उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्य सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका अध्यक्ष हुन् । उनी वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउसका पनि अध्यक्ष हुन् ।
लन्डनबाट ‘कम्युटर डिप्लोमा’ अध्ययन गरेकी नितिमा कार्की भण्डारी ‘बाजेको मसला उद्योग’की कार्यकारी निर्देशक हुन् । ‘बाजेको सेकुवा’ ब्रान्ड रेस्टुरेन्टकी बोर्ड अफ डाइरेक्टर नितिमाले रेस्टुेरन्टमा काम गर्दागर्दै फरक स्वाद भएको ‘बाजेको मसला’ उत्पादन गर्दै आएकी छन् ।
राजनीतिक एजेन्डामा केन्द्रित हुने प्रमुख राजनीतिक दलहरूले स्थानीय निकायको निर्वाचनमा आफ्नो पक्षमा जनमत तान्न ‘आर्थिक एजेन्डा’ लाई उच्च प्राथमिकतामा राखेका छन् ।
पाँच रुपैयाँ लिएर झापाबाट राजधानी छिरेका सुमन श्रेष्ठ अहिले सफल उद्योगीका रूपमा स्थापित हुँदै छन् । वन्दनाश्री फुटवेयर प्रालिमार्फत जुत्ताचप्पल उत्पादन गर्दै आएका छन्, श्रेष्ठले ।
भूकम्पले क्षति पुर्याएका अपार्टमेन्टको व्यापार उठ्न नसकेपछि व्यवसायीहरूले हाउजिङसहित घर–जग्गामा लगानी बढाएका छन् । व्यवसायी अहिले अर्पाटमेन्टबाट हाउजिङतिर सिफ्ट भएका हुन् ।
बाग्लुङको ग्रामीण क्षेत्र अमलाचौरमा जन्मिएका दक्ष पौडेल राजनीति, सामाजिक काम, वित्तीय क्षेत्र, सहकारी अभियान र डिजिटल प्रविधिसहितको सञ्चार क्षेत्रमा आबद्ध छन् ।
बीबीए अध्ययन गरेकी मनीषा महर्जन अहिले ब्युटिसियन तालिम लिइरहेकी छिन् । बैंकमा जागिर खानभन्दा उनलाई आफ्नै ब्युटिपार्लर खोल्ने इच्छा छ । ‘अरूकोमा काम गर्नभन्दा आफ्नै व्यवसाय गर्ने सोचमा छु,’ महर्जनले भनिन् ।
निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व चयन भएको छ । विधान संशोधनपछि वरिष्ठ उपाध्यक्ष भवानी राणा स्वतः अध्यक्ष भए पनि अन्य नेतृत्व निर्वाचनबाट चयन भएको हो ।