अहिले गीतभन्दा धेरै म्युजिक भिडियो चल्छ । गीत सुन्नेमात्रै भन्दा पनि हेर्दै सुनेर रमाउने र मज्जा लिनेहरु बढेका छन् । त्यसैले अहिले जस्तोसुकै गीतको पनि म्युजिक भिडियो बनाउने चलन बढेको छ । गीत चल्ने वा नचल्ने भनेर निक्र्योल गर्न म्युजिक भिडियोको महत्वपूर्ण भूमिका छ ।
फेशन सोमा लाग्न चाहने युवायुवतीका लागि पोखरामा पहिलोपटक मोडलिङ प्रतिस्पर्धा हुने भएको छ । ‘फेस अफ फेसन’ नाम दिइएको रमाइलो छ प्रालिले गर्न लागेको मोडलिङ प्रतिस्पर्धाकोे शनिबार भएको पहिलो अडिसनबाट १२ जना छनोट भएका छन् ।
पोखराको रोयल पालममा शुक्रबार पुल पार्टी आयोजना भएको छ । म्युजिक डेस्टिनी इन्टरटेन्मेन्टले आयोजना गरेको पुल साइट कट्टुु पार्टीमा युवायुवती पुलमा हाम फाल्दै डिजेको संगीतमा रमाए । दिउँसो तीन बजेदेखि भनिए पनि वर्षाका कारण पार्टी समयमै हुन सकेन ।
अभिनेत्री पूजना प्रधानलाई म्युजिक भिडियो निर्देशक एवं मोडल गोविन्द पुन मगरले ‘पानफूले पछ्यौरी’ दिएका छन् । गोविन्दले आफ्नै स्वरमा बजारमा ल्याएको मौलिक दोहोरी गीत ‘पानफूले पछ्यौरी’को म्युजिक भिडियोमा अभिनेत्री पूजनालाई पानफूले पछ्यौरी दिएका हुन् ।
कुनै बेला पोखराका टोलटोलमा नाटक मञ्चन हुन्थे । नाटक मञ्चन गर्ने दर्जन बढी संघसंस्था थिए । प्रत्येक महिनाजसो विभिन्न संस्थाले नाटक मञ्चनको कार्यक्रम राख्थे । एक जमाना पोखरामा नाटकको लहरै चलेको थियो ।
मिस नेपालपछिको सबैभन्दा चर्चित र सर्वाधिक पुरस्कार रकम भएको सौन्दर्य प्रतियोगिता मिस पोखराको नवाैं सिजनमा १७ जना युवती अन्तिम प्रतिस्पर्धाका लागि छानिएका छन् । पोखरा जेसिसको आयोजनामा दुई चरणमा भएको अडिसनबाट १७ जना फाइनलका लागि छानिएका हुन् ।
‘ह्याप्पी न्यु इयर’को टाइटल गीतको सुटिङ सकिएको छ । अस्ट्रेलियामा छायाँकन गरिएको फिल्मको गीतको टाइटल गीत ‘ह्याप्पी न्यु इयर’ भने पोखरामा सुटिङ गरिएको हो । गीतमा पोखराको विभिन्न रमणीय ठाउँलाई समेटिएको छ ।
पुरानो चलनअनुसार तीजमा व्रत बस्ने र गीत गाउने चलन भयो । पार्वती र उनका संगीले गाएजस्तै पीडा वेदनामा गीत गाइए । चल्दै आएको रीतिथितिलाई हाम्रा दिदीबहिनीले पनि पछ्याए । उनीहरुले श्रीमान्ले दिएका पीडा, सासुससुराबाट पाएको हेला, नन्दआमाजूबाट पाएको अपहेलनालाई गालीगलौज गर्दै बुहारी बनेर गीतका माध्यमबाट गाली गर्न थाले ।
पर्वत दुर्लुङका विशाल गुरुङलाई विभिन्न विज्ञापनमा मोडलहरू देखेपछि आफूलाई पनि त्यस्तै बन्ने रहर जाग्यो । मोडलिङमै भविष्य बनाउने सपना संगालेर उनले सन् २००४ मा मिस्टर टिन पोखरामा भाग लिए । ख्यालख्यालमै उनी टाइटल विजेता बने । जतिबेला उनका ओठमा भर्खर जुँगाका रेखी बस्दै थिए ।
बहाना भए पुग्छ, पोखराका युवायुवती मस्ती गर्न अगाडि सरिहाल्छन् । उनीहरु अनेक बहाना बनाएर रमाइलो गर्न माहिर छन् । बिस्तारै विकेन्ड कल्चरलाई पनि अपनत्व महसुस गरिरहेका छन्, पोखरेली । अहिलेको युवापुस्ता सानोतिनो काम भए पनि व्यस्त हुने कल्चर बढेको छ ।
