अमेरिकी गायिका टेलर स्वीफ्टले सांगीतिक करियरमा तुलनात्मक रुपमा संगीत अवार्ड जित्ने सूचीमा आफ्नो नाम दर्ता गरिसकेकी छिन्। उनको सांगीतिक यात्रालाई प्रोत्साहन गर्दै अमेरिकी म्युजिक अवार्डले यस वर्ष उनलाई ‘दशकको उत्कृष्ट आर्टिस्ट’ को प्रतिष्ठित सम्मान दिने भएको छ।
पछिल्लो समय ‘गोपी’ र ‘घामपानी’ निर्देशन गरेका निर्देशक दीपेन्द्र लामाले यसपालि दीपक–दीपाको ‘छ माया छपक्कै’ निर्देशन गरे। प्रदर्शनरत फिल्ममा दीपेन्द्रले पानीको समस्या अनि त्यसमाथि हुने राजनीतिको विषय उठाए।
अभिनेत्री रीमा विश्वकर्मा आफ्नो जिन्दगी स्वतन्त्र भएर जिउँदै छिन्। दुई वर्षअघि मात्रै पति रोबर्ट विश्वकर्मासँग उनको डिभोर्स भएको हो तर अब कतिले रीमालाई बिहेबारे धारणा पनि सोध्छन्।
अभिनेत्री स्वस्तिमा खड्कालाई समुद्रसँग मोह छ। बिदा मनाउन होस् या सुटिङकै क्रममा, विदेश पुग्दा उनी समुद्रलाई अँगालिहाल्छिन्। हुन पनि समुद्र भएकाहरुलाई त समुद्रको कत्रो मोह हुन्छ, हामीजस्तो समुद्रबिनाका मानिसलाई आकर्षण के नहोस् !
वेस्टर्न शैलीको युट्युब च्यानल चलाएर चर्चामा आएकी युट्युटबर तथा मोडल सोनिकाले आफ्नो हाउभाउ मात्रै हैन, नामसमेत बदलेकी छन्। पूर्व युवराज पारस शाहसँगको सम्बन्धले गत हप्ता विवादमा आएकी उनले आफ्नो नाम बदलेर पूजा रोकाया बनेकी छन्। उनी ग्लामर दुनियामा आएपछि सोनिका नाम जुराएकी थिइन्।
पछिल्लो समय गाँजा खुल्ला गराउनुपर्ने अभियानले गति लिएसँगै केही कलाकारहरुले खुल्लमखुल्ला गाँजाको प्रोत्साहन गर्दै आएका छन् । नेपालको कानुनअनुसार गाँजा सेवन अपराधजन्य गतिविधि भए पनि सार्वजनिक कार्यक्रममै आफूले नियमित गाँजा खाने गरेको गर्वसाथ बताउने गरेका छन् ।
पछिल्लो समय अभिनेत्री स्वस्तिमा खड्का फिल्महरुमा साह्रै व्यस्त भइन्। अब दसैंमा कुनै फिल्मको सुटिङ नभएपछि उनले पनि व्यस्त जिन्दगीबाट छुट्टी पाइन्। यही छुट्टीमा पति निश्चल बस्नेतसँग उनको दसैं बित्यो।
अभिनेत्री प्रियंका कार्कीलाई रविना देशराज जोशी श्रेष्ठले बुहारी नै मानिसकिन्। प्रियंकाले पनि सुरुवातदेखि नै छोरा आयुष्मानको मात्र होइन, सासू रविनाको पनि मन जितिसकेकी छन्।
यो साता लोकस्टारको उत्कृष्ट पाँच प्रतिस्पर्धा सकियो। यो साताको एपिसोडमा उत्कृष्ट पाँचमा पविन्द्र सुनार, सनी विश्वकर्मा, चेतन गोतामे, विनोद दनुवार र रामकुमार नेपाली पुगेका थिए।
यो हप्ता ‘भ्वाइस अफ नेपाल’को ब्याटल राउन्डको १७ औं र १८ औं एपिसोड सक्कियो। दुवै राउन्डबाट चारै जना कोचले २–२ जना प्रतियोगीलाई नकआउट राउन्डका लागि छनोट गरे भने आठ जना प्रतियोगीमध्ये सात जना बाहिरिए। एक जना प्रतियोगीलाई कोच आस्थाले स्टिल पावर प्रयोग गरेर जोगाइन्।
पूर्व मिस नेपाल उषा खड्की र जिपी तिमल्सिनाको वैवाहिक सम्बन्ध संकटमा परेको छ । एक समय अन्तर्जातीय विवाह गर्ने रोल मोडल जोडी बनेका यी दुवैको घर झगडा बढ्दै जाँदा आ–आफ्नै बाटो लाग्ने तयारीमा छन् ।
‘छ माया छपक्कै’ सिन्धुपाल्चोकको एक गाउँको सत्यकथामा आधारित भएको दाबी छ । ‘कौन कितने पानी में’ फिल्म हेर्दा भने निर्माण समूहले गरेको दाबी कति पानीमा छ भन्ने प्रस्टै हुन्छ । रिसर्च सिन्धुपाल्चोकको गाउँमा भन्दा युट्युबमा बढी गरेको देखिन्छ ।