सात प्रदेशबीच सद्भाव कायम गर्न सातै प्रदेशमा आयोजित ‘सप्तरङ्ग’ सांगीतिक अभियान सफल भएपछि पर्यटन प्रवद्र्धनको उद्देश्यले ‘सप्तरंङ्ग २’ को आयोजना हुने भएको छ। कार्यक्रम गृष्मा ब्रोर्डकास्टिङले गर्न लागेको हो।
'दाह्री फुल्दा र चस्मा लगाउँदा उमेर भन्दा १० वर्ष बुढो अनुभव भयो । अनि शब्द फुर्यो ‘दाह्री फुल्यो बैँसमा, चस्मा लाउँछु पावर’ । एकलाइन शब्द कोरेँ । मिठो लाग्यो पहिलो लाइन । अनि अन्य लाइन फुराउन थालेँ ‘गाउँमा दुई दिन बस्दैनाैं, लागि हाल्छौ लावर’ ।'
सनुप पौडेलले नेपाली आधुनिक पप गीतहरू गाएका छन् भने थुप्रै गीतहरूमा संगीत भरेका छन् । ‘रियालिटी शो भ्वाइस अफ द नेपाल’को जज समेत रहेका उनले आफ्ना पाँच र अरूका पाँच प्रिय लाग्ने गीत शुक्रवारलाई बताएका छन् ।
पहिलोपल्ट नेपालमा भित्रिएको फ्रेन्चाइज रियालिटी सो ‘नेपाल आइडल’ले पहिलो सिजनबाट बुद्ध लामालाई नेपाल आइडल बनाइसकेको छ भने दोस्रो नेपाल आइडल बन्नका लागि प्रतिस्पर्धा जारी छ ।
तीजमा गाइने गीतका अनेकन भाका छन् । मालश्री र देउसीरे, सोरठी, रत्यौली जसरी पर्व गीत हुन्, तीजमा गाइने गीत पनि ठ्याक्कै त्यस्तै पर्व गीत हुन् । अरु पर्व गीत फेरिएनन् । तर, तीजे गीत पूरै फेरियो ।
व्यवसायिकताको नाममा तीज गीतमा असाध्यै विकृति भित्रिए । अहिले तीजे गीत यति डामाडोल भए कि छायाङ्कन गरिएका गीतमा रातो साडी राखेकै भरमा तीजे गीत भए ।
दुई दसक अघिदेखि गीत लेखनमा सक्रिय अरुण तिवारीका ६ सय भन्दा बढी गीत रेकर्ड भइसकेका छन् । आफूलाई प्रिय लाग्ने अरुका पाँच र आफ्ना पाँच गीत उनले शुक्रवारलाई कारणसहित बताए :
‘हामी बालबालिकाले अश्लील शब्द बोले सुरुमा यस्तो बोल्यो भन्दै हाँस्छौं, यसले उनीहरुमा हौसला बढ्छ, झनै बढी बढी बोल्न थाल्छ, अनि चुप लाउन पिट्न थाल्छौं । कस्ले बोल्न सिकायो भनेर उनीहरुलाई हप्काउँछौं, वास्तविकतामा सिकाएको त हामीले नै हो ।’
बद्री पंगेनी लोक संगीतको क्षेत्रमा निकै परिचित गायक हुन् । उनका थुप्रै गीत लोकप्रिय छन् । उनले शुक्रवारमार्फत आफूलाई मनपर्ने आफ्ना पाँच र अरूका पाँच सुरका कारण यसरी खुलाए । लाउ चेली सिन्दुर लाउ गीतले हाम्रो नेपाली समाजमा रहेको कुसंस्कारको विरोध गरेको छ ।
हिट्स एफएम म्युजिक अवार्डमा हेमन्त रानाको चर्चित गीत ‘सून साइली’ ले ह्याट्रिक गरेको छ । सो गीतले गायक हेमन्त राना, संगीतकार कालीप्रसाद बास्कोटा, संगीत संयोजक रिकेश रानाले अवार्ड पाए । सोही गीतले ‘रेकर्ड अफ दी इयर’को ट्रफीसमेत पाउन सफल भयो ।
लोकप्रिय रियालिटी सो नेपाल आइडलको उत्कृष्ट ११ मा पुगेर दर्शकस्रोताको मन जितेकी गायिका हुन्, मेनुका पौडेल । उनले आफूलाई प्रिय लाग्ने आफ्ना पाँच र अरुका पाँच गीत शुक्रबार साप्ताहिकलाई यसरी बताइन् ।
यो गीतमा मेरो आफ्नै शब्द संगीत रहेको छ । यो गीतमा एउटा प्रेमिकाका लागि जतिसुकै माया गर्दा पनि वास्ता नगर्दा बौलाहा भएको कुरा गीतले भाव व्यक्त गरेको छ । मान्छेको जीवनमा मेल खाने गीत बनेका कारण पनि यो गीत मलाई प्रिय लाग्छ ।
गायक कमल ज्ञवालीले नयाँ गीत ‘पन्चेबाजा’ सार्वजनिक गरेका छन् । कमल स्वयंको शब्द र संगीत रहेको गीतमा उनलाई स्वरमा देवी घर्तीले साथ दिएकी छिन् । लोक शैलीको सार्वजनिक गीतमा अनु शाह, विकास लामिछाने, यसराज र रबिनाको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशक समन अधिकारीले निर्देशन गरेका हुन् ।
विभिन्न संयोगले जुरेको भेट, भेटपछि सँगै यात्रामा निस्केका यात्रीको एक समूह, जिप्सी ब्यान्ड । जिप्सी अर्थात् निरन्तर यात्रामा निस्केको यात्री, नामअनुसारकै गन्तव्य थाहा नपाएको यात्री ठान्छन्, ब्यान्डका मेम्बरहरू पनि आफूहरूलाई । यस ब्यान्डले यही गर्ने भन्ने निश्चित उद्देश्य लिएको छैन तर उनीहरूको मूल मन्त्र छ, जसरी पनि संगीतमार्फत आफ्ना श्रोता, दर्शकलाई मनोरञ्जन दिने ।