हलिउड र बलिउडपछि नेपालमा भित्रिएको मिटु अभियानले खासै नेपाली फिल्म क्षेत्रलाई छुन सकेको छैन्। सामाजिक सञ्जाल र अन्य मिडियामार्फत् विशेषगरी महिलामाथि हुने हिंसाविरुद्ध सुरु भएको अभियानले नेपालमा भने प्रभाव देखाइरहेको छ।
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको गफ सुन्ने हो भने उनी जत्तिको अब्बल अभिनेत्री कोही छैनन् नेपाली फिल्म इन्डस्ट्रीमा ! तर काम हे-यो भने चैँ बिजोगै छ। अनुहारले त राम्रै साथ दिएको हो तर के गर्नु अभिनयमा अब्बलता नभएपछि ! अनुहारले मात्र सधैँ दर्शकलाई हलसम्म तान्ने कुरा भएन !
नेपाली भाषाको फिल्ममा राम्रै जमिरहेका अभिनेता विराज भट्ट एकाएक भोजपुरी फिल्मतिर लागे। एक समय उनी त्यता राम्रै जमे पनि। बिस्तारै जब उनको माग घट्न थाल्यो, नेपाली फिल्मतिरै उनी चल्मलाउन थालेका छन्।
अभिनेता भुवन केसीले हालै छोरा अनमोल केसीसँग नयाँ फिल्म ‘एन्टिहिरो’ घोषणा गरिसकेका छन्। फिल्म घोषणासँगै भुवनले आफ्नो फेसबुकमार्फत फिल्मको प्रचार थालिसकेका छन्।
नायक सुशिल श्रेष्ठलाई तनावमाथि तनाव थपिएको छ। डेंगुले सताएपछि उनी लामो समय बेड रेस्टमा बसे। दुई फिल्म लभ ‘डायरिज’ र ‘बादशाह जुट’को प्रदर्शन ताका उनीमाथि अर्को समस्या आइपरेको छ।
एक समय यस्तो पनि थियो– दसैंमा धेरैले काठमाडौं छोडेर जाने हुँदा फिल्म चल्दैन भन्ने मानसिकता हुन्थ्यो फिल्मकर्मीमा। त्यसैले दसैंमा काठमाडौँका हलमा हिन्दी या पुराना नेपाली फिल्म चल्थे।
लामो विश्रामपछि गत दसैंबाट निर्देशक अशोक शर्मा फिल्म निर्माणमा सक्रिय हुने प्रयास गरे चलचित्र ‘जय भोले’मार्फत। लामो समय फिल्म वितरणको व्यापारमा खटिएपछि उनी फिल्म निर्माणमा मात्र फर्किएनन्, फिल्म व्यापारमा शुभ मानिने दसैंमा प्रवेश गरे।
नाम बदलेर हलमा आउने तयारीमा रहेको ‘छक्कापञ्जा’ टिमको ग्रहदशा त्यत्ति राम्रो देखिएन है, यसपाला ! छक्कापञ्जा सिरिजबाट हटेझै देखाएर नाम ‘छ माया छपक्कै’ राखेर फिल्म बनाएका दीपक–दीपाले फिल्मप्रति दर्शकको ध्यान तान्न गरेका तिकडम फ्लप भइरहेका छन्।
अमेरिका पलायन भएकी ‘चपली हाइट’ गर्ल विनिता बरालले बिहे गरेको घोषणा गरेको त्यस्तै चार महिना पुग्न लाग्यो। उनले अमेरिकातिरै भेटिएका नेपाली युवासँग विवाह भएको बताएकी थिइन् तर चार महिनापछि उनी पुट्ट भएको बेबी बम्पको तस्बिरसहित सामाजिक सञ्जालमा झुल्किएर सबैलाई सरप्राइज दिइन्।
फेवा डान्सिङ एकेडेमीको आयोजनामा पोखरामा भएको ‘ट्यालेण्ट क्वेष्ट गण्डकी सिजन वान–२०७६’ को उपाधि एलिसा गुरुङले जितेकी छन्। पोखरा उद्योग वाणिज्य संघको हलमा शनिबार भएको ग्राण्ड फिनालेमा पोखरा–१३ माटेपानीकी एलिसाले १५ प्रतिस्पर्धीलाई पछि पार्दै पहिलो संस्करणको उपाधि जितेकी हुन्।
केही दिन पहिले क्लोई कार्दसियनले सामाजिक सञ्जालमा हाफ बिकिनीमा खिचाएको तस्बिर सार्वजनिक गरिन्। जसमा उनी निकै गर्जियस देखिएकी छन्। उनको सो तस्बिर फ्रेस भने रहेनछ।
भ्वाइस अफ नेपालको ब्याटल राउण्ड सुरु भएसँगै कोचहरुको परिक्षा शुरु भएको छ । पहिलो परिक्षामा कोच दीप श्रेष्ठ गायन क्षमता अनुसार जोडि छान्न कमजोर देखिए । उनको यो समस्या अघिल्लो सिजनमा पनि देखिएको थियो ।
‘नेपाल आइडल’को दोस्रो सिजनका विजेता रवि ओड वल्र्ड टुरका लागि अहिलेसम्म पाँच देश घुमिसके तर सबै यात्रा निःशुल्क। वल्र्ड टुरमा उनको उपस्थिति निःशुल्क रै’छ। घुम्ने, गाउने अनि चित्त बुझाउने ! तर सुक्को नपाउने।