गायक राजेशले अनुभव सुनाए, ‘नेपालमा त धेरैले चिन्ने र माया गर्ने गर्नुहुन्छ त्यसैले हिँड्न अप्ठेरो हुन्छ। हिँड्न मज्जा आउँछ हिँड्नु स्वस्थकर हो भन्ने थाहा छ मलाई।’
व्यक्ति मानसिकरुपमा स्वस्थ तथा फिट रहनका लागि ध्यान, प्राणायाम गर्नु आवश्यक हुन्छ। मानसिक रुपमा स्वस्थ र फिट रहनका लागि उठेर तथा बसेर सहज महसुुस गर्दै लामो श्वास लिँदै छोड्दै गर्न आवश्यक हुन्छ।
तेस्रो संस्करणको मिस एण्ड मिसेस फिटनेसको ताज पोखराकी बिमला शेरचनले जितेकी छन्। सेप अप जुम्बाको आयोजनामा पोखरा ग्राण्डमा शुक्रबार भएको ग्राण्ड फिनालेबाट देशभरका १२ प्रतिस्पर्धीलाई पछि पार्दै शेरचनले ताज पहिरिएकी हुन्।
आँखा जीवनको महत्वपूर्ण र संवेदनशील अंग हो। आँखालाई बचाउन तथा स्याहार गर्न अत्यावश्यक हुन्छ। आँखालाई स्वस्थ राख्नका लागि पोषणको जति आवश्यक हुन्छ, आँखाको व्यायामको त्यतिकै आवश्यक हुन्छ।
शरीरमा मुसा आएकै कारण ज्यानै जाने त जोखिम हुँदैन तर त्यसले शरीरका अंगको सुन्दरतामा भने अवश्य खोस्छ। सुन्दरतामा रुचि राख्नेहरुले त त्यसलाई तुरुन्तै हटाउने उपाय खोज्छन् तर ज्यानै जाँदैन भने किन चलाउने भनेर मुसा पालेर बसिरहनेलाई चिकित्सकको सुझाव छ, ‘यसलाई पालेर नराख्नुस्।’ त्यसमाथि कतिपय मुसा त ज्यानै लिने किसिका समेत हुन्छन्।
अनुहार व्यक्तिको सबैभन्दा चर्चा र नजर पर्ने अंग हो। अनुहारले व्यक्तिको व्यक्तित्वसमेत झल्कन्छ। अनुहारकै भाव लगायतका कारण व्यक्ति स्वस्थ वा रोगी तथा समस्यामा परेको छ–छैन भन्ने बारे थाहा पाउन मद्दत पुग्छ।
कपडा शरीर ढाक्ने साधन मात्रै हैन । यो व्यक्तित्व झल्काउने माध्यम पनि हो । मौसमअनुसारको पोसाक, रङ र शरीरको आकार मिल्दा व्यक्तित्व अर्कै हुन्छ । त्यसैले फेसनमा सचेतका लागि चिसो मौसम त्यत्ति प्रिय लाग्दैन ।
हरेक वर्ष भ्यालेन्टाइन डेलाई केन्द्रित गरेर फेसन डिजाइनरहरुले विभिन्न पोसाक सार्वजनिक गर्ने गरेका छन् । डेटिङदेखि पार्टीसम्म रोमान्टिक देखाउन रंगिन रङको प्रयोग गरिएका ड्रेस बजारमा देखिन थालिसकेका छन् ।
भ्यालेन्टाइन डेलाई लक्षित गरेर प्यान्टोन कलर इन्ट्युट्युटले यसवर्षका लागि विभिन्न कलरको ट्रेन्ड सार्वजनिकसमेत गरेको छ ।
यस वर्ष सिक्युन्स्, झिलझिले, फोरालप्रिन्ट्स, प्लड्स, पारदर्शी र उज्यालो रंग प्रयोग गरिएको ड्रेसहरुको ट्रेन्ड सुरु भएको छ । मध्य जाडो र गर्मीका लागि विश्वव्यापी फेसन ब्राण्डहरु गुची, मार्स जाकोब्स् र भर्साचीलगायतले आ–आफ्नो कलेक्सन बजारमा पठाइसकेका छन् ।
मोडल एव भीजे सुबह आचार्य जिन्स भनेपछि भुतुक्कै हुने गर्छन् । चाहे सर्टसँग होस् या टिसर्टसँग उनको पहिलो च्वाइस जिन्स नै हुने गर्छ । फेसनमा बढी रुचि राख्ने भएकाले उनीसँग जिन्सको राम्रै कलेक्सन छ ।
राम्रो पहिरन लगाउँदैमा मात्र आकर्षक देखिँदैन । पहिरनसँगै शरीरिक बनावट पनि मिलेको हुनुपर्छ या फिट हुनु आवश्यक छ । मोटोपनको समस्या कामकाजी महिलाहरुमा बढी देखिने गर्छ किनभने उनीहरू अफिस एवं घर दुवैतिर बाँडिनुपर्ने हुन्छ ।
प्रोफेसनल मोडल एवं नायक दिक्पाल कार्की हरेक फेसन इभेन्टमा टक्सिडो सुट लगाउन रुचाउँछन् किनभने फर्मल वेयरमा यो उनको सबैभन्दा मनपर्ने पहिरन हो । ‘टक्सिडो सुट’मा स्मार्ट देखिनुका साथै मलाई मनपर्ने ड्रेस भएकाले प्रायः फर्मल वेयरमा म टक्सिडो प्रयोग गर्न रुचाउँछु,’ उनी भन्छन् ।
स्टाइलिस लुक अब महिलाहरुमा मात्र सीमित रहेनन्, यसका लागि पुरुष पनि सजग हुन थालेका छन् । युवा उद्यमी, मोडेल तथा इभेन्ट अर्गनाइजर विशाल गुरुङ हरेक अफिसियल पार्टीमा सुटसँग गाढा रङका सर्टहरु लगाउने गर्छन् । उनी गाढा रङमा मिल्दो टाई लगाउन छुटाउँदैनन् । यो उनको फेसनको रुचिमा पर्ने गर्छ ।
स्टाइलिस देखिन युवतीहरु विभिन्न फेसन गर्दै हिँड्छन् । कपडासँगै बजारमा चलेका नयाँ–नयाँ डिजाइनका जुत्तामा ठाँटिन पनि खूब रुचाउँछन् । प्रोफेसनल देखिन र व्यक्तित्व झल्काउन हिल स्यान्डल उपयुक्त मानिन्छ तर पुरानो फेसनको रुपमा मानिने फ्ल्याट जुत्ता रुचाउने पनि हिजोआज बढ्न थालेका छन् ।
‘धराने कालो बंगुरको मासु’ राजधानीमा प्रसिद्ध छ । ब्राण्ड बनिसकेको कालो बंगुरको सेकुवा खान मन लागे ललितपुर, ताल्छिखेलको ‘न्यु कुखुरी काँ’ सेकुवा कर्नरमा पुगे हुन्छ । सेकुवा मात्र होईन पूर्वेली तोङ्वा सुकुटीको स्वाद पनि चाख्न पाईन्छ ।
अनुहारमा आउने दागधब्बा, चाउरी, फुस्रोपन, मुसा, चायापोतोले धेरैलाई सताएको हुन्छ । चायापोतो हटाउन धेरै औषधिको प्रयोग गर्नेहरू पनि भेटिन्छन् । केमिकलयुक्त औषधिको अत्यधिक प्रयोगले चायापोतो हट्नुको साटो अनुहार नै कुरूप हुन सक्छ ।