सुँगुरले जन्माएको हेर्दा बाँदरजस्तो देखिने एक आँखे छाउरो अचेल रातारात चर्चित हुन पुगेको छ । खैरो रङको उक्त विचित्रको छाउरो क्युबाको सान जुआन र मर्तिनेज क्षेत्रको पिनार डेल रियो प्रान्तमा जन्मिएको थियो ।
यो संसार पनि अजिबको छ । बाँच्नु मात्र पर्छ नानाभाँतीका चिजहरु देख्न पाइन्छ । त्यस्तै एउटा रोचक कुरा छ, एउटा हाँसको अन्डाबाट दुई चल्ला कोरलिएको खबर । एक महिला इन्क्युबेटरमा राखिएका हाँसका अन्डामध्ये एक अन्डाबाट दुई चल्ला कोरलिएपछि अचम्ममा परेकी छन् ।
मानिसहरु जीविका गुजार्न कस्तोसम्मका संघर्ष गर्लान् ? तपाईं अनुमानसमेत गर्न सक्नु हुन्न होला । उनी अरु मानिसजस्तो बस, ट्रेन वा साइकल कुर्दैनन् । उनी हुन्, जर्मनीको म्युनिखका ४० वर्षे बेन्जामिन डेभिड । नदीको २ किलोमिटर पौडीबाटो हुँदै काम गर्नैका लागि डेभिड पौडने गर्छन् ।
अन्टार्कटिकामा काम गर्ने दुई जना बेलायती गाइडले आर्कटिक टेरिटरीमा बिहे गर्ने पहिलो जोडी बन्न पुगेका छन् । टम सिल्भेस्टर र जुली बलमे अन्टार्कटिका प्रायद्विपको पश्चिममा रहेको एडिलेड आइल्यान्डस्थित रदेरा रिसर्च स्टेसनमा बिहे गरेका हुन् ।
छुट्टी मनाउने क्रममा खिचिएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको तस्बिर यतिबेला भाइरल भएर मेमे र ट्रोलमा निकै चर्चित भएको छ । पुटिन अगस्टको सुरुवातदेखि दक्षिणी साइबेरियास्थित समुद्री क्षेत्र छुट्टी मनाइरहेका छन्।
११ वर्षदेखि सम्बन्धमा रहेको एक बेलायती जोडी अन्टार्कटिका क्षेत्रमा पहिलोपटक विवाह गर्ने जोडी भएको छ । आफूले कल्पनासम्म नगरेको पृथ्वीको भूभागमा विवाहमा बाँधिदा उनीहरु यतिबेला दंगदास छन् ।
घरमा मुसा आएर हैरान हुनुहुन्छ ? अथवा मुसाको बिघ्नबाधाले तपाईं आक्रोशित हुनुहुन्छ भने केही छिन शान्त रहेर यो सामग्री पढ्नुहोस् । मुसालाई बदमास प्राणीका रुपमा हेर्ने आम मानिसको बुझाइलाई क्यानडाका ३२ वर्षे फोटोग्राफर डिएनी ओजडमरले चिरेकी छन् ।
चोरी गर्न चोरहरुले कस्तासम्मका तरिका अपनाउलान् भन्ने अनुमान गर्न सक्नुहुन्छ ? इटालीका दुई चोरले चोरी गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मास्कको सहारा लिएका छन् । डोनाल्ड ट्रम्पको अनुहारधारीले चोरी गरे पनि तिनलाई पक्रन प्रहरी सफल भएको छ । चोरलाई पक्रेपछि यो खबर संसारभर छाएको हो ।
एउटा बाँदरले कस्तोसम्मको बदमासी गर्न सक्ला भनी तपाईंले अनुमान गर्न सक्नुहुन्छ ? एक बाँदरका कारण एक जना होइन, दुई जना होइन हजारौँ कर्मचारीको कामकाज ठप्प भएको छ । कुरा भने जाम्बियाको हो ।
इहाडो निवासी एक माझीले त्यहाँ आजसम्मकै ठूलो ट्राउट माछो फेला पारेका छन् । सिड्नी सेलान नाम भएका ती माझीले उटाहमा रहेको फ्लेमिङ गोर्ज रिजभ्र्वायरमा ४८ इन्चको ट्राउट माछा फेला पारेका हुन् ।
दक्षिणपूर्वी विस्कनसिनको एक बैंकमा बाढी आएसँगै पैसा भिजेका छन् । बुर्लिङटनको फक्सरिभर स्टेट बैंकमा गत साता भारी मात्रामा परेको पानीसँगै बाढी आउँदा त्यहाँ राखिएका नोट भिज्न पुगेका हुन् । उक्त बैंकका सिइओ केथ पोलेकले भने मिडियाले कति नोट भिजे भन्ने प्रश्नको उत्तर दिन चाहेनन् ।
