सर्टसँग होस् वा टिसर्टसँग अहिलेका युवा जिन्स प्यान्ट नै लगाउन रुचाउँछन् । युवाले मात्र होइन सबै उमेर वर्गकाले रुचाउँछन् जिन्स । सदाबहार फेसन हो जिन्स ।
मोडल तथा अभिनेता दिक्पाल कार्की जिन्स भनेपछि भुतुक्कै हुन्छन् ।
भारतीय टेलिभिजन च्यानल ‘कलर्स’बाट प्रसारित हुने चर्चित टेलिसिरियल ‘बालिका वधू’बाट चर्चा कमाएकी अभिनेत्री प्रत्यूषा बनर्जी १ अप्रिलका दिन मुम्बईको गोरेगाँवस्थित आफ्नो घरमा मृत फेला परिन् । घरको छतको पंखामा झुन्डिएको अवस्थामा उनको लाश भेटियो ।
पछिल्लो समय पत्रपत्रिकामा एउटा फिल्म छाइरहेको छ। अरुण प्रधानद्वारा निर्देशित फिल्म '१२ नेपाली एक चिहान' यसमा उठाइएको विषयवस्तुका कारण मात्रै होइन, सेन्सर प्रक्रियामा भोगेको झमेलाले पनि चर्चामा छ। सेन्सरले सुरुमा यो फिल्मलाई प्रतिबन्ध लगाउन खोजे पनि पछि प्रदर्शन अनुमति दियो।
युवापुस्ताबीच चर्चित र्यापर यम बुद्ध गत साता धरानका युवायुवतीलाई र्याप सुनाएर मनोरञ्जन दिइरहेका थिए । यमबुद्धको ¥यापसँगै धरानका डिजे डबल बी अंग्रेजी, हिन्दी र नेपाली गीत हाइभोल्टेजमा मिक्स गरेर धराने युवायुवतस्लाई असिनपसिन हुनेगरी नचाउन व्यस्त थिए।
धनगढी– पश्चिम तराईबासी राना र कठरिया थारू समुदायमा होरी (होली) पर्वको रौनक सुरु भएको छ। माघ शुक्लपूर्णिमाका दिन गाउँका अगुवा (भलमन्सा) ले होरी बनाएर राखेपछि कैलाली, कञ्चनपुरमा बसोबास गर्ने रानाथारू समुदायमा सो पर्वको रौनक छाएको हो। यस्तै, कैलालीमा मात्रै बसोबास गर्ने कठरिया थारू समुदायलाई पनि एक महिना अगाडिदेखि होरी पर्वले छोइसकेको छ।
अभिनेत्री करिश्मा मानन्धरको दैनिकी अचेल फेरिएको छ। उनको आफ्नो 'सेड्युल छैन', नयाँ शक्ति नेपालको 'सेड्युल'मा जहाँ पुग्नुपर्ने पनि हुन सक्छ। उनको लवाइ पनि फेरिएको छ। वानपिस र हाई हिलमा सजिएर हिँड्दिनन्, कुर्तासुरुवालमा पुग्छिन्।
२०७२ को सुरुवातमै नेपालीले महाभूकम्पको सामना गर्नुप¥यो । देश हल्लियो । धरहरा ढल्यो । घर ढल्यो । हजारौँले ज्यान गुमाए । लाखौँ घरबारविहीन भए । भूकम्पको पीडा बिर्सन नपाउँदै नेपालीले नाकाबन्दी झेल्नुप¥यो । अभावै अभावका बीच गुज्रिएको यो वर्ष नेपालीका लागि 'अनलक्की' बन्यो । विपद् र अभावको प्रभाव नेपाली फिल्म क्षेत्रमा पनि प¥यो ।