गोरो छाला । खैरो कपाल । अग्लो कद । यस्तै हुलियाका विदेशीलाई मात्रै पर्यटक ठान्थे पोखरेली पर्यटनकर्मी । एक जमानामा तिनले डलर मात्रै झार्छन् भन्ने मानसिकता थियो पोखराका पर्यटन व्यवसायीमा । त्यही भएर भारतीय पर्यटकलाई वास्तै गर्थेनन् ।
साहित्यकार तथा लोकगायिका अम्बिका भण्डारी र चन्द्रावती वाग्लेको संयुक्त प्रस्तुति ‘माइती देशै झलल’को भिडियो सार्वजनिक भएको छ । सफलता मिडिया प्रा.लि.को आयोजनामा भिडियो सार्वजनिक गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ लोकगायिका तथा प्राज्ञ हरिदेवी कोइरालाले लोक संस्कृतिको क्षेत्रमा निरन्तर लागेर वर्षैपिच्छे तीजेभाका बजारमा ल्याउन सफल अम्बिका भण्डारीको खुलेर प्रशंसा गरिन् ।
अर्जुन नेपाली स्मृति संगीत पुरस्कार यसपटक गायक खड्क गर्बुजालाई प्रदान गरिने भएको छ । संगीत प्रशिक्षण केन्द्र पोखराले दुई/दुई वर्षमा व्यक्ति वा संस्थालाई प्रदान गरिने यो पुरस्कार यसपालि म्याग्दीका गायक गर्बुजालाई प्रदान गर्न लागिएको हो ।
कुनै समय लोक गायनमा एकछत्र राज गरेकी बिमाकुमारी दुराले लामो समयको अन्तरालपछि मार्मिक गीत गाएर पुरानै लयमा फर्कने प्रयास गरेकी छन् । सुमधुर स्वरकी धनी बिमाकुमारी केही वर्षदेखि गायनमा निष्क्रिय बसेकी थिइन् । यही मेलोमा गोविन्द पुनको शब्द र नवीन रानाको लय रहेको ‘नबास सुनपंखी भाले’ बोलको गीतमा गायक नवीनको स्वरसँग आफ्नो स्वर मिलाएकी छन् ।
पोखराको रामघाट, घाटमा जलिरहेको छ लास र बालुवा चाल्ने तथा गिटी जम्मा गरेर जीवन धान्ने केही मजदुर, सुकुम्बासी बस्ती र नदीको मापदण्ड मिचेर घर बनाएका विषयलाई साहित्यकारले सिर्जनामा उतारेका छन् । सेती नदीसँग आश्रित व्यक्ति र दोहन हुँदै गइरहेको सेतीप्रति साहित्यकारले विम्बात्मक रुपमा सिर्जना कोरेका हुन् ।
नेवाः पत्रकार पुच तथा मिस नेवाः पुच कास्कीको आयोजनामा पोखरामा शनिबार नेवारी चलचित्र ‘टुयुमति’ प्रदर्शन गरिएको छ । युवा पुस्तालाई मौलिक भाषा तथा संस्कार/संस्कृतिप्रति आकर्षित गर्नका लागि पोखरामा पहिलो पटक नेवारी भाषाको फिल्मलाई सार्वजनिक प्रदर्शन गरिएको कार्यक्रमका सहसंयोजक तथा मिस नेवाः पुच पोखराका अध्यक्ष अंशु शाक्यले बताइन् ।
नारीप्रधान मगर कथानक नेपाली फिल्म ‘रैयाँ’ बेलायतस्थित मगर संघ भवनमा प्रदर्शन गरियो । मगर समुदायमा छोरीलाई आठदेखि दस वर्षभित्र आमाले गुन्यूचोली, रैयाँ (बाला) र घलेक दिनैपर्ने संस्कार छ । यही विषयलाई केन्द्रमा राखी बनाइएको फिल्म पहिलो पटक बेलायतमा प्रदर्शन गरिएको हो ।
पोखरामा लामो इतिहास बोकेको रंगमञ्चलाई पुनः जीवन्तता दिने प्रयास सुरु गरिएको छ । पोखरास्थित क्रियशन थिएटरले अहिलेसम्म उतारचढावकै अवस्थामा रहेको रंगमञ्च ब्युँताउने प्रयास थालेको हो ।
गनेस पौडेलद्वारा लिखित उपन्यास ‘पैताला’ देशका प्रमुख सहरमा छलफल तथा परिचर्चा यात्रा गरिरहेको छ । गत शनिवार काठमाडौंमा यो उपन्यासको लोकापर्ण गरिएको हो ।
लमजुङ जिल्लाको क्होला सोँथर गाउँपालिकास्थित ‘मालिङको गाउँ चिनारी’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गौमती मालिङ्ग तमु समाजद्वारा निर्माण गरिएको म्युजिक भिडियो कोन्मे इन्टरटेन्ट्मेन्टको ब्यानरमा बनेको हो ।
जिल्ला समन्वय समिति कास्की कार्यालय परिसरमा मंगलवार बिहान १० बजेदेखि नै चहलपहल थियो । दलहरूले बाजागाजासहित उत्साहजनक तरिकाले मनोनयन दर्ता गराए । देशकै ठूलो महानगरपालिका पोखरा लेखनाथ र चार वटा गाउँपालिकामा उम्मेदवारी दर्ता भए ।
कविता, गजल अनि मुक्तक वाचन । बेलाबेला टिकटमा साहित्य र पुस्तक परिचर्चा । लगभग पोखराको साहित्यिक दैनिकी यही हो । बढी साहित्यिक गतिविधि हुने भएर धेरैले पोखरालाई साहित्यको केन्द्र मान्न थाले ।