लोक स्रष्टा कल्याण शेरचनको ७३ औं जन्म जयन्तीको अवसरमा आयोजित ‘राष्ट्रिय खुला एकल लोकनृत्य प्रतियोगिता’ को उपाधि कर्णाली प्रदेशका शेखर घर्तीमगर र गण्डकी प्रदेशकी बन्दना घर्तीमगरले जितेका छन्।
विवाहित गुरुङ महिलाहरुका लागि आयोजना गरिएको सुन्दरी प्रतियोगिता मिसेस गुरुङको उपाधि कास्की मादी गाउँपालिका वडा नं ५ थाम लङकछारकी रबिता गुरुङले जितेकी छिन्।
अग्नि साक्षी राखेर सिन्दुर हाल्दा होस् वा मन्दिरमा पुगेर गरिएको कबुल। वैवाहिक सम्बन्धमा बाँधिइरहँदाको क्षण कुनै पनि जोडी समयको अन्तरालसँगै छुट्टिनुपर्ला भन्ने सोच्दैनन्।
नेपाली सांगीतिक जगतमा मुर्धन्य व्यक्ति हुन्, तारादेवी र अरुणा लामा। उनीहरुका सुमधुर स्वर सुनेर मन्त्रमुग्ध नहुने कमै होलान्। यिनै स्वर किन्नरीलाई पोखरेली महिला गायिकाहरुको समूहले सम्झना गरेको छ।
पोखराको गैह्रापाटनमा रहेको पोखरा थिएटरको गन्धर्व नाटकघरमा ‘योनिका कथाहरु’ मञ्चन भएको छ। कथा घेरा प्रोडक्सनको प्रस्तुतिको नाटक शुक्रबारदेखि आइतबार तीन दिनसम्म चलेको थियो।
यतिबेला पोखराको फिल्मी पर्यटन संकटमा परेको छ। फेवाताल तथा पोखराका अन्य ठाउँ फिल्म सुटिङका लागि सुनसान बनेका छन्। बलिउडको पनि रोजाइमा पर्ने यहा“ एक दर्जन सुटिङ हुन पनि धौ–धौ छ।
जसु गुरुङ अहिले गुरुङ फिल्म उद्योगमा व्यस्त छिन्। जेठ २६ देखि असार २६ गतेसम्म काठमाडौंमा भएको ‘तेस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०७६’मा जसुले निर्देशन गरेको पहिलो फिल्म म्ले क्यु (बिर्साउने पानी) ले उत्कृष्ट फिल्म निर्देशकको अवार्ड पायो।
५० को दशकको पोखरेली तुजुक भने लामो समयसम्म टिक्न सकेन । पोखरेली ब्याण्ड जसरी आँधिहुरीझैं आए, त्यसरी नै हराए । पोखरेली ब्याण्ड एकाएक भताभुङ्ग भए । भताभुङ्ग तीनै पोखरेली ब्याण्डहरु एकपछिअर्को पुनरामगन भएका छन् । ब्याण्डहरु फेरि पुरानै लयमा फर्किएर संगीत कर्म गर्न सुरु गरेका छन् । पोखरामा भत्किएका ब्याण्डलाई जोड्न उक्साउने ‘लेकाली’ ब्याण्ड हो ।