तपाईं आफ्नो गाउँ चिनाउन के गर्नुहुन्छ ? पर्चा पम्पलेट बनाउने । ठाउँठाउँमा होर्डिङबोर्ड राख्ने वा अरु केही ? कास्की, पोखरा र आसपासका जिल्लामा भने आफ्नो गाउँलाई चिनाउन गीत र म्युजिक भिडियोको भरमार प्रयोग हुन थालेको छ । संगीतको मजासँगै सुन्दर भिडियोमा गाउँको प्रचार प्रसार गर्न सहज हुने भएपछि अहिले गाउँका भिडियो र गीत बनाउन होडबाजीजस्तै छ ।
लोक नाटकका लागि कहलिएको पोखरा । यहाँको रंगमञ्चीय इतिहास लामै छ । नाटक मञ्चन गर्दा कलाकारको एउटै गुनासो हुन्थ्यो– पोखरामा गतिलो नाटक घर भएन । अघिल्लो पुस्ता मात्रै होइन, अहिलेको पुस्ताले पनि यो समस्या मजाले भोग्यो । लगालग दुई नाटक र एउटा कविता मञ्चन गरेपछि युथ क्रियशन थिएटर पोखराका कलाकारलाई लाग्यो, पोखरामा गजबको थिएटर भए झन् नाटक कति जम्थ्यो होला ?
गायक बलबहादुर अर्मजा (बलदीप)को नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘नीरमाया’ बोलको म्युजिक भिडियो ‘सङ्स नेपाल’ले युट्युबमार्फत विश्वव्यापी सार्वजनिक गरेको हो । सार्वजनिक भिडियोमा नादिया चोचाङ्गी पुन र विशाल गुरुङले अभिनय गरेका छन् । भिडियोलाई आशीष पुनले निर्देशन गरेका हुन् ।
स्टेजमा रोज्जा कलाकार लहरै बसेका थिए । सबैको ध्यान स्टेजतिरै थियो । रंगीचंगी ध्वजपतका । स्टेज पनि दुलहि झैं सिंगारिएको । धान काटिसकेको खेतमा दर्शक खचाखच थिए । लामो समयको पखाइपछि एमसीले ‘लत्रेपिपल बृहत सांस्कृतिक मेला २०७४’ सुरु भएपछि दर्शकको प्रतीक्षा सकियो ।
गुरुङ भाषा र संस्कारमा आधारित फिल्म ‘म्ले क्यु’ (बिर्साउने पानी)को पोखरामा छायाङ्कन सुरु भएको छ । स्टार स्टुडियोको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा गुरुङ जातिको मृत संस्कारभित्र पर्ने अर्घौ कार्य गर्दा पितृलाई कसरी ‘म्ले क्यु’ ख्वाइन्छ र भौतिक संसारबाट मृत आत्मालाई म्ले क्युको माध्यमबाट कसरी टाढा गराइन्छ भन्ने सन्देश दिन खोजिएको फिल्म निर्देशक जसु गुरुङले जानकारी दिइन् ।
राजकुमार बगर, नेपाली सांगीतिक क्षेत्रमा दुई दशकदेखि उदाएको नाम हो । २०५५ देखि बगर निरन्तर लोक तथा आधुनिक संगीत क्षेत्रमा छन् । उनले लेखेका ‘उडेर जुन छुन्छु भन्थे, मिर्मिरेको घाम, आमा रातो सारी चुरा पोते किन नलाको, तिमी छौ र पो हाँसेको छु म’ लगायत दर्जनौँ लोकदोहोरी तथा आधुनिक गीत श्रोता–दर्शकको जिब्रोमा कण्ठस्थ छन् ।
सानो परी एन्ड सानो बाबु पोखरा–२०१७ को उपाधि हिल प्वाइन्ट उच्च माविमा अध्ययनरत १० वर्षीया रिसीका बसेल र गण्डकी बोर्डिङ स्कुलका ११ वर्षीय समन गुरुङले हात पारेका छन् । उनीहरूले ट्रफी, क्राउन, मेडल, गिफ्ट ह्याम्पर र बीस–बीस हजार रुपैयाँ पुरस्कार पाए ।
कास्कीको मादी गाउँ पालिका वडा न.११ मा पर्ने उपल्लो साप्ले गाउँको चिनारी म्युजिक भिडियो विमोचन भएको छ । गीतमा रजनि रिदम राईको आवाज, लालसुभाव गुरुङको शब्द र संगीत रहेको छ भने गीतलाई तेजेन्द्र गुरुङले एरेन्ज गरेका हुन् ।
१० वर्षमुनिका १८ जना मोडलको सामूहिक अभिनय रहेको म्युजिक भिडियोको छायाङ्कन सकिएको छ । पोखरा कला केन्द्रको प्रस्तुतिमा निर्माण भएको भिडियोको सम्पादन कार्य भइरहेको छ । अनुराग अधिकारीको रचना र नवराज बरालको सङ्गीत रहेको ‘सानी सानी नानी म त नेपालकी छोरी...’ बोलको गीतमा मेलिना राईको स्वर छ ।
