शिरमा कालो टोपी, कन्दरा लेखिएको कालो टिसर्ट, नीलो जिन्स प्यान्ट लगाएर पोखरेली दर्शकसामु गुञ्जिए गायक विवेक श्रेष्ठ ।
कथाकार राजेन्द्र पराजुलीको कथासंग्रह ‘शुक्रराज शास्त्रीको चस्मा’माथि पोखरामा शनिवार विमर्श गरिएको छ ।
कुनै समय घरको सुरक्षाका लागि पालिने कुकुर अहिले भने धेरैले सोख पूरा गर्न पाल्न थालेका छन् ।
तेस्रो ‘मिस्टर माछापुच्छे’को उपाधि पाल्पाका विनोद वज्राचार्यले जितेका छन् ।
बलिउड निर्देशक अनुराग कश्यपको ‘रमण राघव’ को मनोरोगी पात्रझैं लाग्ने एक व्यक्तिलाई प्रहरी कार्यालय बैदामको टोलीले केही दिनअघि पक्राउ गरेको छ ।
पोखरामा थ्रीडी सुविधा सहितको क्युफएक्स थिएटर सुरु हुने भएको छ ।
रातो सारी, हातमा रातो चुरा र निधारमा रातो टीका । गहनाले झकिझकाउ भएका महिला आजभोलि बाटोमा ओहोरदोहोर गर्दै देखिन्छन् ।
विभिन्न थिममा डान्स पार्टी गर्ने पोखरेली जमात अब भने पुल पार्टीतिर आकर्षित भएको छ ।
पोखराका नयाँ पुस्ताले भटाभट म्युजिक भिडियो निर्माण गरिहेका छन्।
पोखरामा रेन्टरटेनमेन्टको तेस्रो सिजनमा युवायुवती पानीको फोहरामै छमछमी नाचेका छन् ।
राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकीको चौथो अधिवेशनबाट अध्यक्षमा शंकर ‘विरही’ गुरुङ सर्वसम्मतले निर्वाचित भएका छन् ।
लोकगीतका नाममा बनेका अश्लील म्युजिक भिडियो र तिनमा प्रयोग हुने शब्द चयनले गर्दा परिवारसँग बसेर टीभीमा लोकगीत नहेरेको धेरै छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कास्कीको विशेष अधिवेशनले नयाँ समिति चयन गरेको छ । शुक्रवार पोखरामा भएको अधिवेशनले केशव पाठकलाई अध्यक्ष चुनेको छ । सन्देश श्रेष्ठलाई एक मत अन्तरले पराजित गरी पाठक तीन वर्षको लागि निर्वाचित भएका हुन् । पाठक संस्थापक सचिव हुन् भने श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
‘ग्लेम फेसन नाइट २०७३’ नाम दिइएको फेसन सो सारी, क्याजुअल, लेहंगा गरी चार सिक्वेन्समा भएको थियो । मोडल महिमा सिलवाल सो स्टपर रहेको सोको अमित बराल र चेरिश्मा इम्पोरियम एन्ड बुटिकले मोडलहरूको डे«स डिजाइन गरेको थियो ।
यान्डम रिडर्स सोसाइटी अफ नेपालको मासिक पुस्तक परिचर्चा कार्यक्रमको ६२ औँ शृंखलामा ब्रजेशको उपन्यास ‘जुनेली’को परिचर्चा गरिएको छ । शनिवार भएको परिचर्चा कार्यक्रममा साहित्यकार अमृत सुवेदीले ‘यायावर’की पात्र जुनेलीलाई न्याय दिलाउन भन्दै लेखेको उपन्यासले नेपाली नारीको पीडालाई प्रस्तुत गर्न सफल भएको सुनाए ।
‘राष्ट्रिय मुक्तक पुरस्कार–२०७२’बाट मुक्तककार रत्नशमशेर थापा पुरस्कृत भएका छन् । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले थापालाई शुक्रवार ११ हजार १ सय ११ रुपैयाँ हस्तान्तरण गर्दै सम्मानपत्र र दोसल्ला ओडाए ।
पहिलोपटक पोखरा आउनेहरू आकाशमा ठूलो पखेटा भएको वस्तु नियालेर रमाउँछन् । कसैले हवाईजहाज भएको अनुमान लगाउँछन्, कसैले चराचुरुङ्गी । पोखरा बाहिरबाट आउने धेरैको अनुमान मेल खाँदैन । किनकि, ती आकाशमा उड्ने रंगीबिरंगी वस्तु प्याराग्लाइडिङ हुन् । विश्वकै पाँचौ उपयुक्त स्थान मानिएको सराङकोटबाट दिनहुँ प्याराग्लाइडिङ उड्थे ।
कलाकारलाई प्रवद्र्धन गर्न पोखरेली युवा सांस्कृतिक परिवारले प्रत्येक तीन÷तीन महिनाको तेस्रो शनिवार समता कला कार्यशाला आयोजना गर्छ । जुन कार्यशालामा कलाकारले तत्स्थानमै पोखरा चिनाउने विभिन्न चित्र बनाउँछन् ।