देशका अन्य शहरमाझैँ पोखरामा पनि ट्राफिक छन्, कडाइ पनि गरेको देखिन्छ । तर भाडाको विषयमा भने ट्राफिक पनि उदारै देखिए । चालकलाई ट्राफिकलाई भनौंभन्दा फिस्स हाँसिदिन्छन् । यसैले देखाउँछ पोखरामा ट्राफिकको हालत ।
पछिल्लो समयमा नेपाली फिल्मको बाढी आइरहेको बेला गुरुङ, मगर, तामाङ, थारू, नेवारी, लिम्बूलगायतमा भाषामा बनेका फिल्म पनि उल्लेख्य संख्यामा बन्न थालेका छन् । थुप्रै फिल्म च्यारिटी सो को पर्खाइमा छन् भने त्यति नै संख्यामा छायांकन भइरहेका छन् ।
सुन्दर युवतीहरूको सहर पोखराले यतिबेला मोडेलकै अभाव बेहोर्दैछ । र्याम्पमा हिँड्ने उत्कृष्ट मोडल भेट्नै गाह्रो छ अहिले । पेपर मोडलिङमा उपस्थिति नै छैन । फाट्टफुट्ट भिजुअल मोडलिङमा केही अनुहार देखिए पनि निरन्तरता छैन ।
हिमाल नेपालका अरु धेरै डाँडाबाट समेत देखिन्छ । तर, पोखराबाट जसरी हिमालसँग आँखा जुधाउन अन्तबाट मुस्किल छ । घुमन्तेहरु ‘प्याराडाइज’ पोखरा आउँदा हिमाल खुलेन वा देख्न पाइएन भने त्यो यात्रा सार्थक हुँदैन ।
न धेरै जाडो न त गर्मी । घुम्न जानलाई रमाइलो र उपयुक्त मौसम पनि यही हो । त्यसैले नेपाल घुम्न आउने विदेशी पर्यटक अनि पोखरा हेर्न र घुम्न चाहने स्वदेशीको पनि घुइ“चो लागेको छ, यतिबेला पोखरामा । पोखराका युवा भने अन्यत्र घुम्न निस्किएका छन् ।
हिन्दू धर्ममा आस्था राख्ने अविवाहिता युवतीले सोचेका कुरा पूरा हुने सपना साँचेर साउनमा बर्सेनि हजारौं संख्यामा बोलबम भन्दै पोखराका सडकमा निस्कन्छन् । नाङ्गै खुट्टामा गाईघाटदेखि जल लिएर ‘बोलबम’ अलाप्दैै फेवातालको छेउमै रहेको केदारेश्वर महादेवमणि मन्दिरमा पुग्छन् । यही भीडमा केही वर्षदेखि बोलबम भन्दै मिसिने युवाहरुको जमात ह्वात्तै बढेको छ ।
बागलुङबाट दशकअघि अवसरको खोजीमा पोखरा छिरेकी थिइन् शान्ति श्रीस । विभिन्न अवसर खोज्दै पढाइलाई निरन्तरता दिइन् । समाजशास्त्रमा स्नातकोत्तर गरेको सर्टिफिकेट च्यापेर खुब भौतारिइन् । तै पनि केही लागेन । उनलाई लाग्योे–अब काम खोज्ने होइन, अरूलाई दिने हो ।
हिउँ पर्ने सुख्खा ठाउँ, तीब्बतसँगको कठिन व्यापार र कष्टकर जीवनलाई कलात्मकरूपमा उतारिएको थाङ्लाको लेखन सरुभक्तको छ भने परिकल्पना र निर्देशन अनुप बरालले गरेका छन् ।
गायिका राधा पुनको लोकगीत ‘आफ्नै भन्नेले...’ को म्युजिक भिडियो बजारमा आएको छ । टाइगर्स फिल्मस्ले निर्माण गरेको भिडियोमा मोडल छवि घर्तीमगर र ऋतु थापामगरले अभिनय गरेका छन् । भिडियोमा कृष्ण काउछा, सरस्वती काउछा लगायतले अभिनयमा साथ दिएका छन् ।
एक महिना अगाडि एक जोडी पोखराको स्विट सपमा आए । पुरुष ३४/३५ र महिला ३०/३२ वर्ष जतिका थिए । ती पुरुष जापानबाट बिदामा आएका रहेछन् । कर्मथलो फर्कने बेला पत्नी र आफ्ना लागि सेक्स खेलौना खरिद गर्न त्यहाँ पुगेका थिए ।
हङकङ टेक्न चाहने नेपाली कलाकारहरु कति छन् कति ! हङकङ जान भने सजिलो छैन कलाकारलाई । जो पहिलो पटक हङकङ टेक्यो, उसले संसार देख्यो– यस्तै भएको छ, नेपाली कलाकारलाई । नेपाली मनोरञ्जन क्षेत्रमा चम्किएका धेरै हस्तीले हङकङबाटै विदेश यात्रा सुरु गरेका छन् । जसले उनीहरुको पहिलो यात्रा फलिफाप बनाएको छ । हङकङ रमाइलो भएर मात्रै कलाकारको रोजाइ परेको होइन ।