तपाईं हामीलाई एक दिन दाँत नमाझ्दा त सकसक लाग्छ । २१ वर्षे एक युवकले भने २० वर्षदेखि दाँत माझेका छैनन् भन्दा कस्तो लाग्ला ? बेलायती २१ वर्षे युवाले २० वर्षदेखि दाँत नमाझ्नुका साथै मुख कुल्ला नगरेको समाचार र यससँगै आएको भिडियो इन्टरनेटमा भाइरल भएको छ ।
चीनको एक हात्तीको छावाले यतिबेला इन्टरनेटमा सबैको ध्यान खिचेको छ । भाइरल भिडियोमा छावालाई पेटको सहायतामा भिरालो चिप्लो बाटोमा चिल्पेटी खेलेको देख्न सकिन्छ । रोचक त के छ भने छावा आफ्नो पुट्ट परेको पेटको सहारामा चिप्लेटीमा रमाइरहेको छ ।
चकलेट मुखलाई गुलियो हुन्छ । नेपालमा चल्तीकै भनाइ नै छ नि, जता गुलियो त्यतै भुलियो । तर गुलियो चकलेट खाने लोभमै करिब एक दर्जन किशोर किशोर अस्पताल पुगेका छन् । गम्मी बिर्यस नामको चकलेट खाँदा उनीहरु बिरामी बन्न पुग्दा अस्पताल भर्ना हुन पुगेका हुन् ।
सुन्दा अचम्म लाग्छ होला । पठाएको ४० वर्षपछि मेल आउँदा कस्तो होला । बेलायतका स्टेवार्ट ग्लासले आफ्नो मेलमा ४० वर्ष अघि पठाएको रहस्यमय पोस्टकार्ड पाएका छन् । डोरम्याट नजिक रहेको मेलबक्स जाँचपड्ताल गर्दा ग्लासले आफूसँग अन्जान दुई महिलाले पठाएको पोस्टकार्ड फेला पारेका हुन् ।
बेलायतमा पहिलो पटक मुस्लिम युवाबीच समलिंगी विवाह भएको छ । २४ वर्षे जाहेद चौधरी र १९ वर्षे सिन रोगनबीच समलिंगी विवाह सम्पन्न भएको हो । परम्परागत सुनौलो सेरवानीमा सजिएका उनीहरुले वालसल रजिस्ट्री अफिसमा उनीहरुको विवाह भएको थियो ।
भर्खरै जन्मने बित्तिकैको एक बालकको पहिलो तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । ट्वीटरमा भाइरल बनेको भारतीय बालकको उक्त तस्बिर यतिबेला मेमे र ट्रोलमा निकै रुचाइएको छ र उसको ‘स्वाग’ शैलीलाई धेरैले मन पराएका छन् ।
एक्काइसौं शताब्दीमा भूतप्रेतको कुरा गर्नु बुद्धिमानी मानिँदैन किनभने भूत हुन्छ या हुन्न भन्नेबारे वैज्ञानिकहरुबाट ठोस कुरा बाहिर आएको पनि छैन । बेलाबेला समाचारहरुमा आउने भूतका प्रसङ्गले भने सञ्चारमाध्यमलाई मसलाको काम गर्छन् । यस्तै पछिल्लो समाचारमा एकजना आमाले आफ्नो निदाइरहेको दुधे बच्चासँगै भूत फेला पारेको प्रसंगले यतिबेला चर्चा कमाएको छ ।
चीनको एक पाँच तले घर यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । चिनिया सहर चोंगकिंगमा रहेको उक्त घरको छत कार चल्ने सडक बन्न पुगेको छ । तस्बिरमा छत माथिको सडकमा सवारी सहजै आवत जावत गरेको देख्न पाइन्छ । यतिबेला उक्त घरमाथि दुई लेनको सार्वजनिक सडक बनेको छ । सडको छेऊछाऊमा रुख विरुबा र केही पसलहरु पनि छन् ।
मिसौरीका २५ वर्षे युवा कनराड कफम्यान आफ्नै बहिनीको अपहरणका कारण जेलको हावा खान बाध्य भएका छन् । कनराडले बहिनीको बिहेको केही दिनअघि उनलाई अपहरण गरेका थिए । पछि रहस्य बुझ्दै जाँदा उनले आफ्नो बहिनीज्वाईं मन नपरेकै कारण अपहरण गरेको खुलेको छ ।