पछिल्लो समय धमाधम फिल्म खेल्दै आइरहेकी अभिनेत्री ज्याकलिन फर्नान्डेज छुट्टी मनाउने क्रममा बाली पुगेकी थिइन् । बालीको समुद्री तटमा साथीभाइसँग नयाँ वर्षलाई स्वागत गर्ने क्रममा कामुक अवतारमा प्रस्तुत भएकी ज्याकलिनका कामुक तस्बिरहरु इन्स्टाग्रामभरी छताछुल्ल भएका छन् ।
बलिउड बाला नर्गिस फखरीका हट फोटो सार्वजनिक भएका छन् । सुगठित शरीरकी धनी नर्गिसले हट तस्बिर खिचाएसँगै मौसममा गर्मागर्मी छाएको हो । त्यसै त बलिउडमा हट फिगरका लागि चर्चित उनले हट फोटो खिचाएर एकपटक पुन तरंग ल्याएदिएकी हुन् ।
युवापुस्तामाझ निकै लोकप्रिय अमेरिकी गायिका डेमी लोभाटोले सामाजिक सञ्जाल इन्स्टाग्राममा निकै नै हट फोटो पोस्टेर हंगामा मच्चाएकी छन् । इन्स्टाग्राममा बारम्बार आफ्नो कामुकतालाई सार्वजनिक गरिरहेकी डेमीले केही दिन पहिले पोस्टेका तस्बिरहरुमा डेमीको मिलेको शरीर र उनका खुलेका अंगहरुले राम्रै स्थान पाएको देख्न सकिन्छ ।
अमेरिकी अभिनेता बु्रस विल्स र अभिनेत्री डेमी मुरका छोरीहरु रुमर, स्काउट र तलउल्हाले बाथटबमा सामूहिक न्युड तस्बिर खिचाएर हंगामा मच्चाएका छन् । दिदी बहिनी आफूहरु एक अर्कालाई कत्तिको साथ दिन्छन् भन्ने कुरा उनीहरुको गत साता बाहिरिएको सामूहिक नग्न तस्बिरले प्रमाण दिन्छ । नुहाउने क्रममा उनीहरुले सामूहिक रुपमा नग्न तस्बिर खिचाएको हलिउड सञ्चारमाध्यमा उल्लेख छ ।
मौसम जाडोको छ । तर जाडोलाई नै मात खुवाउने गरी रागिनी एमएमएस अभिनेत्री करिश्मा शर्माले न्युड तस्बिर खिचाएर मौसमलाई गर्मागर्मी बनाईदिएकी छन् । केही महिना अघि फिल्मका लागि हट फोटोसुट गराएर सनसनी मच्चाएकी उनी फेरि कामुक तस्बिर सहित आएकी छन् । यसरी धमाधम न्युड तस्बिर आउन थालेपछि करिश्मालाई सानो पर्दाकी इशा गुप्ताको ट्याग भिराइदिन समेत थालिएको छ ।
भूमि पेडनेकर पछिल्लो समय निकै नै बोल्ड अवतारमा प्रस्तुत हुँदैछिन् । केही अघि एक म्यागेजिनको फोटो सुटमा बेहुली अवतारमा सजिँदा धेरैको वाहवाही पाएकी उनै भूमि अवार्ड समारोह र फिल्मको प्रचारमा समेत बोल्ड रुपमा प्रस्तुत हुँदै आइरहेकी छन् ।
बलिउडकी प्रतिभाशाली अभिनेत्री ऋचा चड्ढाले यो वर्ष धुमधाम सहित जन्मदिन मनाइन् । करियर उभो लाग्दै गर्दा उनी आजभोली अभिनेता अलि फाजलसँग प्रेमालाप गर्दै आइरहेकी छन् । ऋचाले केही दिनअघि जन्मदिनमा ब्रान्डेड कार खरिद गरेकी छन् । तर त्यो उनको जन्मदिनको उपहार थिएन । पशु प्रेमी ऋचालाई बिराला एकदमै मनपर्छ ।
राजकुमार हिरानीको सञ्जय दत्तको आगामी बायोपिक सुटिङ नहुँदैदेखि समाचारहरुमा अग्रस्थानमा आइरहेको थियो । फिल्ममा सञ्जय दत्तका रुपमा रणविर कपुर देखा पर्नेछन् । रणविरसँगै अन्य कलाकारको चरित्रबारे पनि खुलासा भइसकेको छ । तर सञ्जय दत्तकी बहिनी प्रिया दत्तको भूमिका कसले निभाउनेछ भन्ने बारे आधिकारिक विवरण भने आइसकेको थिएन ।