पोखरामा थरिथरिका मेला/महोत्सव भइहेका हुन्छन् । ती महोत्सवमध्येमा कहिले जंगल महोत्सव, कहिले आलु महोत्सव, कहिले माछा महोत्सव चलाइन्छ त कहिले गितार महोत्सव । सांस्कृतिक महोत्सव त हुने नै भए । कहिले लाटोकोसेरो महोत्सव, कहिले सुन्तला महोत्सव । अचम्म छ पोखरामा, परम्परागत रूपमा चल्ने मेला महोत्सव हराउँदै गएका बेला बजारमा गरिने मेला/महोत्सव भने बढेका छन् ।
चर्चित गायिका कोमल वली यही गीत गाउँदै स्टेजबाट दर्शकमाझ ओर्लेपछि पोखरेली युवा उनीसँगै नाच्न कस्सिए । कतिपयले म छु भन्ने संकेत गर्दै थिए भने कोही वलीसँगै सेल्फी खिच्न पुगे । अंग्रेजी नयाँ वर्ष २०१८ को अवसरमा रेवान पोखराले गरेको १९ औं पोखरा सडक महोत्सवका अवसरमा शनिबार ओलीले गीत गाउँदै थिइन् ।
स्टेज सजावट उत्तिकै मज्जाको । दर्शकहरूको भीडभाड । कोही स्टेजमा दायाँबायाँ गर्दैछन् । कोही चौरमा हाहा र हुहु । एनसेलले शनिबार पोखराको प्रदर्शनी केन्द्र, नयाँ बजारमा आयोजना गरेको एनसेल मेला २०७४ मा यस्तै दृश्य देखियो ।
लोक तथा दोहोरी गायिका निर्मला थापामगरले नयाँ सांगीतिक कोसेली लोक पप लिएर आएकी छिन् । प्रतिभाशाली गायिका निर्मलाले ‘फूलैमा बस्ने भमरा, आँखैमा बस्ने तिमी हौ’ बोलको गीत लिएर आएकी हुन् । गीतको म्यूजिक भिडियो उनले आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी छिन् । राजकुमार बगरको शब्द र संगीतमा रहेको ‘भमरा’ नामक म्यूजिक भिडियोमा चर्चित मोडल आरुषी मगर, भुवन थापामगर, हेरुका लामा, दिलीप पन्त र देवराज सापकोटाले अभिनय गरेका छन् ।
मिस लेखनाथ क्विन सकिएको साता मात्रै बित्यो । मिस गण्डकी सिजन ४ सकिएको भर्खरै हो । मिस चबी अनि मिस पोखरा भएको धेरै भएको छैन । मिस कल्चरको चर्चा पनि सेलाएको छैन । पोखरामा मिस नाम जोडिएर लगालग अनेक सुन्दरी प्रतियोगिता भइरहेका छन् । बढ्दो चिसो मौसमसँगै यहाँ सुन्दरी प्रतियोगिताको तातो चढ्दो छ । मिस्टर हेम्जा र मिस हेम्जाको तयारी भइरहेको छ । दोस्रो संस्करणको मिस डिभा पोखराका लागि २२ जना युवती दोस्रो अडिसनबाट भर्खर छानिएका छन् ।
छ्याङ्ग खुलेको आकाश । बाटो घाटो पनि सफाचट । हिलो मैलो पनि हुँदैन यतिबेला । यस्तै सुन्दर मौसमको सदुपयोग गर्दै यति बेला पोखरा आसपासका डाँडाकाँडामा हुलका हुल पिक्नीक मनाइरइेका छन् । दैनिक विभिन्न ठाउँबाट पिकनिकका लागि पोखरा आउनेको ता“ती देखिन्छ । जाडो महिनाको पारिलो घामको न्यानोपनस“गै प्रकृतिको रमाइलोमा भुल्दै पिकनिक जानेहरुको लर्को छ, यतिबेला पोखरा र आसपासका ठाउँहरुमामा ।
प्रदर्शनको तयारीमा रहेको नेपाली कथानक फिल्म ‘शिरफूल’को ‘शिरैमाथि शिरफूल’ बोलको शीर्षगीत सार्वजनिक भएको छ । गीतमा देवराज आले मगर र तारा श्रीस मगरको स्वर रहेको छ । राजु थापाको शब्द देवराज आलेमगरको संगीत रहेको गीतको एरेन्ज रिकेश गुरुङले गरेका छन् । मगर्स क्रियसन इन्भेस्टमेन्ट कम्पनी र पर्फर्मिङ आर्ट क्रियसनको संयुक्त प्रस्तुति ‘शिरफूल’का निर्माता आशीर्वाद पुनमगर हुन् ।
‘घुमाउने घर’ फिल्मको को टिजर सार्वजनिक भएको छ । वास्तविक कथालाई केन्द्रबिन्दु मानेर लभ जन्रामा निर्माण भएको ‘घुमाउने घर’ फिल्मको अफिसियल टिजर युट्युबमा सार्वजनिक गरिएको हो । नवलपरासीबाट काठमाडौं आएर ८ वर्षयता फिल्म क्षेत्रमा काम गर्दै आएका तिल थापामगर फिल्मका निर्देशक हुन् ।