बुझ्क्कीहरू भन्छन्, शिखरमा पुग्नभन्दा टिकिरहन गाह्रो छ । अहिले यो उक्ति कसैका लागि मेल खान्छ भने ती हुन्, वर्षा राउत । उनले खेलेका सबै फिल्म हिट छन् त्यसैले बजार भाउ पनि बढेको छ । फिल्ममा एक दुई सिन खेलाउन मरिहत्ते गर्नेको कुनै कमी छैन ।
‘देश खोज्दै जाँदा’ पछि फिल्म ‘जोनी जेन्टलमेन’ले पनि चुनावको कारण देखाउँदै फिल्मको प्रदर्शन मिति सारेको छ । ‘देश खोज्दै जाँदा’ चुनावकै कारण सरे पनि ‘जोनी जेन्टलमेन’ भने फिल्मले सोचे अनुसारको हाइप नपाएपछि भदौमा पुगेको छ ।
‘होस्टल रिटन्र्स’बाट डेब्यु गरेकी स्वस्तिमा खड्काले फिल्ममा सफलताको क्रेडिट त पाइनन् तर घाटामा पनि गइनन् । यो फिल्मबाट पर्दामा आएपछि नै उनले निश्चल बस्नेतलाई भेटिन्, प्रेममा परिन् र विवाह गरिन् ।
‘कुन हलबाट कति टिकट विक्री भयो ? कुन फिल्मले कति कमायो ? फिल्म नाफामा गयो कि लगानी नै नउठाई डुब्यो ?’ सामान्य भाषामा भन्नुपर्दा फिल्मले हलबाट गर्ने व्यापारको यथार्थ बिवरण देखाउने प्रणाली हो–बक्स अफिस । झट्ट हेर्दा यो फिल्म उद्योगको एउटा सामान्य प्राबिधिक पक्ष हो ।
ब्रिटिस लाहुरे बन्न संघर्षशील एक युवाको कथामा फिल्म बन्ने भएको छ । ‘लाउरे’ नाम राखिएको उक्त फिल्मको सोमबार राजधानीको कमलादीस्थित गणेशस्थान मन्दिरमा पूजा गरी मुहुर्त गरियो ।
‘काम पर्दा भाँडो, नपर्दा ठाँडो’– यो पुरानो उखान कुनै नेपाली अभिनेत्रीमा दुरुस्त लागू हुन्छ भने रेखा थापामा हुन्छ । रेखा उद्योगभरि नै उपयोगितावादका लागि प्रख्यात छिन् । आफूलाई काम परेको छ भने जसरी पनि काम लिने, अरूले लिनु छ भने बालै नदिने ।
अभिनेत्री नम्रता श्रेष्ठले फिल्म ‘सानो संसार’ बाट डेब्यू गरेकी हुन् । उनी फरक–फरक भूमिकामा पर्दामा देखिने गर्छिन् । फिल्म ‘क्लासिक’का निर्वाह गरेको दृष्टिविहीन युवतीको भूमिकाका लागि उनले अघिल्लो वर्ष ‘राष्ट्रिय पुरस्कार’ सहित अन्य थुप्रै अवार्ड जितिन् ।
पहिले जतिसुकै ठूला कुरा गरून्, मिस नेपालका उपाधि विजेता हुन् वा रनरअप पछि गएर ग्ल्यामरको मोह त्याग्न सक्दैनन् । ढिलो चाँडो फिल्मको ढोका ढकढक्याउन आइपुगिहाल्छन् । यसरी नै ढिलो गरी फिल्म खेल्न आइपुगेकी हुन्, रोजिशा शाही ठकुरी पनि ।
काठमाडौँमा भएको अभिनय प्रतियोगिता ‘नेसनल एक्टिङ कम्पिटिसन’ को उपाधि गुल्मीकी अनु थापाले जितेकी छिन् । २४ वर्षीया उनले २ लाख ५० हजार रुपैयाँ बराबरका विभिन्न उपहार र फिल्म तथा व्यावसायिक विज्ञापनमा अभिनयको अवसरसमेत पाएकी छिन् ।
नाटककार, नाटक निर्देशक एवं नाट्य अनुसन्धाता कृष्ण शाह यात्री अमेरिकामा सम्मानित भएका छन् । नाटक, रंगमञ्च एवं साहित्यको क्षेत्रमा यात्रीको योगदानलाई कदर गर्दै अमेरिकामा सक्रिय रहेका दुई संस्थाले सम्मान गरेका हुन् ।
नेपालमा भनाइ नै छ– ‘गीत हिट त फिल्म सुपरहिट ।’ तर, पहिलो पल्ट कुनै फिल्मलाई यस्तो समस्या परेको छ, जहाँ गीत त हिट छ तर कुन फिल्मको भन्ने बुझाउन नसकेर हैरान ! त्यसैले गीत हिट भए पनि फिल्मलाई खासै फाइदा पुगेको छैन ।
एक समय थियो, स्टारडमकै भरमा फिल्म चल्थे । फिल्ममा नयाँ अनुहार बिरलै देखिन्थे । राजेश हमाल, निखिल उप्रेती, विराज भट्टलगायत नाम धेरै निर्माता÷निर्देशकको रोजाइमा पर्थे । तर, अहिले समय फेरिएको छ ।
कुनै समय रेखा र आर्यन सिग्देलको दुश्मनी एउटाले हिँडेको बाटो अर्को हिँड्न नमान्ने तहसम्मको थियो । सामान्य शिष्टाचार त परको कुरा ! झगडाको चुरो के थियो ? कसैलाई थाहा छैन तर दुवैबीच गहिरै दुश्मनी थियो ।
सौगात मल्ल र सृष्टि श्रेष्ठबीच गहिरो प्रेम रहेको कुरा कुनै सेक्रेट रहेन अब । भर्खरै मात्र पनि सृष्टिले सौगातलाई घरमै डिनर खुवाएको फोटो बाहिरिएबाट पनि पुष्टि हुन्छ, दुवैको मायाप्रेम ख्यालख्यालको हैन । तर, उनीहरूको प्रेमले सुटिङमा नै खलल पुर्याएको हल्ला बाहिरिएको छ ।
अनुपविक्रम शाहीलाई फिल्मको खाँचो छैन । त्यसो त ‘हँसिया’यता उनको भूमिका कसैले नोटिस गरेका छैनन् । तर, जहाँ हट्टाकट्टा केटाको खाँचो हुन्छ, निर्माता÷निर्देशकले उनैलाई सम्झन्छन् ।
अभिनय गरेको लामो समयसम्म पनि मेनुका प्रधान धेरैको आँखामा पर्न सकेकी थिइनन् । उनको अभिनय चल्दा फिल्म चलेनन् र फिल्म चल्दा अभिनय चलेन । तर, यस्तो लाग्छ मेनुकाका दिन फिरेका छन् ।
‘नाइँ नभन्नू ल ४’ बाट पल शाह र वर्षा राउतसँगै डेब्यू गरेकी थिइन्, आँचल शर्माले । सँगै डेब्यू गरेकी वर्षा राउतले तीन–तीनवटा हिट फिल्म दिइन् । साम्राज्ञीराज्यलक्ष्मी शाहसँगै वर्षाको स्टारडमको तुलना हुने गरेको छ ।