गर्भवती अवस्थामा सुरुका तीन महिना र अन्तिम तीन महिना यौन सम्पर्क नगरे राम्रो । दुबैको सहमती भएमा सावधानीका साथ गर्भवती हुने समयको अन्तिम एक महिना अगाडिसम्म यौन सम्पर्क गर्न सकिन्छ ।
मलद्वारमा हुने तीन किसिमका रोग हुन् पायल्स, फिस्टुला र फिसर । आन्द्रामा खाना पच्ने नर्मल प्रक्रिया हुन्छ, खाना पच्दै अगाडि जाने प्रक्रियालार्ई पेरिसटाल्सिस भनिन्छ ।
उमेर ५१ पुगे पनि ठिटै देखिन्छन् याेगेश भट्टराइ । नेकपाका नेता तथा सांसद समेत रहेका उनी निक्कै फिट देखिन्छन् । अाखिर यसकाे राज के रहेछ ? शुक्रवारकर्मीले पहिल्याएका छन् ।
सहवासका क्रममा के राम्रो लाग्छ, के नराम्रो लाग्छ, कहाँ, कुन समयमा सहवास गर्दा बढी आनन्द लाग्छ, कुन पोजिसनमा सहज हुन्छजस्ता विषय मनमा लुकाएर राख्नुभन्दा आफ्नो पार्टनरसँग छलफल गर्नु राम्रो हुन्छ ।
फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जालमा मानिसलाई उत्तेजित पार्ने, डर, चिन्ता, घृणा उत्पन्न गर्ने किसिमका फोटो पोस्ट गरिएको हुन्छ । त्यसले मानिसलाई डिप्रेसन समेत गराउँछ । सामाजिक सञ्जालमध्ये इन्स्टाग्रामले बढी मात्रामा मानसिक समस्या ल्याएको देखिन्छ ।
विवाहित हुन् या एक्लो महिला, यौन चाहनालाई निषेध गर्न सम्भव छैन । शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक कोणबाट समेत यौन चाहनालाई केही समय पर धकेल्न सकिएला तर पूरै नियन्त्रण गर्न सम्भव छैन । यो प्राकृतिक नियम नै हो ।
कतिपयलाई रिसाउँदा समेत छालाको एलर्जी हुन सक्छ । बरर्र डाबर आउँछ । रिसाउँदा खुसीहुँदा तथा कुनै इमोसन आउँदा शरीरमा हर्मन उत्पादन हुन्छ । रिसाउँदा शरीरमा केमिकल उत्पादन हुन्छ । रिसाउँदा शरीरमा हिस्टामिन, थम्बोक्सेन जस्ता केमिकल उत्पादन हुन्छन्, जसको कारण कतिपयलाई रिसाउँदा डाबर आउने जस्ता एलर्जी हुन सक्छ ।
कसै–कसैको मूत्रनलीको कुनै भाग सानो हुन सक्छ । मूत्रनली सानो भयो भने पत्थरीको सम्भावना बढी हुन्छ । मूत्रनली सानो भएका कारणले पिसाबमा बाक्लो पदार्थ वा कण आयो भने साँघुरो ठाउँमा अड्किन्छ । अड्किँदै जाँदा बिस्तारै थपिँदै जान्छ ।
सामान्यतः वाकवाक लाग्नु, बान्ता हुनु, डाइरिया हुनु फुड पोइजनका मुख्य लक्षण हुन् । ज्वरो आउने, पेट दुख्ने, रिंगटा लाग्ने पनि हुन सक्छ । दिसा र वान्तामा रगत देखिनु जटिल लक्षण हुन् । यस्तो देखिएमा तुरुन्तै उपचार गर्नुपर्छ ।
सेफिल्ड विश्वविद्यालय बेलायतका प्राध्यापक टम स्टेफोर्ड लेख्छन्, ‘निद्रामा भएका बेला मस्तिष्कले कहिलेकाहीँ केही गतिविधि गर्ने गर्छ । सोही कारण निदाउँदाका बेलामा पनि हाम्रा हात र गोडा फडफडाउँछन् अथवा गहिरो निद्राका बेलामा पनि चल्मलाउने गर्छन् ।’
मेमोग्राफी एक्सरे गर्ने पद्धति हो । यसले महिलाको स्तनमा क्यान्सर छ या छैन भनेर पहिल्याउँछ । महिलाको स्तनको एक्स—रे गरेर फिल्म निकालिन्छ । त्यो फिल्म पढेर महिलाको स्तनमा क्यान्सर छ वा छैन पत्ता लगाउन सकिन्छ ।यो एउटा आधारभूत स्क्रिनिङ टुल्स पनि हो । यसले सुरुवाती चरणको स्तन क्यान्सर पत्ता लगाउन सकिन्छ ।
अचानक कसैसित शारीरिक सम्बन्ध हुनुलाई क्याजुअल सेक्स भनिन्छ । पहिला सहमतिमै सम्बन्ध बन्छ तर क्याजुअल सेक्सपछि प्रायः महिलामा पछुतोको भावनाले घेर्छ । हालै गरिएको एक अध्ययनअनुसार सेक्सको पहल युवतीले गर्छे र यसमा उसलाई रमाइलो अनुभूति भयो भने पछुतो हुँदैन ।
चिकित्सा शिक्षाको आवरणमा भइरहेको बदमासीका घटना सार्वजनिक भए । तर संलग्न कारबाहीको दायरामा आएनन् । स्वास्थ्य क्षेत्रको सुधारका लागि अनसन बस्ने डा. गोविन्द केसीको अभियान यो वर्ष पनि रोकिएन ।
किशोर उमेरका युवतीमा बढी मानसिक समस्या देखिन्छ । यो उमेरमा पढाइदेखि यौन हिंसाको डर, विवाहको दबाब, कामको जिम्मेवारी, हार्मोनल चेन्ज लगायतका कारणले काम्ने मानसिक रोगको सिकार हुन्छन् ।
अत्यधिक चिल्लो खाना, ड्राइफुडको नियमित सेवनले समेत हृदयाघातको जोखिम बढाउँछ । भिटामिन ई, मैगनिसियम, फाइवर, पोटासियम रहेको खानेकुरा खाने हो भने यसले हृदयाघातको जोखिम कम गराउँछ । तारेको खानेकुरा र नुनको मात्रा जति कम गर्नसक्यो उति उत्तम हुन्छ ।
अमेरिकी चिकित्सक ल्यान्ड्रम बि सेटल्सले सन् २०११ मा लेखेको बहुचर्चित किताब ‘हाउ टु चुज द सेक्स अफ योर बेबी’ पुस्तकमा केही कुरा सुझाएका छन् । ती सुझाव अपनाए छोरा वा छोरी जे चिताएको हो, सो जन्माउन सकिने उनको दाबी थियो ।
यौन शक्ति बढाउने वैद्यखानाका चारवटा आर्युवेदिक औषधि छन् । सबैभन्दा धेरै यौन बद्र्धक आयुर्वेदिकका रूपमा बाजिकर शक्तिलाई लिइन्छ । दोस्रामा च्यवनप्राशलाई लिइन्छ । स्पेशल च्यवनप्राशमा पनि धेरै किसिमका जडिबुटी मिसाइने भएकाले यौनक्षमता बढाउने शक्तिशाली आयुर्वेदिक मानिन्छ । शिलाजित यौन शक्ति बढाउने तेस्रो शक्तिशाली आयुर्वेदिक औषधि हो । चौथोमा अश्वगन्धा चूर्ण हो ।