लनटेनिसका खेलाडी कुमार अधिकारी र भलिबलकी अरुणा शाही वर्ष २०७३ मा सर्वोत्कृष्ट खेलाडी बनेका छन् । कास्की जिल्लामा वर्ष उत्कृष्ट प्रशिक्षकमा तेक्वान्दोका सुनबहादुर लामा र उदीयमान खेलाडी भलिबलकी ममता डगौरा घोषित भए ।
नेपाली महिलाको सबैभन्दा ठूलो चाड तीज आउन एक महिनाभन्दा बढी समय बाँकी छ तर पोखरेली गायकगायिकालाई तीजको रन्कोले छोइसकेको छ । तीजमा रमझम गर्ने महिला यतिबेला आ–आफ्नै योजनामा छन् । चेलीहरुलाई छमछमी नचाउन गायिकाहरुले आफ्नै तयारी गरिरहेका छन्, विभिन्न भाकामा गीति एल्बम निकालेर ।
रामबजार तायाः मचाः नाच समितिले तायाः मचाः नाच महोत्सव गर्ने भएको छ । तायाः मचाः महोत्सव तथा लाखे नाच प्रतियोगिता आउँदो साउन २७ गते लाखे र २८ गते तायाः मचाः नाच निकालिने जनाएको हो । १८ टिम लाखे र ३२ टिम तायाः मचाः नाच सहभागिता जनाउन सक्ने अनुमान आयोजकको छ ।
पप गीतको राजधानीको रुपमा चिनिएको पोखरामा पछिल्लो समय पप गीत नै हराएको छ । ५० को दशकतिर पोखरामा हरेक हप्ता नयाँनयाँ पप गीत रेकर्ड हुन्थे । लोकपप स्वादमा गाइएका ती गीत सुन्नलाई स्रोताहरु क्यासेट पसल चहार्थे ।
पछिल्लो समय तीज गीतमा भित्रिएको विकृतिलाई चुनौती दिँदै गायक केशव घिमिरेले मौलिक तीज ‘गीत नलाउ वचन है’ बजारमा ल्याएका छन् । दर्जनौँ गीत बजारमा ल्याइसकेका युवा गायक केशव घिमिरेले महिलाहरुको चाड हरितालिका तीजको अवसर पारी तीज ‘वचन न लाउ है’ को भिडियोसहितको गीत बजारमा ल्याएका हुन् ।
‘औँशीमा जन्मिएका युवतीलाई विवाह गर्दा अपसगुन हुन्छ’ भन्ने कुरीति अहिलेपनि समाजमा व्याप्त छ । अझै पनि यस्ता युवती विवाह नगरी बस्न बाध्य छन् । विवाह भैहाले पनि समाजबाट उनीहरुलाई तिरस्कार गर्ने प्रचलन छ । यही कुरीतिमाथि प्रहार गर्दै बनेको फिल्मको नाम हो, ‘मनको बाँवरी’ ।
सुनार समुदायका युवतीहरुलाई लक्षित गर्दै ‘मिस सुनार क्विन’ नामको सुन्दरी प्रतियोगिता हुने भएको छ । पियस्था इन्टरटेन्मेन्टको आयोजनामा यो ‘ब्युटि पेजेन्ट’ हुन लागेको हो । आयोजकले यतिबेला प्रतियोगिताका लागि सुनार समुदायका युवतीहरुलाई लक्षित गर्दै आवेदन खुलाएको छ ।
पोखरा अचेल सुन्दरी उत्पादन गर्ने कारखानाजस्तै भएको छ । हरेक सहरमा सुन्दरी प्रतियोगिता त हुन्छन् तर काठमाडौँबाहिर पोखराले सबैलाई उछिनेको छ । मिस नेपालबाट सुरु भएको सुन्दरी प्रतियोगिता अहिले ‘प्रकोप’ नै बनिसकेको छ ।
मिस पोखराको नवौं संस्करण आगामी असोजमा हुने भएको छ । युवतीहरुमा अन्तर्निहीत क्षमता र प्रतिभा प्रस्फुटन गर्ने अवसर प्रदान गर्नका लागि पोखरा जेसिजले मिस पोखरा २०१७ गर्दैछ । पोखरा जेसिसले मिस पोखरा २०१७ को लागि आवेदन खुला गरेकोे शुक्रबार पत्रकार सम्मेलनामा पोखरा जेसिसका अध्यक्ष शिवप्रसाद कोइरालाले जानकारी दिए ।