माओवादीमा रेखाको राम्रै दबदबा थियो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग सँगसँगै नाचेको इतिहास थियो । भाइटीका लगाएर माओवादी नेता सागर थापालाई दाइ बनाएकी थिइन् । प्रत्यक्षमा टिकट पाउन लागेको चर्चा थियो ।
राजधानीमा सोमबार सम्पन्न ‘सिने सर्कल एवार्ड–२०७४’मा फिल्म ‘जात्रा’ले उत्कृष्ट फिल्मसहित पाँच विधामा अवार्ड जितेको छ । फिल्मका लागि निर्देशक प्रदीप भट्टराई उत्कृष्ट निर्देशक र उत्कृष्ट पटकथा, विपिन कार्की उत्कृष्ट अभिनेता, वर्षा राउत उत्कृष्ट अभिनेत्री घोषित भए ।
‘ऋतु’बाट डेब्यु गरेयता मलिना जोशीले खाली त बस्नु परेको छैन तर उनको अभिनय रहेको फिल्मले न त उधुम व्यापार गरेका छन् न त उनको अभिनयले धेरैको ध्यान खिँचेको छ । यस्तोमा मलिनाको आशा फेरि एक पटक ‘संरक्षण’मा गएर टिकेको छ ।
भलिबल छाडेर फिल्मको अभिनयमा लागेकी भलिबलको राष्ट्रिय टोलीकी पूर्व खेलाडी सिपोरा गुरुङ केही दिनअघि मात्र अधवैंशे व्यक्तिको प्रेममा परेको खबर सार्वजनिक भएको थियो ।
पहिले गाईजात्रा हास्य कलाकारका लागि ठूलै पर्व हुन्थ्यो । प्रज्ञा प्रतिष्ठानमा हुने गाईजात्रा विशेष कार्यक्रमका लागि भ्याई–नभ्याई हुने हास्यकलाकारका लागि भने यस वर्ष भने ढुक्कसँग बस्ने वर्ष बन्न पुगेको छ । अघिल्लो वर्ष मात्रै गाईजात्रा भनेको हामी हास्य कलाकारका लागि सबैभन्दा ठूलो चाड हो भन्नेहरु यस वर्ष चुपचाप छन् ।
दीपकराज गिरी समसामयिक विषयवस्तुलाई रिलेट गरेर हसाउँछन् । मानिसलाई हँसाउन निकै अफ्ठ्यारो हुने बताउने गिरी समसामयिक विषयवस्तुमा व्यंग्य मिसाएर हँसाउँछन् । उनी भन्छन्, ‘कुनै समयमा स्क्रिप्टका पात्र स्क्रिप्टमै रहन्छन् ।
१२ वर्षदेखि म कलाकार बन्ने कोसिसमा नै छु । यसका लागि म मिहिनेत गरिराखेको छु । मलाई सानैदेखि कलाकार बन्ने रुचि थियो । म आफ्नो प्रेरणाको स्रोत कृष्ण मल्ल, रमेश बुढाथोकी लगायतलाई मान्छु । यसपालि मेरो गाईजात्राको केही कार्यक्रम छैन ।
फिल्म फ्लप हुँदा कति असर गर्छ, सुशील श्रेष्ठलाई हेरे भयो । बजारमा हिरोको अभाव भएर सौगात मल्ल र दयाहाङ राईकै भाउ बढेर १३ लाख छेउछाउ पुगिसक्यो तर ‘सायद २’ यता सुशीलले नयाँ फिल्म साइन गरेको खबर सार्वजनिक भएको छैन ।
अनमोल केसीलाई ‘होस्टल रिटन्र्स’मा रिप्लेस गर्दा धेरैले सुशील श्रेष्ठलाई अनमोललाई समेत टक्कर दिने अभिनेता भनी चर्चा चलेको थियो । फिल्म हिट भएपछि चर्चालाई भरथेग नै भयो तर त्यसयता दुइटा फिल्म लगालग फ्लप भएपछि अनमोलसँगको टक्कर त परको कुरा सुशीलको करियर नै संकटमा परेको चर्चा सुनिन थालेको छ ।
बाँच्न मात्र पर्छ के–के देख्न पाइन्छ भने जस्तै भएको छ, नेपाली फिल्म उद्योग । असार महिनायता उद्योगमा एकपछि अर्कोे यस्ता घटना घटिरहेका छन्, जसले फिल्म उद्योगमा तरंग सिर्जना गराएको छ । घटनाको यस्तै चाङमा थपिएकी छन्, ‘सायद २’ की अभिनेत्री स्यारोन श्रेष्ठ ।
