक हप्ता हुन्छ । गर्भधारणको दोस्रो त्रैमासिक यौन सम्पर्कका लागि सबैभन्दा सुरक्षित र उपयुक्त मानिन्छ । यतिखेर गर्भको बच्चालाई प्रकृतिले नै पूर्ण सुरक्षा प्रदान गरिसकेको हुन्छ ।
यौन, यौवन र सम्भोग एउटै हो भन्ने भम्र धेरैलाई छ तर त्यसो होइन । ‘यौन’ मानिसको व्यवहार र सोचलाई प्रभावित गर्ने विशिष्ट स्वभाव हो । ‘यौवन’ मानवजीवनको त्यस्तो समय हो, जुन बेला यौनको प्रभाव प्रखर हुन्छ । ‘सम्भोग’ मैथुनको उन्नत अवस्था हो, जसमा पुरुष र स्त्रीका शारीरिक र भावनात्मक प्राथमिकता केही क्षणका लागि एकाकार हुन्छन् र एकअर्काको सान्निध्यमा मौलाउँछन् ।
हिँड्दाखाँदैको मान्छे अचानक बेहोस् भएर ढल्छ । कतिको होसै फर्किन्न, कतिको होस् आए पनि पहिलाजस्तो सद्दे हुन सक्दैनन् । सहरी समाजमा धेरैले सुनाउने यस्ता कहानीसँगै एउटा डरलाग्दो कारण लुकेको हुन्छ– स्ट्रोक । अनियन्त्रित रक्तचाप, मधुमेह, रगतमा चिल्लो पदार्थको मात्रा बढ्ने समस्या कोलेस्ट्रोलजस्ता कारणले स्ट्रोकको समस्या बढ्दैछ । सजिलो गरी स्ट्रोकलाई ब्रेन अट्याक वा मतिष्कघात पनि भनिन्छ ।