सुन्दरता सौन्दर्यका साधनसँग मात्र जोडिन्न । शरीरका अंगका आकार आफू अनुकूल बनाउन, शारीरिक रुपमा देखिएका सुन्दरतामा प्रभाव पार्ने कोठी, दाग आदि हटाउन सौन्दर्य साधन अल्पकालीन मात्रै हुन् । चिकित्साविधाले भने यसको दीर्घकालीन समाधान गर्न सक्छ ।
स्तन भुक्क उठेको वा ट्युमर बढेको छ भने क्यान्सर हो कि भन्ने आशंका गर्न मिल्छ । पुरुषको दुवै स्तन एकै साइजको नभएको अवस्थामा पनि क्यान्सरको शंका गर्न सकिन्छ ।
हस्तमैथुन क्रियाकलापको फाइदाको रुपमा एकल यौन सन्तुष्टि वा सहपाठीसँगको सन्तुष्टिलाई लिन सकिन्छ । यसको बेफाइदा, आफ्नो यौन जोडीमा असन्तुष्टि पैदा हुन्छ । हस्तमैथुनको अभ्यास गर्ने पुरुषमा शिघ्र स्खलनको समस्या हुन्छ । पुरुषमा हुने शीघ्र स्खलनका कारण यौन जोडीबीच यौन सन्तुष्टि हुँदैन ।
उमेर बढ्दै जाँदा शारीरिक तथा मानसिक कारणले यौन क्रीडा कम हुन्छ । भासेक्टोमी गर्दैमा सुरुको समयमा धेरै यौन चाहना हुने पनि हुँदैन । धेरै यौन सम्पर्कको चाहना र बढी क्षमता प्रदर्शन गर्नु पुरुषको स्वभाव हो । यौन र क्रीडामा पुरुषको सक्रियता हुन्छ भने अधिकांश महिलाको निष्क्रियता हुन्छ । महिलालाई सक्रिय बनाउने काम पनि पुरुषको हो ।
मोटोपना, मुटुको समस्या, प्रेसर, सुगर, ग्यास्ट्रिक, आन्द्रामा घाउ, पायल्सजस्ता समस्या भएका व्यक्तिले चिल्लोमा पकाएका सेलरोटी लगायतका परिकार धेरै खान नहुने चिकित्सकको सुझाव छ ।
रातोमासु शरीरलाई फाइदाजनक मासु होइन । विशेष गरी ढल्दो उमेर समूहका व्यक्तिलाई रातोमासु फाइदाजनक हुँदैन । बयस्कले भने रातो मासु पचाउँछन् । रातो मासुमा प्रोटिनलगायतका तत्व पाइन्छन् । कुखुरा, माछालगायतको मासु रातो मासुभन्दा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।
महिलाको योनि झिल्ली नफुटेको र पुरुषको लिंगको छाला सुर्किएको छैन भने त्यस्ता यौन जोडीलाई नेपाली चलनचल्तीअनुसार कुमारी तथा कुमार भएको मानिन्छ । झिल्ली च्यातिएको या लिङ्गको छाला तल सरेको छ भन्दैमा उसले पहिल्यै सेक्स गरिसकेको छ भन्ने हुँदैन । यो कुमार या कुमारित्व परीक्षणको वैज्ञानिक माध्यम पनि हैन ।
उच्च रक्तचापले तत्कालै कुनै ठूलै असर पार्ने सम्भावना कम भए पनि लामो समयको अन्तरालपछि मानिसलाई बिस्तारै रोगी बनाउँदै मृत्युशै्यामा पु¥याइरहेको हुन्छ । उमेर बढ्दै जाँदा उच्च रक्तचापको खतरा पनि क्रमिक रुपले बढ्दै जान्छ । उच्च रक्तचाप महिला पुरुष दुवैमा हुन्छ ।
थकान मेटाउने मात्रै हैन ज्यान चङ्गा बनाउनसमेत मसाज प्रभावकारी हुन्छ । मसाजले ज्यानबाट हराएको स्फुर्ति फर्किन्छ । मुड अन हुन्छ । तनाव हराउँछ । यो त भयो सामान्य मसाजको फाइदा । यसमा पार्टनरबाट कामुक मजास पाउन सकियो भने झन् के होला ?
घाममा पानी पनि नखाई, लाइनमा बस्दा र नाच्दा शरीरमा पानीको मात्रा कम हुन्छ । यसले ब्लडप्रेसर घटेर व्रतालुको ज्यानसमेत जान सक्छ । त्यसैले तीजको व्रत बस्नुभन्दा केही हप्ताअघिबाटै आंशिक व्रत बसे राम्रो ।
आवश्यक बच्चा जन्मिइसकेपछि थप बच्चा नजन्माउनका लागि स्थायी बन्ध्याकरण भरपर्दो उपाय हो । स्थायी बन्ध्याकरण गर्ने विधि तथा प्रविधि भित्रिरहेका छन् । तर नेपालमा स्थायी बन्ध्याकरण गरेपछि शारीरिक शक्ति कमजोर हुने भ्रम समेत देखिन्छ । शारीरिक शक्ति कमजोर हुनुका साथै यौन जीवनमा समेत असर हुन्छ भन्ने पनि सुनिन्छ । चिकित्सकहरुका अनुसार यो भ्रम मात्र हो ।
महिनावारी भएको समयमा महिलाहरु आवेसमा आउने, मानसिक तथा शारीरिक तनावमा हुन्छन् । स्तन दुख्नुका साथै पीडा पनि हुन्छ । महिनावारीको समयमा महिलाहरुको खासमा पेट दुख्ने तथा हात खुट्टा दुख्ने भएकाले सकेसम्म यो समयमा सम्बन्ध नराख्दा राम्रो ।
ओरल सेक्स(मुख मैथुन) गर्दा न जिब्रोमा कण्डम लाइन्छ न त लिंगमा नै कण्डम लगाइन्छ । गर्भ बस्ने डर नहुने भएकाले कण्डम लगायत यौन रोगबाट बच्ने साधनमा ध्यान दिइँदैन । त्यसैले पनि ओरल सेक्स गर्दा जोखिम हुने सम्भावना बढी हुन्छ ।
बालबालिका सुतेको कोठामा बुबा–आमाले यौनिक चुम्बन गर्ने, स्तन चलाउने, यौनाङ्गमा हात लैजाने जस्ता गतिविधि समेत नगरे उत्तम । बच्चाले त्यसको सिको गर्ने जोखिम हुन्छ ।
तरुण—तन्नेरीमा जस्तो बुढेसकालको यौन सम्बन्धमा लामो समय कुराकानी तथा गफ हुँदैन । मन मिलेको खण्डमा तुरुन्तै यौन सम्बन्धका लागि तयार हुन्छन् । तर त्यसका लागि समय, स्थान र यौन जोडी बीचको मन भने मिल्नुपर्छ ।