बेलायतका राजकुमार ह्यारीसँग आगामी वसन्तमा विवाहमा बाँधिन लागेकी अमेरिकी अभिनेत्री मेगन मर्केल राजकुमारसँग सम्बन्धमा जोडिन पाउँदा त खुसी थिइन् नै अझ उनलाई फेरि एकपटक गद्गद् हुने अवसर जुटेको छ । कुरा के भने ह्यारीको चुरोट पिउने नराम्रो बानी थियो । आफूहरुको विवाह नजिकिदै गर्दा ह्यारीले आफ्नो नराम्रो आदत छोडेको समाचारहरुमा आएको छ । खबरहरुका अनुसार आफ्नी प्रेमिका मेगनलाई खुसी पार्न नै ह्यारीले चुरोट छोडेको बताइन्छ ।
युवापुस्तामाझ निकै लोकप्रिय हलिउड गायक जस्टिन बिबर र सेलेना गोमेजले नयाँ वर्ष धुमधामका साथ सँगै मनाउने भएका छन् । क्रिसमसको कुनै तयारी नगरेका उनीहरुले नयाँ वर्ष भने न्युयोर्कमा मनाउने भएका हुन् । सन् २०१८ को स्वागतार्थ उनीहरु त्यहाँको निकै चर्चित बिग एप्पलमा सँगै प्रस्तुत हुने भएका हुन् । अचेल उनीहरुलाई एकसाथ डिनर गर्दै गरेको, सपिङमा गएको एवं साइक्लिङमा सहभागी भएको देख्न पाइएको थियो ।
कंगना रणावत पछिल्लो केही समय लाइमलाइटमा आएकी छैनन् । फिल्म ‘मनिकर्निका’को सुटिङमा व्यस्त भएकै कारण पछिल्लो समय उनी होहल्ला भन्दा बाहिर थिइन् । तर केही दिनअघि मात्रै शोभा डेको किताब विमोचनका क्रममा अफिसियल रुपमा पहिलो पटक प्रस्तुत भएकी थिइन् कंगना । गुलाबी सारीमा सजिएकी उनी त्यसको केही समयपछि मिस्टर इन्डिया प्रतियोगितामा भने निकै कामुक अवतारमा प्रस्तुत भइन् ।
बलिउडमा कलाकारहरुले कालाकारिता मात्रै नगरी अन्य पेसा, व्यवसाय अँगाल्दै आएका छन् । कलाकार भएर अन्य पेसा अँगाल्नुलाई राम्रै लिइन्छ बलिउडमा । अभिनेत्री भएर पनि अन्य पेसा अँगाल्नेको नयाँ सूचिमा आएकी छन् अथिया सेट्ठी । सुनिल सेट्ठी पुत्री अथियालाई अब अभिनेत्री मात्र नभई फेसन डिजाइनरका रुपमा समेत देख्न पाइने भएको छ । २५ वर्षे अथियाले छिट्टै आफ्नै पोसाकहरुको ब्रान्ड स्थापना गर्नेछिन् ।
बलिउड अभिनेत्री सोहा अलि खानले अभिनेत्रीका रुपमा आफूलाई परिवारबाटै प्रोत्साहन नगरिएको रहस्य उजागर गरेकी छन् । लण्डन पुगेर अक्सोफोर्डबाट अर्थशास्त्र र राजनीतिमा मास्टर्स डिग्री गरेकी उनलाई परिवारका कसैले पनि अभिनय गर्दा उत्साहित नबनाएको बताउँछिन् । बाबुले पनि उनलाई व्यावसायिक काममा हात हालेको हेर्न चाहन्थे तर यति हुँदाहुँदै पनि परिवारले आफूलाई मन लागेको काम गर्न भने छुट दिएको हुँदा आज आफू अभिनेत्री बन्न सफल भएको बताएकी छन् ।
बलिउड हट बाला सन्नी लियोनले बेंगलरुमा नयाँ वर्षको अवसरमा तामझामको प्रस्तुति दिने भनिएको कार्यक्रमलाई त्यहाँको प्रहरीले अस्वीकार गरेको छ । बेंगलारु प्रहरी कमिस्नर टि सुनील कुमारले सहरमा हुन लागेको सन्नीको कार्यक्रम ‘नियम कानुनको पालना गर्नका लागि’ गर्न नदिएको बताए । अझ उनले कार्यक्रमकै कारण असुरक्षाको आभास हुन सक्ने भन्दै यस्तो निर्णय गर्नुपरेको बताएका छन् ।
नयाँ वर्ष नजिकिदै गर्दासम्म पनि हलिउडमा थरिथरिका फिल्म प्रदर्शनमा आए । कतिपय फिल्मले बक्स अफिसमा कीर्तिमान कायम गरे भने कतिपय चाइँचुइँ पनि गर्न पाएनन् । तर विधाको कुरा गर्ने हो भने यस वर्ष सुपरहिरो फिल्म निकै फाप्यो । यही वर्ष मात्रै आएका कमिकमा आधारित छ फिल्मले फिल्मी बजारलाई तरंगित बनाइदिए । धेरै सुपरहिरो फिल्म आएर दर्शकहरुलाई वाक्क पनि बनाए । तर यस्ता कुरालाई फिल्मको बक्स अफिसले बिर्सन बाध्य बनाइदियो ।