युट्युबमा सार्वजनिक भएको २४ घण्टा बित्न नपाउँदै फिल्म ‘छक्का पञ्जा २’को गीत ‘ए दाजु नसमाऊ नाडीमा’ विवादमा आएको छ । सारंगीवादक तथा गायक प्रिन्स नेपालीले गीतको संगीतमा आफ्नो हजुरबुवा कान्छा मगर नेपालीको नाम नआएको भन्दै आपत्ति जनाएपछि विवादमा आएको हो ।
केही साताअघि चिनियाँ फिल्मका स्टार जेट ली नेपाल भ्रमणमा आएको खुलासा भएको छ । उनले आफ्नो ब्लगमा नेपाल र भुटानको भ्रमणका तस्बिर राखेपछि यस कुराको खुलासा भएको हो । बौद्ध धर्मावलम्बी जेट ली नेपालमा रहँदा विभिन्न बौद्ध मठको भ्रमण गरेका थिए ।
आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रुद्र’ सिंगल थिएटरका दर्शकका लागि रुचिकर हुने प्रिमियरमा सहभागीले प्रतिक्रिया दिएका छन् । फिल्मले बुधबार राजधानीको गोंगबुस्थित बिजी मलमा प्रिमियर सो गरेको थियो ।
सप्तरीको भित्री देहातको रहनसहन सहरोन्मुख हुँदै गए पनि दृष्टिकोण अझै फराकिलो भइसकेको छैन । छोरी–बुहारी घरबाहिरको कामधन्दामा सुस्तरी पाइला टेक्दै गरेको देखिए पनि छोरीबुहारीले परिवारका मुली अर्थात् पुरुषबाट स्वीकृति लिनुपर्ने मान्यताको बलियो पर्खाल छँदैछ ।
एउटै फिल्मकोे २५ लाख लिने महंगा निर्देशकको रुपमा ख्याति कमाएका निर्देशक हुन्, दीपेन्द्र के खनाल । ‘पशुपतिप्रसाद’ चौतर्फी सफलतापछि उनलाइै धेरैले उम्दा निर्देशकको कोटिमा राखेका थिए । तर, ‘पशुपतिप्रसाद’को साख जोगाउन नसक्दा निर्देशकको रुपमा दीपेन्द्रले फ्लपमा ह्याट्रिक गरेका छन् ।
जब–जब निर्माता छवि ओझाको विवाह वा प्रेमको कुरा हुन्छ उनलाई नजिकबाट चिन्नेले चाल पाउँछन्, अब छविको फिल्म रिलिज हुने बेला आएछ ! छवि ओझाले पछिल्ला केही वर्षयता फिल्मको विषयलाई भन्दा आफ्नो हिरोइनका विषयलाई उछालेर फिल्मको प्रचार गर्ने गरेका छन् ।
फिल्म रिलिज हुने बेलामा कलाकारलाई मिडियामा अन्तर्वार्ताका लागि भ्याइनभ्याइ हुन्छ । अझ, हिरोइन त झनै व्यस्त हुन्छन् । तर फिल्म ‘सायद २’ कि हिरोइन स्यारोन श्रेष्ठको भने मिडियाले राम्ररी अनुहारसम्म पनि देख्न पाएका छैनन् । त्यसो त स्यारोन नेपालमै नभएर मिडियामा नदेखिएकी भने होइनन् ।
नम्रता श्रेष्ठले दुई लाख पारिश्रमिक डिमान्ड गरेको खबर छ । यसो हुँदा निर्माताहरुका लागि खुसीको खबर बन्न सक्थ्यो, यो रकम । हो, उनले पैसा त त्यति नै मागेकी हुन् तर फिल्मका लागि हैन, म्युजिक भिडियोका लागि ।
प्रख्यात हास्यकलाकार जोडी महका मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ भदौ २० मा सावर्जनिक हुने भएको छ । कलाकार श्रेष्ठ र प्रकाशक फाइनप्रिन्टका कार्यकारी अधिकृत नीरज भारीले असार २८ मा करारमा हस्ताक्षर गरे ।