अग्नि ग्रुपको सहायक कम्पनी तथा महिन्द्रा टु ह्विलरको आधिकारिक बिक्रेता अग्नि मोटो इन्कले नेपाली बजारमा गस्टो आर एस स्कुटर सार्वजनिक गरेको छ । स्पोर्टी बडिग्राफिक्स रहेको स्कुटर रातो तथा सेतो र नीलो तथा सेतो रङमा उपलब्ध छ । १०९.६ सिसीको सिंगल सिलिन्डर रहेको स्कुटरमा एयर कुल्ड इन्जिनले ८ बिएचपीको पावर र ९ एनएमको पिक टर्ग दिन्छ ।
विश्व प्रसिद्ध मोबाइल कम्पनी नोकियाकोे नोकिया ८ नेपाली बजारमा सार्वजनिक भएको छ । यो हाई पर्फर्मेन्स भएको दाबी गरिएको नोकिया पहिलो नयाँ जेनेरेसन स्मार्टफोन हो । जेसिस्–अप्टिक्स र ओजो स्पाटिया ३६० डिग्री अडियो यसका थप विशेषता हुन् । एडभान्स आल्मुनियम युनिबडी डिजाइन भएको नोकिया ८ मा लाइभ स्ट्रिमिङको लागि डुअल साइट मोड र स्प्लिट स्क्रिन भिजुअल पनि राखिएको छ ।
१४ वर्षकै उमेरमा व्यवसाय सुरु गरेकी भक्तपुरकी लक्ष्मी महत सफल ब्युटिसियन र फेसन डिजाइनर हुन् । स्कुले जीवनमै होटलमा कुकबाट आफ्नो करिअर सुरु गरेकी महत अहिले नयाँ युवतीको करिअर निर्माणमा सहारा बन्दैछिन् ।
कपिलबस्तुकी कल्पना थारु आफूले बनाएका हस्तकलाका सामग्री बिक्री गर्न काठमाडौं आएकी छन् । थारुले काँसबाट तयार गरेका उपहारका सामग्री बिक्री गर्नको लागि राजधानीको भृकुटीमण्डपमा जारी हस्तकला मेलामा स्टलनै राखेकी हुन् । कल्पनासहित कपिलवस्तुका आएका चार जना थारु महिलाले आफ्नो सीपको प्रचार गर्न राजधानी आएको बताउँछन् ।
चुनावमा होमिएका प्रमुख राजनीतिक दलले युवालाई रोजगारी सिर्जना गर्ने आश्वासन सहितका घोषणापत्र सार्वजनिक गरेका छन् । रेमिट्यान्सको भरमा धानिएको अर्थतन्त्रले मुलुकलाई दीर्घकालीन रुपमा परनिर्भर बनाउने भएपछि स्वदेशमै रोजगारी सिर्जनालाई उच्च प्राथमिकतामा राखेका हुन् ।
नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई मेगा एक्सचेन्ज विक’सुरु गरेको छ । कात्तिक २६ देखि मंसिर २ गतेसम्म हुन्डाई ब्रान्डका सबै मोडलमा लागू हुने गरी राष्ट्रब्यापी रुपमा कार्यक्रम आयोजना हुन लागेको कम्पनीले जनाएको छ ।
सिजीफुड्सले आफ्ना कारखानामा कार्यरत स्थायी कर्मचारीका छोराछोरीमध्येबाट उत्कृष्ट ११ जनालाई ज्ञान उदय वाइवाइ छात्रवृत्ति वितरण गरेको छ । ललितपुर, भैंसेपाटीस्थित कारखाना रहेको कम्पनीले सो क्षेत्रको वडा १८ र २५ मा बसोबास गरेका मध्येबाट २०७३ को ५ कक्षामा उत्कृष्ट पाँचजना र एसइईमा उत्कृष्ट चारजना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो ।
तालिम लिँदालिँदै भारतीय सेनाको जागिर छाडेर व्यवसायमा आएका बागलुङका कृष्ण भण्डारी सफल व्यवसायीको रुपमा स्थापित छन् । विगत आठ वर्षदेखि काठमाडौंमा हेल्दी होममार्फत् भण्डारीले शरीरको मोटोपन हटाउका लागि प्राकृतिक उपचार पद्यति सञ्चालन गर्दै आएका छन् ।
अर्बपति उद्योगी विनोद चौधरी तत्कालीन राजपरिवारसँग निकटस्थ थिए । जनआन्दोलनपछि उनी एमाले प्रवेश गरेर सांसद बने । एमालेका तर्फबाट संसद् भवन छिरेका उद्योगपति विनोद चौधरी अब भने नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभामा छिर्ने तयारीमा छन् ।