अभिनेत्री तथा गायिका जेसिका सिम्पसनले आजसम्मकै कामुक तस्बिर खिचाएर हंगामा मच्चाएकी छन् । ३७ वर्षे जेसिकाले खुला छोडिएको छातीसहितको तस्बिर खिचाएकी छन् । बिदामा रहेकी उनी तस्बिरमा हरियो रेसमको लुगा लगाएकी छन् । लुज छोडिएको रातो ब्राबाट उनका वक्षस्थल मच्चाले चियाएको देख्न सकिन्छ । ओठमा रातो लिपस्टिक लगाएकी उनले कामुक नजरले क्यामेरातिर हेरेकी छन् । आमा भएर पनि कामुक तस्बिर खिचाइरहँदा उनलाई छेडछाड गर्नेहरु धेरै छन् ।
दुई सन्तानकी आमा डोउटजन क्रोसले स्वीमसुटमा सेक्सी तस्बिर खिचाएकी छन् । ‘लभ एडभेन्ट’ क्यालेन्डरका लागि फोटोसुट गर्ने क्रममा खिचिएको तस्बिरमा उनी जिम वर्कआउट गर्दै गरेको देख्न सकिन्छ । फोटासुट हेर्ने हो भने उनी आमा हुन् भन्ने नै बिर्सन बाध्य हुने भिडियोमा उनको सुगठित शरिर निकै कामुक देख्न सकिन्छ । ३२ वर्षे क्रोसको भिडियो भाइरल भएसँगै भिडियोलाई लाखौंले हेरेका छन् । क्रोएस अघि एस्ले ग्राहम र इमिली राटाजोक्सी लगायतका मोडेलहरुले समेत क्यालेन्डरका लागि कामुक तस्बिर खिचाएका छन ।
आमिर खानको फिल्म ‘दंगल’मा छोरी गीता फोगटको भूमिकाका साथै आमिरकै अर्को फिल्म ‘सेक्रेट सुपरस्टार’की अभिनेत्री जायरा वसिममाथि यौन दुव्र्यवहार भएको छ । दिल्लीबाट मुम्बई जाँदै गर्दा हवाइजहाजमा रहेका पाका मानिसले उनलाई दुव्र्यवहार गरेका थिए । केही समयपछि जायराले रुँदैरुँदै इन्स्टाग्राम लाइभ गरेर सबैसामु आफूलाई पाको उमेरको मानिसले यौन दुव्र्यवहार गरेको बताएकी छन् । १७ वर्षे उनले आफूलाई दुव्र्यवहार भएको भन्दै हावईजहाजका मानिसलाई भन्दा समेत उनीहरुले कान नसुनेझैं गरेपछि उनले आफूमाथि भएको दुव्र्यवहारको भिडियो मोबाइलमा कैद गरेकी थिइन् ।
बलिउडका पछिल्लो समय युवापुस्तामाझ निकै लोकप्रिय अभिनेत्री अनुष्का शर्माको बिहे भएको छ । लामो समयदेखि क्रिकेटर विराट कोहलीसँग प्रेममा रहेकी अनुष्काले विराटसँगै इटालीको टसक्यानीमा विवाह गरेकी हुन् । नजिकका आफन्त र साथीभाई मात्र बोलाइएको बिहे गत डिसेम्बर ९ देखि १२ सम्म धुमधामका साथ गरिएको छ । उनीहरुले परम्परागत पोसाकमा सजिएर हिन्दु शैलीमा विवाह गरेका छन् । विवाहपछि उनीहरुले सामाजिक सञ्जालमा सेयर गरेका तस्बिरमा उनीहरु मुस्कुराइरहेको देख्न सकिन्छ ।
बलिउडकी सुन्दर अभिनेत्री माधुरी दिक्षितले युवापुस्ताका अभिनेता वरुण धवनसँगै ठुम्का लगाउँदा बलिउड वृतमा सनसनी मच्चिएको छ । उमेरले बुढी भएपनि माधुरीमा भएको जोशलाई मान्नै पर्छ । केही वर्ष अघि ‘ये जवानी हे दिवानी’मा रणविर कपुरसँगै ‘घाग्रा’मा ठुम्का लगाएकी उनले केही दिन अघि सम्पन्न स्टार स्क्रीन अवार्डमा वरुणसँगै ‘तम्मा तम्मा’ बोलको गीतमा ठुम्का लगाएकी हुन् । वरुणसँग ठुम्का लगाएको माधुरीको भिडियो आजभोली भाइरलजस्तै भएको छ ।