फिल्म ‘बाबुकान्छा’ आगामी मंसिर १५ गते रिलिज हुने भएको छ । फिल्मको फष्र्टलुक सार्वजनिक गर्ने क्रममा रिलिज मिति घोषणा गरिएको हो । शोभित बस्नेत निर्देशित ‘बाबुकान्छा’ को छायांकन सकेर फिल्म युनिट गत आइतबार मात्र काठमाडौं फर्किएको हो । शोभितकै निर्माण र लेखन रहेको फिल्मको ७० प्रतिशत छायांकन सकिएको छ ।
‘ड्रिम्स’ रिलिज भएको दुई वर्ष हुन लागिसक्यो, साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित दोस्रो फिल्म दर्शकले देख्न पाएका छैनन् । गीत र टिजरमा उनलाई हेरेर चित्त बुझाइरहेका छन् । तर, भदौ र असोज महिना साम्राज्ञीमय हुने भएको छ । दुई महिनाभित्रमा उनका तीन फिल्म रिलिज हुने भएका छन् ।
सोमबार काठमाडौंस्थित नेपाल पर्यटन बोर्डमा तीनदिने प्रथम आदिवासी जनजाति चलचित्र महोत्सवको समापन हुँदै थियो । गुरुङ भाषाको फिल्म ‘कर्म क्याले’की निर्देशक एवम् अभिनेत्री जशमाया गुरुङ ‘पब्लिक च्वाइस अवार्ड’ पाएकोमा दंग थिइन् ।
झगडिया निर्माताको रुपमा परिचित छन्, सुनिल रावल । कहिले कलाकार, कहिले पत्रकार त कहिले आफ्नै निर्देशकसँगको झगडाका कारण रावल समाचारमा छाइरहन्छन् । उनको पहिलो फिल्मका निर्देशक सुरज सुब्बादेखि पछिल्लो फिल्म ‘सायद २’ का निर्देशकसम्म पनि हार्दिक सम्बन्ध छैन ।
अभिनेत्री सृष्टि श्रेष्ठ र सौगात मल्लबीचको अफेयर नयाँ विषय रहेन । दुवै बीचको अफेयरले फिल्मको सुटिङ प्रभावित भएका खबर पनि बासी भइसके । सौगातको सुटिङमा सृष्टि जाने र सृष्टिको सुटिङ भए ठाउँमा सौगात जाने कारणले निर्माता निर्देशकले राम्रै तनाव खेपेका छन् ।
धेरै अवार्ड समारोहमा मलाई सुपरस्टार भनेर सम्बोधन गरिन्छ । सुपरस्टार भनेर अवार्ड दिनुभएको छ । खासमा सुपरस्टार भनेकै महानायक हो । कतिपयलाई यी दुइटा शब्द फरक–फरक हो कि जस्तो लागेको छ । खासमा भाषा मात्र फरक हो, कुरा एउटै हो । अर्को कुरा मैले कहिल्यै पनि कुनै पनि स्टारका बारेमा नकारात्मक टिप्पणी गर्ने गरेको छैन । कुनै कलाकारलाई महानायक अथवा सुपरस्टार भनिन्छ भने उसले त्यसलाई जिम्मेवारी र सम्मानको रुपमा वहन गर्नसक्नु पर्छ ।
युरोपको अमेच्योर नाट्यसंस्थाको छाता संस्थाको निमन्त्रणामा थिएटर भिलेज २१ दिने युरोप यात्रामा निस्किएको छ । असार ६ गते ‘मालिनीः द प्रिन्सेस अफ गार्डेन’ नाटक लिएर टोली युरोप यात्रामा निस्केको हो । रवीन्द्रनाथ टैगोरको नाटक ‘मालिनी’को एउटा नयाँ व्याख्याको रुपमा तयार पारिएको यो जर्मनी र बेल्जियमका विभिन्न सहरमा मञ्चन गरिनेछ ।
भर्खरै मात्र हो, अभिनेत्री निशा अधिकारीले आफ्नै लगानीमा ‘झ्यानाकुटी’ शीर्षकको फिल्मको सुटिङ सकाएको तर फिल्म पूरा नहुँदै निशाले आफैं झ्यानाकुटी गर्ने निर्णय गरेकी छन् । फिल्म भदौ ८ मा प्रदर्शन हुँदैछ तर निशा यही असार १६ गते नै विवाह बन्धनमा बाँधिदैछिन् । निशाले क्रिकेटर शरद भेषवाकरसँगको प्रेमलाई विवाहमा रुपान्तरण गर्न लागेकी हुन् ।
फिल्म ‘अन्तराल’बाट फिल्ममा डेब्यु गर्दा नम्रता सापकोटालाई धेरैले सम्भावना भएकी अभिनेत्रीको रुपमा हेरेका थिए तर फिल्म रिलिज भएपछि नम्रताले फिल्ममा भन्दा पनि ‘ब्वाइफ्रेन्ड’मा भविष्य देखिन् ।