हिरो मोटरसाइकलको बम्पर उपहारमा चौथो र पाँचौ पुरस्कार राम सुनेश चौधरी र अविनय ढुगानाले एक–एक लाख रुपैयाँ जितेका छन् । नेपालका लागि आधिकारिक विक्रेता नेपाल जेनरल मार्केटिङले दसैं र तिहारको अवसरमा उक्त बम्पर उपहार आयोजना गरेका हुन् ।
टाटाका गाडीको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी टे«डिङले कम मूल्य, आकर्षक डिजाइन र इन्धन खपत कम गर्ने विशेषताका कारण टियागोको बिक्री बढेको बताएको छ । सिप्रदीका अनुसार एक वर्षमा आठ सयभन्दा बढी गाडी बिक्री भएको छ ।
निर्वाचन नजिकिँदै जाँदा मतदातालाई रिझाउन दलले आर्थिक एजेण्डालाई प्राथमिकता राख्दै आफ्ना घोषणा पत्र सार्वजनिक गर्न थालेका छन् । प्रतिनिधि सभा र प्रदेश सभालाई लक्षित गरेर नेपाली कांग्रेस र नयाँ शक्तिले आफ्ना घोषणा पत्र सार्वजनिक गर्दै मुलुकलाई आर्थिक रुपमा सम्वृद्ध बनाउने महत्वाकांक्षी योजना तयार गरेका छन् ।
भारतको राजस्थान उद्गम थलो रहेका मनिष गोयलका परिवार लामो समयदेखि नेपालमा विभिन्न व्यवसाय गर्दै आएका छन् । पुस्तौनी व्यवसायलाई निरन्तरता दिँदै आएका गोयल अहिले मोडुलर किचनको व्यवसायमा तल्लिन छन् ।
व्यापार घाटा कम गरेर औषधि आयात घटाउने सरकारले नीति लिए पनि औषधिमा विदेशकै भर पर्नुपर्ने अवस्था छ । औषधि उद्योगमा आत्मनिर्भरताको दिशातर्फ उन्मुख गराउन सरकारले स्वेदशी उद्योगलाई प्रोत्साहन गरे पनि ५६ प्रतिशत औषधि विदेशबाट आउने गरेको छ । ४४ प्रतिशतमात्र स्वदेशी उद्योगको हिस्सा रहेको छ ।
गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले नयाँ एलइडी बल्ब सार्वजनिक गरेको छ । हिमस्टार एलइडी बल्ब नेपालको पहिलो अन्तर्राष्ट्रिय स्तरको सीई सर्टिफाइड एलइडी बल्ब रहेको कम्पनीले जनाएको छ ।
झट्ट हेर्दा पूजारी जस्ता । निधारमा सधैँ टीका । हातमा औंलाभरी औंठी । दैनिकी पनि धर्मकर्मबाटै सुरु गर्छन् । बिहान पाँच बजे उठेर धार्मिक अनुष्ठान । अफिस पुगेपछि हुनमान पाठ । अनि सुरु हुन्छ, वीरगञ्जका रुपेश पाण्डेको दैनिकी ।
दसैंको सांकृतिक र धार्मिक महत्व त छँदैछ । विभिन्न पेसा, व्यवसायमा देश, विदेशमा गएका घर फर्किने । आफूभन्दा ठूलासँगबाट टीका ग्रहण गर्ने आशीष थाप्ने । नयाँ लुगा लगाउने र मिठोमसिनो खाने प्रचलन त पुरानै हो ।
ललितपुर पाटनकी फेसन डिजाइनर सविना महर्जनले बुटिक पसल सञ्चालन गरेकी छन् । स्वदेशमा मात्र नभएर विदेशमा समेत बुटिक जडित कपडा निर्यात गर्ने महर्जनले सफलता चुमेकी छन् । करिब आठ लाख रुपैयाँबाट सुरु गरेको उनको व्यवसायमा करिब डेढ करोड रुपैयाँ लगानी पुगेको छ ।
ललितपुरका प्रमोद डंगोल घरमै बसेर मासिक ४० हजार रुपैयाँ कमाउँछन् । उनले धातुका भाँडा तथा मूर्ती बनाउने काम गर्छन् । ‘अरुकोमा काम गर्न भन्दा आफ्नै व्यवसाय राम्रो,’ डंगोलले भने, ‘सामान बनाउन सके राम्रो व्यापार हुन्छ ।’
‘हेल्लो हेल्लो ! अँ, राम्रोसँग सुनिएन, के भनेको रे । रातो कलरको अँ, अँ, अनि अरु ?’ फोन राखिसकेपछि उनी मुसुक्क मुस्कुराइन् र भनिन्, ‘घरमा आमा बा र भाइबहिनीलाई नयाँ कपडा चाहियो रे, भाइलाई नीलो टिसर्ट पाइन्ट अनि कालो चस्मा।’