स्याङ्जा सिरुबारीमा ३९ घरबाट सुरु भएको होमस्टे फैलँदो गतिमा छ । होमस्टेको विश्वविद्यालयजस्तो ठानिएको गाउँ सिरुबारीको सिको गर्दै पश्चिमका विभिन्न गाउँमा गतिबेला होमस्टेको लहर चलेको छ । अहिले दिन बिराएर देशका विभिन्न ठाउँमा होमस्टे सुरु गरिएका खबर आइरहन्छन् ।
म्युजिक भिडियो होस् वा कुनै विज्ञापन मोडलिङ । मोडल खोज्नका लागि धेरैको रोजाई बनेको थियो पोखरा । मोडलिङमै करियर बनाउने योजनाका साथ पोखरामा एकताका मोडलहरु निकै जुर्मुराए । सबैलाई सोचेजस्तो कहाँ हुनु र ? मोडलिङमा हाम फाल्ने मोडलमा पनि यो कुरा अपवाद बन्न सकेन । पछिल्लो समय पोखराका मोडलहरु धमाधम पलायन भएका छन् ।
पठन संस्कृतिको विकासका लागि पोखरामा व्रिmयाशील ¥याण्डम रिडर्स सोसाइटी अफ नेपालको अध्यक्षमा केशवशरण लामिछाने निर्वाचित भएका छन् । सोसाइटीको शनिबार भएको पाँचौँ अधिवेशनले पत्रकार लामिछानेको नेतृत्वमा २ वर्षे कार्यकालका लागि एक सदस्य पछि थप्ने गरी १० सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
ब्लु रेज प्रोडक्सन एन्ड इभेन्ट म्यानेजमेन्ट कम्पनीको आयोजनामा दोस्रो संस्करणको मिस डिभा पोखरा हुने भएको छ । पहिलो संस्करणमा भन्दा केही पृथक् बनाउने सोचका साथ तयारीलाई तीव्र पारिएको इभेन्ट म्यानेजर सागर आचार्यले बताए ।
रंगीचंगी उज्यालोले सबैको ध्यान स्टेजतिरै थियो । स्टेज पनि दुलही झैं सिंगारिएको । दर्शक हलभरि खचाखच । लामो समयको पर्खाइपछि कम्मर हल्लाउँदै रेड कार्पेटमा मोडलको परेड सुरु भयो । सजी सजाउ स्टेजमा विभिन्न भावभंगिमा एकपछि अर्को गर्दै मोडल क्याटवाक गर्दै र्याम्पमा उत्रिएपछि दर्शकले तालिका पर्रा छुटाए ।
नागरिक पश्चिमेलीको प्रस्तुति मेट्स इन्टरनेशनल ‘मिस पोखरा २०१७’ को ताज पोखरा सृजनाचोककी २० वर्षीया ममता जोशीको शिरमा परेको छ । १५ प्रतिस्पर्धीलाई उछिन्दै उनले उपाधिको ताज आफ्नो पोल्टामा पारिन् । नर्सिङ पेसामा आबद्ध ममताले चाँदीको ताजसँगै यामाहाको फेसिनो स्कुटर र पचास हजार रुपैयाँका साथै अन्य पुरस्कारहरु पाइन् ।
लाहुरे बन्न पहिलेजस्तो सजिलो छैन अहिले । न्यून सङ्ख्यामा लिने भएकाले कडा प्रतिस्पर्धा गर्नुपर्छ । लाहुरे देखिने सिजन सुरु हुनै लाग्दा पोखरामा भर्ती देखिने युवाको ताँती लाग्छ । देशका विभिन्न जिल्लाबाट क्याम्प छिर्ने सपना साँचेर पोखरा आउने हजारौं हुन्छन् तर तीमध्ये थोरै मात्र लाहुरे हुन्छन्, बाँकी धेरैको क्याम्प छिर्ने सपना अधुरै रहन्छ ।
केही वर्ष अघिसम्म पोखराका विभिन्न भागमा सार्वजनिक जग्गा र चौरहरु प्रशस्त थिए । ती जग्गामा दसैँ आउनु दुई/तीन हप्ताअघि नै चहलपहल सुरु हुन्थ्यो । त्यो चहलपहल दसैँभर मात्रै होइन, दसैँ सकिएको हप्तादिनसम्म उत्तिकै देखिन्थ्यो ।
कहिले सुन्दरी प्रतियोगिता । कहिले पुल पार्टी । कहिले सांगीतक कन्सर्ट । कहिले मेला महोत्वस । डान्सपार्टी त कति हो कति ! फेसन सो त यहाँको ब्रान्ड नै भइसक्यो । सानादेखि ठूला इभेन्टमा पनि फेसन सो हुन्छन् ।
साङ्गीतिक अभियान ‘सुगम सङ्गीत यात्रा’ ले २६ औँ शृङ्खला पार गरेको छ । शनिबार पोखराको लेकसाइडमा कार्यक्रम आयोजना गरियो । पोखराबाट सञ्चालित यो यात्रालाई अनुपम म्युजिक पोखरा, त्रिवेणी सङ्गीतालय र जे.ई. म्युजिक एकेडेमीको अगुवाइमा सुरु भएको हो ।
चर्चित पोखरेली ब्यान्ड ‘डिमर्चा’ दसैँ गीत लिएर श्रोतामाझ आएको छ । झ्याम्म झ्याम्म, हुन्देरे लगायतका दर्जनौं लोक पप र र्याप गीत गाएर श्रोता दर्शकमाझ छुट्टै छाप छाड्न सफल डिमर्चा पछिल्लो क्रममा ‘दसैँ आयो’ बोलको गीत लिएर श्रोतामाझ आएको हो । यो गीत फङ्की रक प्याट्रनमा छ ।