दीपक–दीपाको अवार्ड मोह अचम्मको छ । जब–जब अवार्ड कार्यक्रम आयोजना हुन्छन्, विवाद दीपक–दीपासँगै जोडिएर आउँछन् । गत शनिबार भएको एनएफडिसीको अवार्ड पनि दीपक–दीपाकै कारण विवादित बन्यो ।
दिनेश राउत र नम्रताले मिलेर बनाउन लागेको ‘टकिला सनराइज’ शीर्षकको फिल्मका दुवैले उदित नारायणका छोरा आदित्य नारायणलाई हिरोमा खेलाउन खोजिरहेका छन् । यो त्यही फिल्म थियो, जसलाई पटकथा चित्त नबुझेपछि आर्यनले फिल्म खेल्न इन्कार गरेका थिए ।
घटना अलि अगाडिको हो । फिल्म ‘नाइँ नभन्नू ल २’को सफलतामा फिल्म युनिटले गरेको कार्यक्रममा प्रियंका अन्डरवेयर देखाएर पत्रकारका अगाडि निर्धक्क बसिन् । पत्रकारले फोटो खिचे । जब त्यो फोटो बाहिर आयो, प्रियंकाले पत्रकारलाई आरोप लगाइन्, ‘फोटो पत्रकारले बदनाम गर्नका लागि फोटोसप गरेर त्यस्तो फोटो छापिदियो ।’
अभिनेत्री रेखा थापा हाल आफैं निर्मातासमेत रहेको ‘रुद्रप्रिया’को सुटिङ गरिरहेकी छन् । तनहुँको बन्दिपुरमा फिल्मको सुटिङ भइरहेको छ तर मंगलबार केही अनलाइनमा के समाचार आयो भने निर्देशकले ‘इन्टिमेट सिन’ गर्न दबाब दिएपछि रेखा थापा र यो फिल्मका अर्का कलाकार आर्यन सिग्देल काठमाडौं हिँडे ।
बाहिरतिर हो भने चलेका कलाकारका फिल्म एकैदिन लाग्न त परका कुरा वर्ष दिनमा पनि रिलिज हुन्नन् । बलिउड कलाकार आमिर खानका फिल्म दर्शकले सितिमिति एक वर्षमा पनि हेर्न पाउन्नन् तर नेपालमा महिना दुई महिनामा एकै कलाकारको फिल्म रिलिज हुनु त सामान्य भइहाल्यो, एकै दिन पनि लाग्छन् ।
संसारभर लोकप्रिय मिथिला कला कला मिथिलाको जनजीवनमा आधारित छ । ऐतिहासिकता, विशेषता र मौलिकताको दृष्टिले अपूर्व र अतुल्य भएकाले पनि यस कलाले विश्वभर प्रसिद्धि कमाएको हो । यस प्रसिद्धिका लागि भारतीय मैथिल कलाकारहरुले निकै प्रगति गरिसकेका छन् ।
मुना अर्थात् सृष्टि श्रेष्ठको लाउरे प्रेमले ‘रोमियो एन्ड मुना’ टिम तनावमा परेको खबर छ । निर्माण टिमले खुलेर सृष्टिका विरुद्ध मुख खोलेको त छैन तर अनौपचारिक रुपमा सृष्टिले आफ्नो फिल्मलाई बेवास्ता गरिरहेको गुनासो भने गर्ने गरेको छ ।
फिल्ममा पाइला के चालेकी थिइन्, सञ्चिता लुईटेलले आकाश शाहसँग बिहे गरिन् । तर, बिहे गरे पनि फिल्ममा सञ्चिताको माग कम भएन । केही समयपछि उनको बिहे त टुट्यो तर फिल्मसँगको नाता टुटेन । उनले एकपछि अर्को फिल्ममा काम गरिन् ।
प्रियंका कार्कीलाई सबैभन्दा फ्रोफेसनल कलाकार मानिन्छ । सेटमा बरु प्रियंका बारम्बार काम गर्दागर्दै बेहोस भएको खबर सुनिन्छ तर कसैसँग झगडा भएको खबर सुनिदैन । यही कारण पनि धेरै निर्माता निर्देशकको रोजाइमा पर्ने गरेकी छिन् ।
फिल्म ‘पर्व’का लागि नम्रता श्रेष्ठले अभिनेता कोशिस क्षेत्रीले भन्दा बढी पारिश्रमिक लिएको चर्चा थियो । पाउनु सायद नाजायज पनि थिएन । अघिल्लो साल आयोजना भएका सबै अवार्डमा नम्रताले नबिराई अवार्ड पाएकी थिइन् ।
तीनवटा नमूना बस्ती बनाएर हस्तान्तरण गरिसकेको ‘धुर्मुस–सुन्तली फाउन्डेसन’ ले ‘नमूना नेपाल’ परियोजना सार्वजनिक गरेको छ । फाउन्डेसनले सोमबार एक कार्यक्रम गरी पाँच अर्ब रुपैयाँ बजेटमा तयार हुने उक्त महात्वकांक्षी परियोजना सार्वजनिक गरेको हो । परियोजनाका लागि ‘अब विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नेपाल, नमूना नेपाल’ भन्ने मूल नारा अघि सारिएको छ ।