संसारमा राम्रो र सुन्दर कुराको मात्र चर्चा परिचर्चा हुन्छ तर यतिबेला संसारकै कुरुप कुकुरले सबैको ध्यान आकर्षित गरेको छ । १२५ पाउन्डको मार्था नामक पोथी कुकुरले संसारकै कुरुप प्रतियोगिताको २९ औं संस्करणको शीर्ष उपाधि हालै पाएको हो ।
के तपाईं भर्खरै जन्मिएको बच्चाजस्तै देखिने, हातगोडा चलाउनेमात्रै नभई ठ्याक्कै नवजात शिशुजस्तै खेलौना चाहनुहुन्छ ? वा आधा मान्छे आधा सुँगरको छाउरो भएको खेलौना लिनुहुन्छ । यदि हो भने तपाई उत्तरी स्पेन पुग्नुपर्ने हुन्छ ।
न्युयोर्कमा सयौं पर्यटकहरुको हुलका कारण धेरै मानिसहरु मुख बाउन बाध्य भएका छन् । कम्तीमा २०० नग्न मोडलहरु टाइम्स स्क्वायरअघि भेला भएर आफ्नो नग्न शरीरमा अनेकौं कुरा पेन्ट गरेर समानताको वकालत गरेका छन् । ‘
रूख–बिरुवाबारे तपाईंहरुलाई बताइरहनु नपर्ला । रूख–बिरुवाबारे सानो कक्षाका विद्यार्थीहरू समेत जानकार छन् । जमिनमा पाइने रूख–बिरुवा पानी र सूर्यको प्रकाशको भरमा बाँच्छन् । तर संसारमा त्यस्ता केही बोट बिरुवा पनि छन्, ती मांसाहारी हुन् । सुन्दा अचम्म लाग्यो होला ।
मानिसका सोख पनि कति अचम्मका छन् । चर्चाकै लागि मानिसले अनेक हर्कत गर्ने गर्दछन् । यस्तै एक जोडीले एक अर्काको रगत पिएर चर्चा बटुलेका छन् । हरर मनपराउने ती जोडीले एक अर्काको रगत पिएको बारेको समाचार यतिबेला निकैले पढेका छन् ।
पाँचजना व्यवसायिक केक सेफले फ्रान्सको २५ औं स्ट्रबेरी महोत्सवमा संसारकै लामो स्ट्रबेरी केक बनाएका छन् । गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता गराउन उनीहरूले १०५ फुट लामो स्ट्रबेरी केक तयार पारेका हुन् । पाँचजना सेफले आ–आफ्नो भागको केक निर्माण गरेका थिए ।
राम्रा राम्रा सेल्फि राखेर इन्स्टाग्राममा चर्चा बटुल्ने युवा युवती धेरै छन् । तर सबैलाई माथ गर्दै एकाएक बिरालीको चर्चा आजभोली छाएको छ । जापानी लुगामा सजिएर इन्स्टाग्राममा चर्चित पोथी बिरालीको नाम मारो हो ।
ब्राजिलका एक जना मेसिन सञ्चालकको हात हिजोआज गोजीभित्र होइन, पेटभित्र छ । डाक्टरहरूले उनको हात पेटभित्र हालेर सिलाइदिएका हुन् । ब्राजिलमा प्लास्टिकका सामग्री बनाउने एउटा कम्पनीमा काम गर्ने उनी एक दिन दुर्घटनामा परे ।
अमेरिकी शहर न्युयोर्कनिवासी ब्रायन स्लेन्करको जिब्रो चौडा छ । भन्छन्, ‘साथीहरू मेरो जिब्रोलाई आइफोन ६ भन्दै जिस्काउँछन् ।’ उनको जिब्रो ३.३७ इन्च चौडा छ ।
ब्रिटेनबाट चीनसम्म पुग्ने ७५ सय माइल लामो रेल सेवा सञ्चालमा आएको छ । यति लामो दूरीसम्म कुनै पनि रेल सेवा यसअघि सञ्चालित थिएन । सो रेललाई मालसामान ढुवानी गर्न प्रयोग गरिएको छ ।
भारतीय शहर सिमलाको एउटा रेस्टुरेन्ट अहिले चर्चित बन्न पुगेको छ । रेस्टुरेन्टमा कारावास सजाय भोगिरहेका चारजना कैदीले काम गर्ने गरेको सार्वजनिक भएपछि सो रेस्टुरेन्ट चर्चित बन्न पुगेको हो ।